काठमाडौं । सत्तारुढ दल नेकपा एमाले विभाजनको मुखमा रहेको छ । विभाजनबाट पार्टीलाई जोगाउने दुवै पक्षका दोस्रो तहका नेताहरुको निरन्तर प्रयासबाट पनि कुनै सकारात्मक परिणा निष्कन सकेको छैन ।
दुवै पक्षले पार्टी एकता सहमति नजिक रहेको दावी गरिरहेका बेला अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने अदालतको आदेश विरुद्ध सोमबार सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गरेपछि पार्टी एकता ओलीले नै नचाहेको माधव समूहले आरोप लगाएका छन् ।
यद्यपी अझै पनि पार्टी एकताका लागि दुवै पक्षका युवा नेताहरु लागि परेका छन् । सोही विषयमा माधव समूहका नेता भीम प्रसाद आचार्यले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अगाडि सारेका छन् । आचार्यले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना धारणा अगाडि सारेका हुन् ।
उनले नेकपा बिभाजन र एमाले भित्रको किचलोले सिंगो राष्ट्रिय राजनिति बिथोलिएको बताएका छन् । ०६२ /६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरु संकटमा परेकोमा चिन्ता व्यक्त गरेका छन् ।
‘अहिले नेकपा एमाले भित्र घात/प्रतिघात, गुट /उपगुट, बिस्वास/अविस्वास, कार्वाही/प्रतिकार्वाही, समर्थन/बिरोध जस्ता कृयाकलाप हरू भैरहेका छन्’, उनले भने, ‘गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका बिभाजनकारी निर्णय र गतिविधिहरु यसको मुख्य श्रोत हो ।’
विवाद अन्त्यका लागि आचार्यले अगाडि सारेका प्रस्ताव :
(१) पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्बाचित गरेको केन्द्रिय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा बैधानिक प्रकृयाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठन हरु तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ। सार्बभौम सदस्यहरुबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।
(२) गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णय हरु खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु घोषणा गर्नु पर्दछ ।
(३) पार्टी भित्रका गुटहरुको टकरावका कारण यसबीच भयका द्वन्द्व र कामहरु को उपर्युक्त समयमा समिक्षा गर्दै भएका कमि कमजोरीहरु सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आबश्यक छ ।
(४) आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीहरुको एकतावद्ध भएर सामना गर्नु पर्दछ ।
(५) पार्टीलाई बिधि/बिधान र स्थापित मान्यताहरुको आधारमा संचालन गर्नु पर्दछ ।
(६) नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताका साथ पार्टीलाई एकतावद्ध बनाउने र सबै बामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टी हरुसंग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्तिका उपलब्धिहरु रक्षा गर्दै बिकास र समृद्धिको बाटोमा अघि बढनु पर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: