Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

नेप्से घट्दा लघुवित्त उपसमूहको शेयरमा आकर्षण

खबरडबली संवाददाता

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागे पनि लघुवित्त उपसमूहका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बजारमा आज तीव्र उतारचढावका भई अधिकांश उपसमूहको शेयर मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार  लघुवित्त उपसमूहको शेयर २६.४ बिन्दुले उकालो लागेको छ । नेप्से भने ४७.४९ बिन्दुले घटेर दुई हजार ८२८मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.८७ बिन्दुले घटेर ५२३.७० मा सिमित भयो । कूल २२३ कम्पनीको एक करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर रु छ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ मूल्यमा खरिद बिक्री भए । 

कारोवार भएका १३ उपसमूहमध्ये लघुवित्त उपसमूहको मात्रै शेयर उकालो लागेको हो । बैंकिङ २६.४४, व्यापार ४७.५३, होटल तथा पर्यटन १.३२, विकास बैंक १६७.१३, जलविद्युत् ७६.०३, वित्त ८७.६१, निर्जीवन बीमा २५१.५३, उत्पादन ३४.९८, अन्य ५१.३३, जीवन बीमा १६५.९८, सामूहिक लगानी कोष ०.०७ र लगानी ३.८४ ले घट्दा लघुवित्त उपसमूह भने २६.४ बिन्दुले उकालो लाग्यो । 

कारोवारका आधारमा राधी विद्युत् कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता रु ७९० मा रु ४९ करोड ८३ लाख २५ हजार ९५० बराबरको कारोवार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु ३६ करोड ७८ लाख ५० हजार ५०, एचआइडिसिएल रु २९ करोड ६७ लाख ५२ हजार ७४४, नेपाल इन्स्योरेन्स कम्पनी रु २३ करोड ९९ लाख ६८ हजार ३६० र नेपाल पुनरबीमा कम्पनी रु १६ करोड ५३ लाख ९९ हजार ६०७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

ओरियण्टल होटल ५.७६, गुराँस लघुवित्त ४.२५, सामुदायिक लघुवित्त ३.६६, तारागाँउ रिजेन्सी होटल २.८४ र सिभिल लघुवित्तका लगानीकर्ताले २.७४ प्रतिशतले कमाए । त्यस्तै, प्रोगेसिभ फाइनान्स ८.५५, एचआइडिसिएल ८.०७, वेष्ट फाइनान्स कम्पनी ८.०१, श्री इन्भेष्टमेन्ट फाइनान्स ७.१८ र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ६.९० प्रतिशतले गुमाए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदन भित्रिएपछि हर्कको शक्ति विस्तार, श्रम संस्कृतिमा पूर्वमाओवादी धारको प्रवेश

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा पूर्वमन्त्री सुदन किरातीको औपचारिक प्रवेशसँगै पार्टीभित्र नयाँ राजनीतिक समीकरण बनेको छ । गत न...

फोहोरको वर्गीकरणसँगै घट्न थाल्यो बञ्चरेडाँडामा भार

काठमाडौं । महानगरपालिकाले स्रोतमा फोहोरको  वर्गीकरण गर्ने कार्यलाई प्रभावकारी बनाएसँगै बञ्चरेडाँडा लैजाने फोहोरको मात्रा घटेको छ ।  कामपाको वातावरण...

संसद् बैठक आह्वानसँगै बजेट लेखनको चटारो

काठमाडौँ । सरकारले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट लेखनको आवश्यक तयारी पनि तीव्र पारिएको छ। यही वैशाख २८ गतेका ...

जनताको आँसुमा सरकार टिक्दैनः हर्क साम्पाङ

सरकारविरुद्ध विपक्षी मोर्चाबन्दीको तयारी

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिद गर्न बाटो खुल्यो

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि स्थानीय तहहरूले पनि कम्पनी दर्ता गर्न र सेयर खरिद गर्...

प्रचण्डसँग टाढिएका सुदन अब हर्कसँग, श्रम संस्कृति पार्टीमा नयाँ समीकरण

काठमाडौं । पूर्वमन्त्री सुदन किराँती अन्ततः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा हर्क साम...

नेतृत्वविहीन बन्यो रेडक्रस, विनोद शर्माले बुझाए राजीनामा

काठमाडौं । लामो समयदेखि विवाद, हस्तक्षेप र आन्तरिक खिचातानीमा फसेको नेपाल रेडक्रस सोसाइटी फेरि नेतृत्वविहीन बनेको छ । केन्द्रीय तदर्थ समितिका अध्यक्ष ...

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये पाँचवटा एकतर्फी रूपमा सञ्चालन भएका छन् ।  ...

प्रधानन्यायाधीश सिफारिस विवाद : रिट नै दर्ता गर्न मानेन सर्वोच्च

काठमाडौं । प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालत पुगेका रिट निवेदन नै दर्ता हुन नपाएपछि न्यायालयभित्र नयाँ विवाद सुरु भए...

हराएको चार दिनपछि कर्णाली नदीमा भेटियो टोमाको शव

मुगु । मुगुम कार्मारोङ गाउँपालिका–६ की ४१ वर्षीया टोमा लामाको शव चार दिनपछि कर्णाली नदीमा फेला परेको छ।   वैशाख २२ गते रातिदेखि सम्पर्कविहीन उनी शुक्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending