कैलाली । टीकापुरस्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको एक महिना बाँकी हुँदै वार्षिक लक्ष्य पार गरेको छ । सत्ती भन्सारले चालु आर्थिक वर्षको ११ महिनामा रु १४ करोड ५० लाख राजश्व सङ्कलन गरेको छ । सत्ती भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा रु छ करोड सात लाख र पछि बढाएर रु १४ करोड २३ लाख राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो । त्यो लक्ष्य जेठ महिनामै पुगिसकेको सत्ती भन्सार कार्यालय खक्रौलाका प्रमुख विमलकुमार शाहले बताए।
‘सीमापारि आउजाउ गर्नेको सङ्ख्यामा कमी आयो । यहाँ आउने सामानहरु पनि बढे । सबै सामान भन्सारमार्फत् आउँदा राजश्व सङ्कलनमा वृद्धि भएको हो’, शाह भने, ‘असार महिनाको राजश्व जोड्दा अझ बढी हुनेछ ।’ दुई वर्षअघि मात्र स्थापना भएको सत्ती भन्सारले गत आर्थिक वर्षभरिमा रु पाँच करोड ८० लाख ७ हजार मात्रै राजश्व उठाएको थियो । कोरोना सङ्क्रमणपछि सीमा नाका खुला नहुँदा मानिसहरु खुलारूपमा सीमापारि आउजाउ गर्न नसक्दा र पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजश्वमा वृद्धि भएको प्रमुख शाहको भनाइ छ ।
खक्रौला भन्सारबाट कपडा, मोटर पार्ट्स र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन् । नेपाल सरकारले पशु, वनस्पति र खाद्य क्वारेन्टाइन स्थापना गरी पशु, वनस्पति र खाद्य सामग्रीको आयात निर्यातको व्यवस्था गरे अझै राजश्व बढ्ने शाह बताए । ‘खाद्य क्वारेन्टाइन र पशु क्वारेन्टाइन भइदिएको भए खाद्यान्न तथा कृषिजन्य उत्पादन यहाँबाट भित्रिने थिए’, शाहले भने, ‘यी सबै कार्यालय भए यहाँ राजश्व सङ्कलन अझ बढ्ने थियो ।’
कैलाली भन्सार कार्यालयले पनि जेठ मसान्तसम्म लक्ष्यको ९९ प्रतिशत राजश्व उठाइसकेको छ । भन्सार विभागले कैलाली भन्सार कार्यालयलाई चालु आर्थिक वर्षमा रु आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार राजश्व उठाउनुपर्ने लक्ष्य तोकेको थियो । जेठ मसान्तसम्म रु ८ अर्ब १४ करोड ८१ लाख अर्थात लक्ष्यको ९९ प्रतिशत राजश्व असुली भइसकेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत अम्बिका केसीले बताए । ‘यस वर्ष हामी लक्ष्य पूरा गर्ने अवस्थामा पुगेका छौँ, लक्ष्य पूरा हुन्छ’, उनले बताए, ‘कैलाली भन्सार कार्यालयबाट यो अवधिमा पेट्रोलियम पदार्थ, चामल, गहुँ, पापड, भुजिया, दालमोठ बिस्कुट, आलुजस्ता वस्तुको आयात धेरै भएको छ ।’
सरकारले सीमा नाकामा रहेका राजश्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजश्व सङ्कलनमा अझै वृद्धि हुने सरोकारवाला बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - ०९:२४
सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...
फाल्गुन १९ गते, २०८२ - ०९:२१
पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...
फाल्गुन १९ गते, २०८२ - ०९:१६
काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...
फाल्गुन १९ गते, २०८२ - ०९:०१
वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...
फाल्गुन १९ गते, २०८२ - ०८:१२
काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...
फाल्गुन १९ गते, २०८२ - ०७:५३
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...
फाल्गुन १९ गते, २०८२ - ०७:५०
गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...
फाल्गुन १९ गते, २०८२ - ०७:४५
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...
फाल्गुन १९ गते, २०८२ - ०७:३९
तनहुँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...
फाल्गुन १९ गते, २०८२ - ०७:३०
जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...



प्रतिकृया लेख्नुहोस्: