कैलाली । टीकापुरस्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको एक महिना बाँकी हुँदै वार्षिक लक्ष्य पार गरेको छ । सत्ती भन्सारले चालु आर्थिक वर्षको ११ महिनामा रु १४ करोड ५० लाख राजश्व सङ्कलन गरेको छ । सत्ती भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा रु छ करोड सात लाख र पछि बढाएर रु १४ करोड २३ लाख राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो । त्यो लक्ष्य जेठ महिनामै पुगिसकेको सत्ती भन्सार कार्यालय खक्रौलाका प्रमुख विमलकुमार शाहले बताए।
‘सीमापारि आउजाउ गर्नेको सङ्ख्यामा कमी आयो । यहाँ आउने सामानहरु पनि बढे । सबै सामान भन्सारमार्फत् आउँदा राजश्व सङ्कलनमा वृद्धि भएको हो’, शाह भने, ‘असार महिनाको राजश्व जोड्दा अझ बढी हुनेछ ।’ दुई वर्षअघि मात्र स्थापना भएको सत्ती भन्सारले गत आर्थिक वर्षभरिमा रु पाँच करोड ८० लाख ७ हजार मात्रै राजश्व उठाएको थियो । कोरोना सङ्क्रमणपछि सीमा नाका खुला नहुँदा मानिसहरु खुलारूपमा सीमापारि आउजाउ गर्न नसक्दा र पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजश्वमा वृद्धि भएको प्रमुख शाहको भनाइ छ ।
खक्रौला भन्सारबाट कपडा, मोटर पार्ट्स र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन् । नेपाल सरकारले पशु, वनस्पति र खाद्य क्वारेन्टाइन स्थापना गरी पशु, वनस्पति र खाद्य सामग्रीको आयात निर्यातको व्यवस्था गरे अझै राजश्व बढ्ने शाह बताए । ‘खाद्य क्वारेन्टाइन र पशु क्वारेन्टाइन भइदिएको भए खाद्यान्न तथा कृषिजन्य उत्पादन यहाँबाट भित्रिने थिए’, शाहले भने, ‘यी सबै कार्यालय भए यहाँ राजश्व सङ्कलन अझ बढ्ने थियो ।’
कैलाली भन्सार कार्यालयले पनि जेठ मसान्तसम्म लक्ष्यको ९९ प्रतिशत राजश्व उठाइसकेको छ । भन्सार विभागले कैलाली भन्सार कार्यालयलाई चालु आर्थिक वर्षमा रु आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार राजश्व उठाउनुपर्ने लक्ष्य तोकेको थियो । जेठ मसान्तसम्म रु ८ अर्ब १४ करोड ८१ लाख अर्थात लक्ष्यको ९९ प्रतिशत राजश्व असुली भइसकेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत अम्बिका केसीले बताए । ‘यस वर्ष हामी लक्ष्य पूरा गर्ने अवस्थामा पुगेका छौँ, लक्ष्य पूरा हुन्छ’, उनले बताए, ‘कैलाली भन्सार कार्यालयबाट यो अवधिमा पेट्रोलियम पदार्थ, चामल, गहुँ, पापड, भुजिया, दालमोठ बिस्कुट, आलुजस्ता वस्तुको आयात धेरै भएको छ ।’
सरकारले सीमा नाकामा रहेका राजश्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजश्व सङ्कलनमा अझै वृद्धि हुने सरोकारवाला बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - ०९:३१
काठमाडौं । करिब तीन दशकपछि सन् २०२५ मा पहिलो पटक विश्वका केन्द्रीय ब्याङ्कहरूसँग मौजुद सुनको कुल मूल्य अमेरिकी ट्रेजरी बन्डको लगानीभन्दा धेरै भएको छ। ...
माघ १० गते, २०८२ - ०९:२१
काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबा...
माघ १० गते, २०८२ - ०९:१४
काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवा...
माघ १० गते, २०८२ - ०९:१०
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना हुने निर्वाचन प्रहरीलाई २५ माघदेखि ‘फिल्ड’ मा खटाइने भएको छ । नेपाल प्रहरी ...
माघ १० गते, २०८२ - ०८:०२
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जा...
माघ १० गते, २०८२ - ०७:५८
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस...
माघ १० गते, २०८२ - ०७:५४
काठमाडौँ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्ष...
माघ १० गते, २०८२ - ०७:५१
काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । ...
माघ १० गते, २०८२ - ०७:४५
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान ग...
माघ १० गते, २०८२ - ०७:३३
भक्तपुर । भक्तपुरकाे मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबिच भएको झडप आगजनी र तोडफोडमा परिण...




प्रतिकृया लेख्नुहोस्: