काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ ।
सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडलले चीनबाट खोप ल्याउनका लागि वाइड बडी जहाज बेइजिङ पठाउने तयारी गरिएको बताए ।
खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाडौँ फर्किनेछ । महाप्रबन्धक पौडेलले भने, 'चीनबाट खोप ल्याउन निगमलाई सरकारको निर्देशन भएबमोजिम तयारी गरिएको छ, खोपको मात्रा तथा उक्त खोप अनुदानको हो या खरिदको भन्ने अहिले खुलिसकेको छैन हामीले आफ्नो तयारी थालिसकेका छौँ ।' बुझिएअनुसार पहिलो उडानमा १० लाख मात्रा खोप ल्याउने गरी तयारीमा रहन निगमलाई निर्देशन दिइएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ११ गते, २०८२ - २२:४६
सुर्खेत । देशभर चुनावी माहोल तातेको छ। गाउँ–सहर झन्डा, जुलुस, सभा र नाराले गुञ्जायमान छन्। तर यही चुनावी रौनकको बीचमा एउटा समुदाय भने चुपचाप आफ्नै संस...
फाल्गुन ११ गते, २०८२ - २२:३०
पर्वत। पर्वतको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाएर एक वृद्धाको ज्यान गएको छ। मोदीवेणी धामामा बस्दै आएक...
फाल्गुन ११ गते, २०८२ - १९:५४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न सम्बन्धित सबै पक्षलाई पुनः सचेत...
फाल्गुन ११ गते, २०८२ - १९:५२
काठमाडौं । फागुन २१ मा तय भएकाे प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एडभाइ...
फाल्गुन ११ गते, २०८२ - १९:४१
सुदूरपश्चिम । आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन ...
फाल्गुन ११ गते, २०८२ - १९:२१
"कसैको बहुमत आउँदैन, हावाहुरीको सरकार बने पनि स्वीकार्नुपर्छ”
फाल्गुन ११ गते, २०८२ - १९:१९
दैलेख । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले दैलेखको राजनीतिक माहोल तातेको छ। कर्णालीको राजनीतिक रूपमा प्रभावशाली जिल्लामध्ये एक दैले...
फाल्गुन ११ गते, २०८२ - १८:४८
काठमाडाैं । पहाडकी रानी भनेर चिनिने धनकुटा यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा उभिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले ...
फाल्गुन ११ गते, २०८२ - १८:३०
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक यस्तो वडा छ, जहाँको मतदाता संख्या ४० जना मात्रै छ । शे-फोक्सुन्डो गाउँपालिका(६, को फोतगाउँको कुल मतदाता संख्या ४० र...
फाल्गुन ११ गते, २०८२ - १८:२५
धनुषा । धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचो...



प्रतिकृया लेख्नुहोस्: