गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशवासीको समृद्धिका लागि सरकारले यात्रा प्रारम्भ गरेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अप्ठ्यारो अवस्थामा गठित वर्तमान सरकारले सबैको साथ र सहयोग लिएर समृद्धिको जनचाहना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले बजेट प्रदेश सभाबाट पारित भएपछि सरकारले पूर्णता प्राप्त गर्ने र कार्यविभाजन गरिने जानकारी दिए ।
सरकारका प्रवक्ता एवम् शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले सरकार गठनको छोटो समयमा नीति कार्यक्रम र बजेट ल्याइएको बताउँदै प्रदेश सभा सञ्चालन गरेर बजेट माथि छलफल शुरु गरिने जानकारी दिए । उनले भने, “हामीले सबै डकुमेन्ट तयार गरिसकेका छौँ, अब सदन बोलाएर बजेटमाथिको छलफल शुरु गरी असार ३० गते निर्णयार्थ पेश गर्ने तयारीमा छौँ ।”सरकारले लोककल्याणकारी कामका लागि बजेट रकमान्तर गरेपनि बजेट दुरुपयोग नहोस् भन्नेमा सचेत रहेको भन्दै सम्बन्धित मन्त्रालय एवम् कार्यालयका प्रमुखलाई नियमभन्दा बाहिर नजान निर्देशन दिइएको उनले स्पष्ट पारे ।
मन्त्रिपरिषद्ले हालै गरेका निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता खड्काले मन्त्रिपरिषद्का सदस्य र सचिवहरूको आवास व्यवस्थापनका लागि मापदण्ड तय गर्न भौतिक पूर्वाधार मन्त्रालयको शहरी विकास शाखालाई दिने निर्णय गरेको जानकारी दिए ।
यसैगरी प्रदेश सरकारले खरीद गर्ने सवारी साधनमा एकरुपता कायम गर्दै मितव्ययीतता अपनाउने र मूल्य एवम् क्षमतामा एकरुपता ल्याउने निर्णय गरिएको उनले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले विपद् व्यवस्थापन र द्रुतप्रतिकार्यका लागि स्वास्थ्यमन्त्री मधुमाया अधिकारीको संयोजकत्वमा ‘टास्क फोर्स’ गठन गर्ने निर्णय गरेको छ । सो समितिमा विनाविभागीय मन्त्रीद्वय हरिशरण आचार्य र दीपक मनाङे, कानून सचिव सदस्य तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव रामेश्वर अर्याल सदस्य सचिव रहेका छन् ।
मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नवलपरासी पुलिङटार गाउँपालिका–३ निवासी खड्गबहादुर कुमाललाई नियुक्त गरिएको प्रवक्ता खड्काले जानकारी दिए । यसैगरी मुख्यमन्त्रीको प्रेस संयोजकमा पुतलीबजार नगरपालिका–१३ स्याङ्जा निवासी भरत कोइरालालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्ले स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा खिमबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले जानकारी दिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २५ गते, २०८३ - २२:१२
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा पूर्वमन्त्री सुदन किरातीको औपचारिक प्रवेशसँगै पार्टीभित्र नयाँ राजनीतिक समीकरण बनेको छ । गत न...
बैशाख २५ गते, २०८३ - २२:०४
काठमाडौं । महानगरपालिकाले स्रोतमा फोहोरको वर्गीकरण गर्ने कार्यलाई प्रभावकारी बनाएसँगै बञ्चरेडाँडा लैजाने फोहोरको मात्रा घटेको छ । कामपाको वातावरण...
बैशाख २५ गते, २०८३ - २१:५९
काठमाडौँ । सरकारले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट लेखनको आवश्यक तयारी पनि तीव्र पारिएको छ। यही वैशाख २८ गतेका ...
बैशाख २५ गते, २०८३ - २१:४८
सरकारविरुद्ध विपक्षी मोर्चाबन्दीको तयारी
बैशाख २५ गते, २०८३ - २१:२२
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि स्थानीय तहहरूले पनि कम्पनी दर्ता गर्न र सेयर खरिद गर्...
बैशाख २५ गते, २०८३ - २१:१६
काठमाडौं । पूर्वमन्त्री सुदन किराँती अन्ततः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा हर्क साम...
बैशाख २५ गते, २०८३ - २१:०५
काठमाडौं । लामो समयदेखि विवाद, हस्तक्षेप र आन्तरिक खिचातानीमा फसेको नेपाल रेडक्रस सोसाइटी फेरि नेतृत्वविहीन बनेको छ । केन्द्रीय तदर्थ समितिका अध्यक्ष ...
बैशाख २५ गते, २०८३ - २०:५७
काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये पाँचवटा एकतर्फी रूपमा सञ्चालन भएका छन् । ...
बैशाख २५ गते, २०८३ - २०:४९
काठमाडौं । प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालत पुगेका रिट निवेदन नै दर्ता हुन नपाएपछि न्यायालयभित्र नयाँ विवाद सुरु भए...
बैशाख २५ गते, २०८३ - २०:४२
मुगु । मुगुम कार्मारोङ गाउँपालिका–६ की ४१ वर्षीया टोमा लामाको शव चार दिनपछि कर्णाली नदीमा फेला परेको छ। वैशाख २२ गते रातिदेखि सम्पर्कविहीन उनी शुक्र...


प्रतिकृया लेख्नुहोस्: