शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माधव समूहले सोमबार पाँच बजेसम्म सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता नदिए एमाले एक रहन नसक्ने धम्कि दिए ।
तत्कालै ओलीको धक्किपूर्ण चेतावनीलाई चुनौति दिदै माधव समूहले बरु राजनीतिबाट सन्यास लिने तर हस्ताक्षर फिर्ता नलिने जवाफी प्रतिकृया दिए पछि एमाले विभाजनलाई कसैले रोक्न नसक्ने धेरैले अनुमान गरेका थिए ।
तर, सबैको अनुमान विपरित प्रधानमन्त्री ओलीले माधव समूहका प्रभावशाली नेता भीम रावलालाई आइतबार बालुवाटार बोलाई माधव समूहको माग बमोजिम विघटित कार्यदल ब्यूँताउन सहमति भएपछि एमाले नेता तथा कार्यकर्तामा नयाँ आशा र उत्साहमात्रै उत्पन्न भएको छैन, कार्यदलको बैठक समेत लगातार बसिरहेको छ । २४ घण्टा नवित्दै प्रधानमन्त्रीमा आएको परिवर्तनलाई कतिपयले ओलीको राजनीति यात्रा ओरालो लाग्दै गएकोरुपमा टिप्पणी गरेका छन् ।
कतिपयले ओली अप्ठ्यारो परेको अवस्थामा आफु अनुकुल परिस्थिति निर्माण गर्न अर्को प्रपञ्चको तयारी गरिरहेको टिप्पणी समेत गरेका छन् । ओलीले जुन परिस्थितिमा उक्त गोटी चाले पनि दुवै पक्ष सम्मिलित १० सदस्य कार्यदलले सहमतिका विन्दुको खोजि गरिरहेको छ ।
सर्वोच्चको फैसलापछि एमालेभित्रको आन्तरिक एकता, पूर्व माओवादीबाट आएका नेताहरुको भविष्य तथा दुवै पक्षबीच भएका कमिकमजोरी कसरी व्यवस्थापन हुनसक्छ भन्ने विषयमा खबरडबलीका संवाददाता गणेश पाण्डेले नेकपा एमालेका नेता त्रय विरोध खतिवडा, बिशाल भट्टराई र ज्वाला कुमारी शाह सँग बहस गरेका छन्–
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
मंसिर २ गते, २०८० - ११:२५
काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...
मंसिर १ गते, २०८० - १५:३१
काठमाडौं । मानिसहरुबिच सोसल साईड एक्समा दिल्ली पुलिसको एउटा आग्रह देखेर चर्चापरिचर्चा चलिरहेको छ । बुधबार भारतमा जारी एकदिवसीय क्रिकेट अन्तर्गत भा...
प्रतिकृया लेख्नुहोस्: