कुनै पनि हालतमा संसद विघटसम्बन्धि मुद्दा फिर्ता लिदैनौं । यो मुद्दा अदालतमा विचाराधिन भएकाले उसले संविधान अनुसार फैसला गर्नेमा हामी विश्वस्त रहेका छौं । त्यसपछिको अवस्था भनेको हामीले उठाउँदै आएको विधि, विधान, पद्धति, पार्टीको विषयमा सहमति भए पार्टी एक हुन
प्रधानमन्त्री केपी ओलीले राष्ट्रियता, संविधान र लोकतन्त्रलाई जसरी ध्वस्त बनाइ विदेशीहरुको गुलाम बन्नुभएको छ, त्यस प्रवृत्ति विरुद्ध हाम्रो अडान यथावत छ । उहाँ बोली एउटा व्यवहार अर्को भएको व्यक्ति हो । उहाँले विगतमा गरेका गल्तिको हामी साक्षि किनारा बस्न सक्दैनौं ।
हाम्रो अभियान शुरुदेखि नै राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाको लागि हो । उहाँले यी सबै व्यवस्थामाथि घात गर्नुभएको छ । उहाँले कार्यदल ब्यूँताएर सहमतिको नाममा जुन नाटक रचिरहनुभएको छ, त्यसमा हामी विश्वस्त छैनौं । तर, कार्यदलले सहमतिको खाका तयार गरिराखेकोले अहिल्यै त्यसमाथि शंका गर्नु हतारो हुनेछ । हामीले प्रस्ताव गरेको एजेण्डामा केपीले सहमति गरे एकता प्रकृया अघि बढ्छ । नमाने कुनै हालतमा सहमति हुँदैन ।
ओलीले बेला बेलामा जुन किसिमको ‘अल्टिमेटम’को धम्कि दिनुभएको छ, त्यसको कुनै तुक छैन । औचित्यहिन अल्टिमेटमले हामीलाई कुनै फरक पार्दैन । हाम्रो एजेण्डामा सहमति नभएसम्म हाम्रो अडान यथावत रहन्छ । शनिबार केपीले हस्ताक्षर फिर्ता नलिए कारवाही गर्छौ भनेर धम्कि दिने, अनि भोलि पल्ट बालुवाटार बोलाएर सहमति गर्नुपर्छ भन्दै वार्ताको नाटक मञ्चन गरे । यसबाट नै उनी कति खुइलिदैं गएका छन् भन्ने कुरा प्रमाणित भइसक्यो । उहाँ मुखले ट्याउँ–ट्याउँ बोल्ने भित्रभित्र गलेर लम्पसार पर्ने बाहेक उनको कुनै काम छैन ।
हामी कुनै पनि हालतमा संसद विघटसम्बन्धि मुद्दा फिर्ता लिदैनौं । यो मुद्दा अदालतमा विचाराधिन भएकाले उसले संविधान अनुसार फैसला गर्नेमा हामी विश्वस्त रहेका छौं । त्यसपछिको अवस्था भनेको हामीले उठाउँदै आएको विधि, विधान, पद्धति, पार्टीको विषयमा सहमति भए पार्टी एक हुन्छ नत्र भने संघर्ष जारी रहन्छ । संसद पुर्नस्थापना भए पनि हाम्रो दस्तखत फिर्ता लिदैनौं । हामीले संसद वचाउन र पुरै कार्यकाल काम गर्न पाउनु पर्ने माग दावी सहित अदालतमा मुद्दा दिएको हो । हामीले कुनै व्यक्ति विषेशलाई प्रधानमन्त्री बनाउन वा गिराउनलाई मुद्दा दिएको होइन । यस हिसाबले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता हुँदैन । संसद पाँच वर्ष चल्नु पर्छ ।
(खतिवडा नेकपा एमालेका नेता हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...


प्रतिकृया लेख्नुहोस्: