Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

हामीले उठाएको मुद्दाबाट कुनै पनि हालतमा ब्याक हुँदैनौं, सहमति नभए संघर्ष जारी रहन्छ

विरोध खतिवडा

कुनै पनि हालतमा संसद विघटसम्बन्धि मुद्दा फिर्ता लिदैनौं । यो मुद्दा अदालतमा विचाराधिन भएकाले उसले संविधान अनुसार फैसला गर्नेमा हामी विश्वस्त रहेका छौं । त्यसपछिको अवस्था भनेको हामीले उठाउँदै आएको विधि, विधान, पद्धति, पार्टीको विषयमा सहमति भए पार्टी एक हुन

प्रधानमन्त्री केपी ओलीले राष्ट्रियता, संविधान र लोकतन्त्रलाई जसरी ध्वस्त बनाइ विदेशीहरुको गुलाम बन्नुभएको छ, त्यस प्रवृत्ति विरुद्ध हाम्रो अडान यथावत छ । उहाँ बोली एउटा व्यवहार अर्को भएको व्यक्ति हो । उहाँले विगतमा गरेका गल्तिको हामी साक्षि किनारा बस्न सक्दैनौं ।

हाम्रो अभियान शुरुदेखि नै राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाको लागि हो । उहाँले यी सबै व्यवस्थामाथि घात गर्नुभएको छ । उहाँले कार्यदल ब्यूँताएर सहमतिको नाममा जुन नाटक रचिरहनुभएको छ, त्यसमा हामी विश्वस्त छैनौं । तर, कार्यदलले सहमतिको खाका तयार गरिराखेकोले अहिल्यै त्यसमाथि शंका गर्नु हतारो हुनेछ । हामीले प्रस्ताव गरेको एजेण्डामा केपीले सहमति गरे एकता प्रकृया अघि बढ्छ । नमाने कुनै हालतमा सहमति हुँदैन । 
ओलीले बेला बेलामा जुन किसिमको ‘अल्टिमेटम’को धम्कि दिनुभएको छ, त्यसको कुनै तुक छैन । औचित्यहिन अल्टिमेटमले हामीलाई कुनै फरक पार्दैन । हाम्रो एजेण्डामा सहमति नभएसम्म हाम्रो अडान यथावत रहन्छ । शनिबार केपीले हस्ताक्षर फिर्ता नलिए कारवाही गर्छौ भनेर धम्कि दिने, अनि भोलि पल्ट बालुवाटार  बोलाएर सहमति गर्नुपर्छ भन्दै वार्ताको नाटक मञ्चन गरे । यसबाट नै उनी कति खुइलिदैं गएका छन् भन्ने कुरा प्रमाणित भइसक्यो । उहाँ मुखले ट्याउँ–ट्याउँ बोल्ने भित्रभित्र गलेर लम्पसार पर्ने बाहेक उनको कुनै काम छैन । 

हामी कुनै पनि हालतमा संसद विघटसम्बन्धि मुद्दा फिर्ता लिदैनौं । यो मुद्दा अदालतमा विचाराधिन भएकाले उसले संविधान अनुसार फैसला गर्नेमा हामी विश्वस्त रहेका छौं । त्यसपछिको अवस्था भनेको हामीले उठाउँदै आएको विधि, विधान, पद्धति, पार्टीको विषयमा सहमति भए पार्टी एक हुन्छ नत्र भने संघर्ष जारी रहन्छ । संसद पुर्नस्थापना भए पनि हाम्रो दस्तखत फिर्ता लिदैनौं । हामीले संसद वचाउन र पुरै कार्यकाल काम गर्न पाउनु पर्ने माग दावी सहित अदालतमा मुद्दा दिएको हो । हामीले कुनै व्यक्ति विषेशलाई प्रधानमन्त्री बनाउन वा गिराउनलाई मुद्दा दिएको होइन । यस हिसाबले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता हुँदैन । संसद पाँच वर्ष चल्नु पर्छ । 

(खतिवडा नेकपा एमालेका नेता हुन्)

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies