Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको धारणामा माधव नेपालको आपत्ति, लगाए यस्तो आरोप

खबर डबली

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको आन्तरिक कार्यदलले गरेको सहमतिको मर्मविपरीत धारणा राखेकोमा आपत्ति जनाएका छन्। थापाले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित ​पार्ने गरी सामाजिक संजालमा अभिव्यक्ति दिएपछि नेता नेपालले आपत्ति जनाएका हुन् ।

थापाले लेखेका छन् शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६-२३ = १२३ मात्र​सर्वोच्चद्वारा न परमादेश न पुनःस्थापना ! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो !! जय नेपाल !!!'

यही स्टाटसमा नेता नेपालले आपत्ति जनाएका हुन्। नेपाल पक्षका २३ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

सोमबार बिहानै स्टाटस लेखेर नेता नेपालले प्रेस सल्लाहकार थापाको उक्त धारणामाथि आपत्ति जनाएका छन्।

नेता नेपालले लेखेका छन् 'हिजो राती नेकपा ९एमाले०को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा ९एमाले०का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु । २८ असार, २०७८'

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नि:शुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, काठमाडौंमा ९० महिलामा एचपीभी पुष्टि

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा गरेको नि:शुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणमा २ हजार ७७९ महिलाको एचपीभी डीएन...

सरकारको निर्णयविरुद्ध करार र ज्यालादारी कर्मचारीको आन्दोलन

काठमाडौं । करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाउने सरकारको निर्णयविरुद्ध प्रभावित कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। मंगलबार अ...

अमेरिकी आक्रमण नरोकेसम्म हर्मुज नखुल्ने इरानको चेतावनी

तेहरान। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’ अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये ए...

कर्णालीमा कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा, तत्काल नयाँ मन्त्री नपठाइने: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना चार मन्त्रीको सामूहिक राजीनामापछि तत्काल नयाँ मन्त्रीहरूको नाम नपठाउने निर्णय गरेको छ। क...

एलपी ग्यासको सुरक्षा, गुणस्तर र अनुदान प्रणाली सुधार गर्न सांसदहरूको सरकारसँग माग

काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति, गुणस्तर, सुरक्षा र अन...

रौतहटमा युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाए, थप उपचारका लागि कीर्तिपुर रिफर

रौतहट । रौतहटको गरुडा नगरपालिका–९, गम्हरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गम्हरियाक...

सिंहदरबार अगाडि बाइक पार्किङ गरेर प्रदर्शन, अनेरास्ववियुका नेता–कार्यकर्ता पक्राउ

काठमाडौं। सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता तथा का...

जमुनाहा नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय बरामद

नेपालगन्ज। बाँकेको जमुनाहा नाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख भारतीय रुपियाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म ज...

मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, मिटरब्याज आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending