Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

कर्णालीमा ६५ प्रतिशत बजेट खर्च

रासस

सुर्खेत । कर्णाली प्रदेशको आव २०७७/०७८ को अन्तिममा बजेट खर्च ६५ प्रतिशत मात्र भएको छ । प्रदेश सरकारको चालू आवका अन्तिममा ६५ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।  

आव २०७७/०७८ को कूल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजारमध्ये रु २१ अर्ब ९६ करोड दुई लाख खर्च भएको हो ।   चालूतर्फ रु १४ अर्ब ६७ करोड २२ लाख ३२ हजारमध्ये  रु आठ अर्ब ४९ करोड २० लाख तथा पूँजीगततर्फ रु १९ अर्ब छ करोड ९१ लाख २१ हजारमध्ये रु १३ अर्ब ४६ करोड ८२ लाख खर्च भएको कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख मानबहादुर वमले जानकारी दिए । गत आव २०७६/०७७ को अन्तिम खर्चभन्दा चालू आवमा ३२ दशमलव ४४ प्रतिशतले वृद्धि भएको उनले बताए । उनका अनुसार गत आवमा  प्रदेशको खर्च ४९ दशमलव १४ मात्र भएको थियो । चालू खर्चमा ५७ दशमलव ८७ तथा पूँजीगत खर्चमा ७० दशमलव ६३ रहेको थियो । 

गत आवको अन्त्य अर्थात् असार महिनामा मात्र रु १० अर्व खर्च भएको थियो । चालू आवको अन्तिम महिना असारमा मात्रै ५८ दशमलव ६९ प्रतिशत अर्थात् रु १२ अर्व ८९ करोड वजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ । आव २०७५/७६ मा ३५ दशमलव ३७ प्रतिशत मात्रै खर्च भएको थियो । 

३५ प्रतिशत  फ्रिज 

कर्णाली प्रदेशमा चालू आवमा ३५ प्रतिशत बजेट फ्रिज भएको छ । चालू आवको असार महिनाको अन्तिमको खर्चलाई हेर्दा ३५ प्रतिशत अर्थात् रु ११ अर्ब ७८ करोड ११ लाख रकम फ्रिज भएको हो । यस्तै चालूतर्फ रु छ अर्ब १८ करोड दुइ लाख र पूँजीगततर्फ रु पाँच अर्ब ६० करोड नौ लाख रकम फ्रिज भएको कार्यालयले जनाएको छ ।

बढी खर्च गर्ने कृषि मन्त्रालय 

सबैभन्दा बढी खर्च गर्नेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ८२ दशमलव ०३ रहेको छ भने सबैभन्दा कम खर्च गर्नेमा आर्थिक मामिला तथा योजना मन्त्रालयको ९ दशमलव ७३ प्रतिशत (अर्थ विविध र वित्तिय व्यवस्थाबाहेक) रहेको छ । त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले ६८ दशमलव ६०, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ६८ दशमलव ३१, सामजिक विकास मन्त्रालयको ६६ दशमलव ७३ तथा भौतिक पूर्वाधार विकास मन्त्रालयले ६२ दशमलव ६७, प्रतिशत तथा खर्च गरेका छन । त्यस्तै तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ७१ दशमलव ५२ प्रतिशत खर्च गरेको प्रमुख वमले जानकारी दिए। 

त्यस्तै प्रदेशसभा सचिवालयले १०० प्रतिशत खर्च गरेको छ भने मुख्य न्यायधिवक्ताको कार्यालयले ९५ दशमलव ४९, कर्णाली प्रदेश योजना आयोगले ४५ दशमलव ९६ र कर्णाली प्रदेश लोकसेवा आयोगले ३२ दशमलव ८७ प्रतिशत खर्च गरेका छन् । 

त्यस्तै कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहलाई दिने विभिन्न अनुदानतर्फ ८७ दशमलव ०३ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ । आव २०७७/०७८ मा कर्णाली प्रदेशको आन्तरिक राजस्व रु ४६ करोड सङ्कलन छ ।

गत आवमा सम्झौता भएका, क्रमागत तथा बहुवर्षीय योजनाको भुक्तानी चालू आवमा हुँदा अघिल्लो आवभन्दा यो आवमा खर्च बढेको प्रमुख वमले जानकारी दिए । उनले कोभिड महामारी, खर्च नहुने योजनामा बजेट विनियोजन हुनु, तयारीविनाको आयोजनामा बजेट विनियोजन हुनु, स्थानीय तहबाट कार्यान्वयन हुने योजनाको बाँडफाँट समयमा नहुनु जस्ता कारणले कर्णालीको बजेट खर्चमा कमी रहेको बताए । 

उनका अनुसार कर्णाली प्रदेशका हिमाली जिल्लामा दोस्रो चौमासिकको काम नहुनुले पनि बजेट खर्चमा कमी आएको बताइएको छ  । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending