Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

ब्राजिलमा कोभिड महामारी पुन: बढ्यो, २४ घन्टामा १ हजार ४५६ जनाको मृत्यु

रासस

एजेन्सी । कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुमा रहेको ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट कम्तीमा पनि एक हजार ४५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ब्राजिलमा शनिबार त्यसको २४ घन्टा अघिदेखि गरेर एक हजार ४५६ जनाको ज्यान गएको सो मन्त्रालयले जानकारी दिएको छ । यहाँ यस संक्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ४० हजार ५८८ जना पुगेको छ ।

यहाँका अधिकारीहरुले शनिबार यसअघिका दिनहरुको तुलनामा धेरै नागरिकको कोभिड संक्रमणबाट निधन भएको बताएका छन् । त्यसैगरी कोभिडबाट संक्रमित हुनेको संख्या पनि गएको २४ घन्टामा करिब ४५ हजार जना रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट संक्रमित हुने नागरिकको संख्या १ करोड ९३ लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा दुई महिना अघि कोभिडका संक्रमितहरु घटेको भए पनि अहिले अर्थात् पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ ।सरकारले कोरोना भाइरसका विरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरुलाई खोप दिने कामलाई देशव्यापी अभियानका रुपमा सञ्चालन गरेको छ ।

ब्राजिलको साओ पाओलो शहर सबैभन्दा बढी संक्रमणमा परेको शहर हो । ब्राजिलमा हरेक एक लाखजना संक्रमितहरुमा २५७ जनाको निधन भएको तथ्यांकले देखएको बताइएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनले किन धेरै सुन खरिद गरिरहेको छ ?

काठमाडौं । करिब तीन दशकपछि सन् २०२५ मा पहिलो पटक विश्वका केन्द्रीय ब्याङ्कहरूसँग मौजुद सुनको कुल मूल्य अमेरिकी ट्रेजरी बन्डको लगानीभन्दा धेरै भएको छ। ...

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबा...

चुनावअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुर्न व्यवसायीको माग माग

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवा...

निर्वाचन प्रहरीको नियुक्ति १५ माघमा, परिचालन २५ माघबाट

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना हुने निर्वाचन प्रहरीलाई २५ माघदेखि ‘फिल्ड’ मा खटाइने भएको छ । नेपाल प्रहरी ...

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जा...

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस...

सशस्त्र प्रहरी बलको २५ वर्षे यात्रा : हलचोकमा रजत महोत्सव विशेष समारोहको आयोजना

काठमाडौँ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्ष...

माघ शुक्ल पञ्चमी: आज श्रीपञ्चमी पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । ...

पश्चिमी वायुको प्रभाव- कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान ग...

सानोथिमि बाल सुधारगृहमा दुई समूहबीच झडप, प्रहरीमाथि ढुङ्गामुढा

भक्तपुर । भक्तपुरकाे मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबिच भएको झडप आगजनी र तोडफोडमा परिण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending