काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग-व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गरेका छन् । नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रका सबै उद्यमी-व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा महामारी प्रभावित उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने सोचमा आफू रहेको बताए ।
सबै नागरिकका लागि कोभिड-१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु आफ्नो पहिलो प्रथमिकता भएको स्पष्ट गर्दै प्रधानमन्त्रीले आर्थिक विकास र लगानी प्रवद्र्धनलाई पनि उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी गराए । 'विकासलाई हामीले प्राथमिकता दिएका छौँ, तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो,' उनले भने, 'महामारीबाट पार पाउनु चुनौतीपूर्ण छ, हाम्रो पहिलो प्राथमिकता खोपको व्यवस्था नै हो ।'
अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध कोभिडको महामारीले गराएको विचार व्यक्त गर्दै परिसङ्घको ‘मेक इन नेपाल’ - स्वदेशी उत्पादन प्रवद्र्धन अभियानको सराहना गरे । उनले महामारीका कारण थलिएको अर्थतन्त्रलाई उजिल्याउन निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्ने दृढता व्यक्त गरे । उनले भने, 'निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धिमा सरकारले सघाउनेछ ।'
परिसङ्घका संस्थापक अध्यक्ष विनोदकुमार चौधरीले विद्वत् समूहकोे रुपमा परिसङ्घले काम गरिरहेकामा कृतज्ञता व्यक्त गर्दै प्रजातन्त्रको अभ्युदयसँगै नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले प्रारम्भ गरिएका आर्थिक सुधारका कार्यक्रममले निजी क्षेत्रको लगानी अभिवृद्धि, आन्तरिक राजश्व परिचालनमा योगदान भएको बताउनुभयो । उहाँले बदलिएको वर्तमान परिवेशमा अब दोस्रो चरणका सुधारका कार्यक्रमम आउनुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २५ गते, २०८३ - २२:१२
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा पूर्वमन्त्री सुदन किरातीको औपचारिक प्रवेशसँगै पार्टीभित्र नयाँ राजनीतिक समीकरण बनेको छ । गत न...
बैशाख २५ गते, २०८३ - २२:०४
काठमाडौं । महानगरपालिकाले स्रोतमा फोहोरको वर्गीकरण गर्ने कार्यलाई प्रभावकारी बनाएसँगै बञ्चरेडाँडा लैजाने फोहोरको मात्रा घटेको छ । कामपाको वातावरण...
बैशाख २५ गते, २०८३ - २१:५९
काठमाडौँ । सरकारले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट लेखनको आवश्यक तयारी पनि तीव्र पारिएको छ। यही वैशाख २८ गतेका ...
बैशाख २५ गते, २०८३ - २१:४८
सरकारविरुद्ध विपक्षी मोर्चाबन्दीको तयारी
बैशाख २५ गते, २०८३ - २१:२२
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि स्थानीय तहहरूले पनि कम्पनी दर्ता गर्न र सेयर खरिद गर्...
बैशाख २५ गते, २०८३ - २१:१६
काठमाडौं । पूर्वमन्त्री सुदन किराँती अन्ततः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा हर्क साम...
बैशाख २५ गते, २०८३ - २१:०५
काठमाडौं । लामो समयदेखि विवाद, हस्तक्षेप र आन्तरिक खिचातानीमा फसेको नेपाल रेडक्रस सोसाइटी फेरि नेतृत्वविहीन बनेको छ । केन्द्रीय तदर्थ समितिका अध्यक्ष ...
बैशाख २५ गते, २०८३ - २०:५७
काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये पाँचवटा एकतर्फी रूपमा सञ्चालन भएका छन् । ...
बैशाख २५ गते, २०८३ - २०:४९
काठमाडौं । प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालत पुगेका रिट निवेदन नै दर्ता हुन नपाएपछि न्यायालयभित्र नयाँ विवाद सुरु भए...
बैशाख २५ गते, २०८३ - २०:४२
मुगु । मुगुम कार्मारोङ गाउँपालिका–६ की ४१ वर्षीया टोमा लामाको शव चार दिनपछि कर्णाली नदीमा फेला परेको छ। वैशाख २२ गते रातिदेखि सम्पर्कविहीन उनी शुक्र...


प्रतिकृया लेख्नुहोस्: