Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

नेप्से पुनः तीन हजार बिन्दुमा : कसले कति कमाए, कसले कति गुमाए ?

खबरडबली संवाददाता

काठमाडौँ । शेयर कारोवार हुने साताको अन्तिम दिन आज कारोवार मापक नेप्से परिसूचक तीन हजार बिन्दुपार गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८.७५ बिन्दुले बढेर तीन हजार ४.३१ मा पुगेको छ ।
 
यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०६ बिन्दुले बढेर ५६२.२४ मा पुगेको छ । कूल २२२ कम्पनीको पाँच करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर रु ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ बराबरको कारोवार भएको छ । बिहिबारको कारोवारपछि बजार पूँजीकरण रु ४१ खर्ब ७९ अर्ब १७ करोड ४७ लाख ३१ हजार ६७३ बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोवार भएका १३ उपसमूह मध्ये आठ उपसमूहको शेयर ओरालो लाग्दा पाँच उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ ३५.६४, जलविद्युत् २६.६, वित्त ३८.२५, निर्जीवन बीमा ३८.७ र सामूहिक लगानी कोष ०.९२ बिन्दुले बढेको छ । यस्तै, व्यापार ८२.४६, होटल तथा पर्यटन १५.२३, विकास बैंक १५.९३, उत्पादन २१.६५, अन्य ११.४१, लघुवित्त १२.७३, जीवन बीमा ३८.७९ र लगानी ०.३ बिन्दुले ओरालो लागेको छ ।
 
कारोवारका  आधारमा आज कृषि विकाास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४६ करोड २७ लाख ६४ हजार ६४० बराबरको कारोवार भयो । यस्तै, नेपाल बैंक रु ३६ करोड पाँच लाख ८० हजार ७२८, एनआइसि एशिया बैंक रु ३६ करोड चार लाख ४८ हजार ४४६, ङादी ग्रुप अफ पावर रु ३४ करोड ३४ लाख ५१ हजार ७०० र सिद्धार्थ बैंक रु ३२ करोड आठ लाख ५२ हजार ७२८ बराबरको कारोवार भई शीर्ष स्थानमा छ ।
 
लक्ष्मी उन्नती कोष १०.०४, सिइडिबी आइड्रोपावर १०, ङादी ग्रुप अफ पावर १०, पोखरा फाइनान्स ९.९५ र माउण्टेन हाइड्रोका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाएका छन् । 

यस्तै, हिमालयन पावर पार्टनर ४.०७, बरुण हाइड्रोपावर ३.९३, विशाल बजार कम्पनी ३.१०, सारथी नेपाल लघुवित्त २.८४ र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले २.८३ प्रतिशतले गुमाए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदन भित्रिएपछि हर्कको शक्ति विस्तार, श्रम संस्कृतिमा पूर्वमाओवादी धारको प्रवेश

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा पूर्वमन्त्री सुदन किरातीको औपचारिक प्रवेशसँगै पार्टीभित्र नयाँ राजनीतिक समीकरण बनेको छ । गत न...

फोहोरको वर्गीकरणसँगै घट्न थाल्यो बञ्चरेडाँडामा भार

काठमाडौं । महानगरपालिकाले स्रोतमा फोहोरको  वर्गीकरण गर्ने कार्यलाई प्रभावकारी बनाएसँगै बञ्चरेडाँडा लैजाने फोहोरको मात्रा घटेको छ ।  कामपाको वातावरण...

संसद् बैठक आह्वानसँगै बजेट लेखनको चटारो

काठमाडौँ । सरकारले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट लेखनको आवश्यक तयारी पनि तीव्र पारिएको छ। यही वैशाख २८ गतेका ...

जनताको आँसुमा सरकार टिक्दैनः हर्क साम्पाङ

सरकारविरुद्ध विपक्षी मोर्चाबन्दीको तयारी

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिद गर्न बाटो खुल्यो

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि स्थानीय तहहरूले पनि कम्पनी दर्ता गर्न र सेयर खरिद गर्...

प्रचण्डसँग टाढिएका सुदन अब हर्कसँग, श्रम संस्कृति पार्टीमा नयाँ समीकरण

काठमाडौं । पूर्वमन्त्री सुदन किराँती अन्ततः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा हर्क साम...

नेतृत्वविहीन बन्यो रेडक्रस, विनोद शर्माले बुझाए राजीनामा

काठमाडौं । लामो समयदेखि विवाद, हस्तक्षेप र आन्तरिक खिचातानीमा फसेको नेपाल रेडक्रस सोसाइटी फेरि नेतृत्वविहीन बनेको छ । केन्द्रीय तदर्थ समितिका अध्यक्ष ...

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये पाँचवटा एकतर्फी रूपमा सञ्चालन भएका छन् ।  ...

प्रधानन्यायाधीश सिफारिस विवाद : रिट नै दर्ता गर्न मानेन सर्वोच्च

काठमाडौं । प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालत पुगेका रिट निवेदन नै दर्ता हुन नपाएपछि न्यायालयभित्र नयाँ विवाद सुरु भए...

हराएको चार दिनपछि कर्णाली नदीमा भेटियो टोमाको शव

मुगु । मुगुम कार्मारोङ गाउँपालिका–६ की ४१ वर्षीया टोमा लामाको शव चार दिनपछि कर्णाली नदीमा फेला परेको छ।   वैशाख २२ गते रातिदेखि सम्पर्कविहीन उनी शुक्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending