Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

लक्ष्यभन्दा बढी राजस्व

खबरडबली संवाददाता

बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले गत आर्थिक वर्ष २०७७/७८ मा रु पाँच अर्ब ५२ करोड  ८२ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले अघिल्लो आव २०७६/७७ को तुलनामा गत आवमा बढी राजस्व सङ्कलनसमेत गरेको बताइएको छ । आव २०७६/७७ मा रु चार अर्ब ७८ करोड ७३ लाख ४० हजार राजस्व सङ्कलन भएको थियो । 

कार्यालयले लक्ष्यको तुलनामा बढी राजस्व सङ्कलन गरेको   कार्यालय प्रमुख शालिकराम आर्चायले जानकारी दिनुभयो । कार्यालयले गत आव २०७७/७८ मा रु पाँच अर्ब ३९ करोड ९४ लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा त्योभन्दा बढी रु पाँच अर्ब ५२ करोड ८२ लाख ४८  राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।  कोरोना  प्रभावले सबै क्षेत्र समस्यामा हुँदा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएकोले कार्य सन्तोषजनक रहेको प्रमुख आचार्यले बताउनुभयो । 

आव २०७७/७८ को साउनदेखि असार मसान्तसम्ममा आयकरतर्फ रु ९५ करोड ९१ लाख ३८ हजार लक्ष्य रहेकोमा रु एक अर्ब नौ करोड ५२ लाख ८३ हजार, बहाल करतर्फ रु तीन करोड १९ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु दुई करोड ६१ लाख १८ हजार तथा  ब्याजकरतर्फ रु दुई करोड ६१ लाख १८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु चार करोड सात हजार सङ्कलन भएको थियो । मूल्य अभिवृद्धिकरतर्फ रु ९१ करोड ५४ लाख ७९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु एक अर्ब ३२ करोड ३० लाख ७५ हजार सङ्कलन भएको बताइएको छ । यसैगरी अन्तः शुल्कतर्फ रु तीन अर्ब १४ करोड ५४ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु दुई अर्ब ८६ करोड  ९० लाख २१ हजार सङ्कलन भएको थियो । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदन भित्रिएपछि हर्कको शक्ति विस्तार, श्रम संस्कृतिमा पूर्वमाओवादी धारको प्रवेश

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा पूर्वमन्त्री सुदन किरातीको औपचारिक प्रवेशसँगै पार्टीभित्र नयाँ राजनीतिक समीकरण बनेको छ । गत न...

फोहोरको वर्गीकरणसँगै घट्न थाल्यो बञ्चरेडाँडामा भार

काठमाडौं । महानगरपालिकाले स्रोतमा फोहोरको  वर्गीकरण गर्ने कार्यलाई प्रभावकारी बनाएसँगै बञ्चरेडाँडा लैजाने फोहोरको मात्रा घटेको छ ।  कामपाको वातावरण...

संसद् बैठक आह्वानसँगै बजेट लेखनको चटारो

काठमाडौँ । सरकारले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट लेखनको आवश्यक तयारी पनि तीव्र पारिएको छ। यही वैशाख २८ गतेका ...

जनताको आँसुमा सरकार टिक्दैनः हर्क साम्पाङ

सरकारविरुद्ध विपक्षी मोर्चाबन्दीको तयारी

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिद गर्न बाटो खुल्यो

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि स्थानीय तहहरूले पनि कम्पनी दर्ता गर्न र सेयर खरिद गर्...

प्रचण्डसँग टाढिएका सुदन अब हर्कसँग, श्रम संस्कृति पार्टीमा नयाँ समीकरण

काठमाडौं । पूर्वमन्त्री सुदन किराँती अन्ततः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा हर्क साम...

नेतृत्वविहीन बन्यो रेडक्रस, विनोद शर्माले बुझाए राजीनामा

काठमाडौं । लामो समयदेखि विवाद, हस्तक्षेप र आन्तरिक खिचातानीमा फसेको नेपाल रेडक्रस सोसाइटी फेरि नेतृत्वविहीन बनेको छ । केन्द्रीय तदर्थ समितिका अध्यक्ष ...

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये पाँचवटा एकतर्फी रूपमा सञ्चालन भएका छन् ।  ...

प्रधानन्यायाधीश सिफारिस विवाद : रिट नै दर्ता गर्न मानेन सर्वोच्च

काठमाडौं । प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालत पुगेका रिट निवेदन नै दर्ता हुन नपाएपछि न्यायालयभित्र नयाँ विवाद सुरु भए...

हराएको चार दिनपछि कर्णाली नदीमा भेटियो टोमाको शव

मुगु । मुगुम कार्मारोङ गाउँपालिका–६ की ४१ वर्षीया टोमा लामाको शव चार दिनपछि कर्णाली नदीमा फेला परेको छ।   वैशाख २२ गते रातिदेखि सम्पर्कविहीन उनी शुक्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending