गुल्मी। नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनसँग देश र जनताको हितमा काम गर्ने एजेण्डा नै नभएको बताएका छन्। गुल्मीमा आइतबार पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले गठबन्धन असैद्धान्तिक भएको समेत दाबी गरे।
उनले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरे पनि आफूहरुको असहमति रहेको बताए। अदालतले प्रधानमन्त्री नियुक्ति गर्ने नजिर शुरू गरेर बहुदलीय व्यवस्था मास्ने खेल सुरू भएको नेता ज्ञवालीको आरोप छ। ‘केही पार्टी र नेतालाई जनताभन्दा अदालतको बढी विश्वास गर्ने भएकाले अदालत त्यसैमा फसेर बहुदलीय प्रणाली मास्ने खेल शुरू भएको छ,’ उनले भने, ‘स्वार्थको गठजोडबाट बनेको सरकारसँग जनताका आशा र अपेक्षा पूरा गर्ने कुनै मुद्दा छैन।’
उनले पार्टीलाई एक ढिक्का बनाउनका लागि माधव नेपाल पक्षले हालसम्म गरेका गल्तीहरुलाई माफ दिइएको पनि बताए। एमाले नेतृत्वको सरकारलाई ढालेर कांग्रेसलाई सत्ता सुम्पिनका लागि नेपाल समूह लाग्नु अलोकतान्त्रिक र विडम्बना भएको उनको तर्क छ।
यद्यपि कार्यदलबीच भएको १० बुँदे सहमतिको जगमा पार्टीलाई एकतावद्ध बनाइने उनले बताए। एमाले नफुट्ने दावी गर्दै ज्ञवालीले केही प्रमुख नेताहरू भने छुट्न सक्ने बताए। पार्टी विभाजनले कसैलाई पनि फाइदा नहुने भएकोले पार्टी फुट्नेभन्दा पनि केही नेता छुट्ने संभावना बढी भएको उनको भनाई छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...
आश्विन २७ गते, २०८१ - ०८:५०
काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन अब पूर्णर...
प्रतिकृया लेख्नुहोस्: