Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८२ आईतवार | 27th April, 2025 Sun
Investment bank

ऊर्जामन्त्री भुषालसँग उद्यमीको गुनासो : सजिलै काम गर्ने वातारण कहिले बन्छ ?

खबरडबली संवाददाता

काठमाडौँ । कुनै उद्यमीले ऊर्जा क्षेत्रमा लगानी गर्न चाह्यो भने सहजै काम होला ? आम जिज्ञासा रहन सक्छ । नेपालको काम गर्ने शैली र सरकारी प्रणालीलाई हेर्ने हो भने त्यस क्षेत्रमा काम गर्न ठूलै धैर्यता चाहिन्छ । घटनाक्रमले यस्तै देखाएको छ । ऊर्जा उद्यमीलाई सात मन्त्रालय र २७ वटा विभाग चहार्नुपर्ने बाध्यता छ । त्यो पनि समयमा काम हुँदैन । 

मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तार गर्ने तथा लगानी प्रवद्र्धन गर्ने हरेक सरकारको योजना रहँदै आएको छ । वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत सो विषय समेटिन्छ । व्यवहारमा हेर्दा, ऊर्जा उद्यमी निरुत्साहित हुने अवस्था छ । सरकारी कार्यालयको दैलो चहार्दाचाहर्दै उत्साह क्रमश: मर्दै जान्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वन मन्त्रालय, रक्षा मन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र ती मन्त्रालय मातहतका विभागदेखि प्रदेश सरकार र स्थानीय सरकार सबैतिर पुग्दा उद्यमीले हौसला, साथ तथा सहयोग कमै पाउँछ । 

यो समस्या हटाउने ध्येयका साथ सरकारले एकै स्थानबाट सबै सेवा दिने प्रणालीको विकास पनि गरेको छ, तर प्रभावकारी काम हुन सकेको छैन । ऊर्जा मन्त्रालयमा आज आयोजित छलफलमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ९इपान०ले पुन: सोही समस्या दोहोर्‍यायो । वर्षौं वर्षदेखि एउटै खालको समस्या भोग्दै आएका उद्यमीका तर्फबाट इपानका अध्यक्ष कृष्ण आचार्यले भने “देशका लागि केही गरौँ भन्ने सोचका साथ ऊर्जा क्षेत्रमा लगानी गर्न लागेको र लागिरहेका हामीले उठाउँदै आएको समस्या सधैँ ज्यूँका त्यूँ छन् । कहिल्यै समाधान भएन ।”

उनले ऊर्जामा निजी क्षेत्रले काम गर्नका लागि सात मन्त्रालय र २७ विभागमा पुग्नुपर्ने बाध्यता रहेको भन्दै एकद्वार नीतिमार्फत सेवा लिने व्यवस्था मिलाउन अनुरोध गरे। उद्यमीले देशकै समृद्धिका लागि लगानी गरेको भए पनि सरकारी निकायबाट कहिल्यै सकारात्मक सहयोग नपाएको अध्यक्ष आचार्यको गुनासो छ ।  पछिल्लो तथ्याङ्कअनुसार नेपाल विद्युत् प्राधिकरणभन्दा निजी क्षेत्रको उत्पादन क्रमश: वृद्धि हुँदै गएको छ । हाल निर्माणका क्रममा रहेका तीन हजार मेगावाट क्षमताका आयोजनामा समेत निजी प्रवद्र्धककै लगानी बढी छ । 

प्राधिकरणको प्रणालीमा आज मात्रै हेर्ने हो भने निजी क्षेत्रको योगदान १७ हजार ९३९ मेगावाट घण्टा रहेको छ । कूल माग एक हजार ४५७ मेगावाट रहँदा प्राधिकरणका आफ्नै आयोजनाबाट नौ हजार ७१८ मेगावाट घण्टा मात्रै बिजुली उपलब्ध छ । कूल माग ३० हजार ८८ मेगावाट घण्टा रहेको अवस्थामा निजी क्षेत्रले मुलुकलाई उज्यालो बनाउन ठूलो योगदान गरेको छ । 

ऊर्जा उद्यमीको कुरा सविस्तार सुनेपछि ऊर्जा मन्त्री पम्फा भुसालले ऊर्जा क्षेत्रको विकासमा हुने ढिलासुस्ती कम गर्नेतर्फ आफ्नो ध्यान जाने बताउनुभयो । उहाँले सानो कामका लागि पनि धेरै समय अल्झिनुपर्ने अवस्थामा सुधार ल्याउनैपर्नेमा जोड दिँदै भन्नुभयो, “हाम्रो कार्यशैली र विधिलाई कार्यसम्पादनमा राख्नुपर्छ ।”  उहाँले समयको विलम्बलाई पनि अरु आर्थिक भ्रष्टाचारजस्तै रुपमा लिनुपर्ने तर्क गरे। मन्त्री भुसालले भन्नुभयो, “गरे पनि हुने, नगरे पनि हुने अवस्था राम्रो होइन, हुँदैन भने सेवाग्राही पछि फर्कन्छ नि १ समयको विलम्ब पनि अरु आर्थिक भ्रष्टाचारभन्दा कम होइन ।”

उहाँले आचारसंहिता बनाएर काम गर्ने शैलीको विकास गरिने बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, “हामीले विधि वा आचारसंहिता केही बनाएर जानुपर्छ तर कतिपय प्राविधिक काम तीन दिनमा भ्याइन्न, त्यसको फरक तरिकाले टिओआर बनाउन सक्छौँ ।” मन्त्री भुसालले निजी क्षेत्रले एउटा आयोजना बनाउनका लागि धेरै मन्त्रालय र विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गर्न छिट्टै अन्तरमन्त्रालयबीच छलफल चलाउने विश्वास दिलाइन्। 

उनले ऊर्जा र सिँचाइका कामलाई वस्तुगत र वैज्ञानिक बनाउने उल्लेख गरिन्। मन्त्री भुसालले भनिन्, “एउटै रुखका कारण वर्षौंसम्म कान्म रोकिएको छ । त्यसलाई छिटोछरितो ढङ्गमा काम गर्नुपर्छ । यसलाई वस्तुगत र वैज्ञानिक बनाउनुपर्छ ।” निजी क्षेत्रका समस्या समाधानका लागि आफू सकारात्मक रहेको उल्लेख गर्दै उनले भनि, “म यहाँहरूको समस्या समाधानप्रति अधिकतम सकारात्मक हुन्छु । त्यसमा म प्रतिबद्ध छु, पहल पनि गर्छु ।” उत्पादन र वितरणको ठूलो समस्या रहेको औंल्याउँदै उनले प्राधिकरणले करोडौँ क्षतिपूर्ति तिरिरहने र लगानीकर्ताले लगानीको ब्याजसम्म उठाउन नसक्ने समस्या आउन नहुने बताए । 

विद्युत् खपत बढाउनेतर्फ मन्त्रालयले गृहकार्य गरिरहेको बताउँदै मन्त्री भुसालले उद्योग, यातायात, कृषिलगायत क्षेत्रबाट हामीले विद्युत् खपत सक्छौँ त्यसतर्फ सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गरे । मन्त्री भुसालले विद्युत्को पहुँच नपुगेका जनतामा विद्युत् पुर्‍याउन र खपत बढाउनका लागि आफूले  विद्युत् महसुल घटाउने योजना ल्याउन लागेको जानकारी दिए। 

उनले भनिन, “घरेलु उपभोग र कृषिमा ऊर्जा उपभोग बढाउनका लागि पनि विद्युत् दरमा समायोजन आवश्यक छ ।” विद्युत् खरिद सम्झौता ९पिपिए० गर्ने तर प्रसारण लाइन बनाउन नसक्ने अवस्था उपयुक्त नभएको बताउँदै मन्त्री भुसालले भनिन्, “प्रसारण संरचनाको निर्माण तीव्रताका साथ अघि बढाउनुपर्छ ।” 
 
सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले मन्त्रालयले सबै निजी क्षेत्रलाई समान तवरले व्यवहार गर्ने स्पष्ट गर्दै मन्त्रालयबाट भएका निर्णयको कार्यान्वयन विशेष ध्यान दिने बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने चलखेल भयो: महासचिव पोख्रेल

दाङ। सत्तारुढ दलका नेता एवं नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले  शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्त्वको चलखेलले आइतबार दु:खद अवस्था सिर्जना भएक...

माओवादी अध्यक्ष प्रचण्ड भोलि कैलाली आउँदै

धनगढी। पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भोलि कैलाली आउँदै छन्।  माओवादी केन्द्रले थालेको...

कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको मृत्यु

लेखनाथ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा चट्याङ लागेर आइतबार दुई जनाको ज्यान गएको छ। अन्नपूर्ण ११ स्थित त्रिवेणी ताल पदमार्गमा आइतबार दि...

लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आव...

शिक्षकमाथि बल प्रयोग गर्नु कुशासनको अर्को उदाहरण: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षकको एक दुई दिनमै समस्या समाधान गरी पठन–पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका...

रौतहटका कार्यालय प्रमुखलाई अख्तियारी नहुँदा मालपोतको सेवा ठप्प

चन्द्रपुर । मालपोत कार्यालय मौलापुर, रौतहटका  कार्यालय प्रमुख कौशलकिशोर झा हाजिर भएको एक हप्ता हुन् लाग्दा समेत भूमि व्यवस्थापन तथा अभिलेख विभागले अख्...

जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश जारी

काठमाडौँ । जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी भएको छ । सर्वोच्च ...

महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग सहित सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।केही दिनअघि...

नयाँ बानेश्वरमा शिक्षक महासंघको बैठक जारी

काठमडौं । नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएपछि थप रणनीति तय गर्ननेपाल शिक्षक महासंघको बैठक बसिरहेको छ । २६ दिनदेखि शिक्षकहरूले काठमाडौंमा आ...

अपेक्षा अनुसार काम नहुँदा जनतामा निराशा छ : प्रवक्ता महत

घोराही। नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले चाहे अनुसार सरकारले काम गर्न नसक्दा जनतामा निराशा बढेको बताएको छन्।  नेपाल ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending