Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

जसपामा को-को छन् मन्त्री बन्‍ने लाइनमा ? यी नेतालाई यादवले दिएका थिए मन्त्री बनाउने बचन

खबरडबली संवाददाता

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री छान्न पार्टीभित्र सकसमा परेका छन्। यही विषयमा अहिले उनी तनावमा रहेको यादवनिकट स्रोतले बतायो। मन्त्री छान्ने विषयमा बुधबार यादवले ललितपुरमा पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका थिए। बैठकले मन्त्रीको टुंगो लगाउन पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव तथा वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको कार्यकारिणी सदस्य मृगेन्द्रसिंह यादवले बताए। बुधबार पुनः बैठक बोलाइएको छ।  

मन्त्री छान्नेबारेमा मापदण्ड बनाउन बैठक बोलाइएको थियो। बैठकमा बोल्ने अधिकांश कार्यकारिणी सदस्यहरूले समावेशी आधारमा मन्त्री छान्न पार्टी नेतृत्वलाई दबाब दिएको सिंहले बताए। समावेशी आधारमा मन्त्रीको सूची बनाए पनि आधारभूमि मधेसलाई बिर्सन हुन्न भन्ने सुझाव आएको अर्का कार्यकारिणी सदस्य रमेश यादवले बताए। ‘भूगोल, समुदाय तथा सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी मन्त्री छान्नुपर्छ तर हाम्रो मुख्य आधार भनेको मधेस हो। यसमा विचार गर्नुपर्छ भन्ने सुभाव आएको छ,’ यादवले भने।

आजको नागरिकमा खबर छ- स्रोतका अनुसार मन्त्री छान्न यादवलाई आफूनिकटबाट ठूलो दबाब आएको छ। मन्त्री हुनकै लागि ठाकुर पक्षका केही सांसदहरू कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन्। सुरुदेखि नै यादवलाई साथ दिएका नेताहरूलाई पनि मन्त्री बनाउन बाध्यता यादवलाई छ। मन्त्रीको लागि महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रेणु यादव, इस्तियाक राई, प्रदीप यादव, मृगेन्द्रसिंह यादवले चाहना राखेका छन्। निर्वाचन आयोगमा हेडकाउन्ट हुँदा अन्तिम समयमा राजकिशोर यादवले उपेन्द्र यादवलाई साथ दिएका थिए। उनलाई पनि मन्त्री बनाउन उपेन्द्र यादवलाई दबाब परेको छ।

स्रोतका अनुसार, ठाकुर पक्षबाट कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका प्रमोद साहलाई ‘मन्त्री बनाउँछु’ भन्ने आश्वास अध्यक्ष यादव स्वयंले दिएका छन्। त्यसैले प्रमोदलाई मन्त्री बनाउन यादवलाई दबाब परेको छ। रेणुका गुरुङ मन्त्री हुनका लाागि कित्ता परिवर्तन गरेकी छन्। ओली सरकारमा पनि रेणुका मन्त्री भएकी थिइन्। फेरि मन्त्री हुन पाइन्छ कि भन्ने गुरुङलाई ठूलो आशा छ। मन्त्री हुनको लागि अमृता अग्रहरिले पनि कित्ता परिवर्तन गरेकी छन्। उनलाई पनि मन्त्री बनाउने आश्वासन यादवपक्षीय नेताहरूले दिएका छन्। पाएमा राज्यमन्त्री खान पाइन्छ कि भन्ने आशा लीला सिटौललाई छ। सिटौलाले सुरुदेखि नै यादवलाई साथ दिएकी छन्। डा. सूर्यनाराण यादव र सुरेन्द्र यादवले पनि मन्त्री हुनका लागि विभिन्न माध्यमबाट लबिङ गरिरहेका छन्। 

ओली प्रधानमन्त्री भएको बेला सुरेन्द्र सरकारबाट हटाइएका थिए।  सरकारमा अध्यक्ष यादव आफैँ सहभागी हुने कि नहुने भन्ने पनि टुंगो नलागेको कार्यकारिणी सदस्य रमेश यादवले बताए। ‘केही कार्यकारिणी सदस्यहरूले अहिलेको सरकार चुनावी सरकार भएकोले अध्यक्ष आफैं सरकरमा जानुपर्छ भन्ने सुझाव आएको छ,’ यादवले भने, ‘तर, केहीको सुझाव यसपटक अध्यक्ष सरकारमा जानुहुन्न  भन्ने रह्यो।’

ठाकुरको कानुन व्यावसायीसँग सल्लाह 

 निर्वाचन आयोगले जसपाको आधिकारिता उपेन्द्र यादवलाई दिएपछि नयाँ पार्टी खोल्ने तयारीमा महन्थ ठाकुर र राजेन्द्र महतो लागेका छन्। उनीहरूले मंगलबार र बुधबार आफूनिकट कानुन व्यावसायीहरूसँग छलफल गरेका थिए। यादवनिकट नेता ज्ञानेन्द्र झाले यसअघि नै निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताकोलागि निवेदन दिएका छन्।  

स्रोतका अनुसार, ठाकुर र महतोको चाहना पूरानो राजपा ब्युझाउँने हो तर उपेन्द्र यादवनिकट नेता हरिनारायण यादवले राजपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। यादवले आयोगमा निवेदन दिएको दुई दिनपछि मात्र ठाकुरनिकट एक नेताले राजपा दर्ताको लागि आयोगमा निवेदन दिएका थिए। 

पुरानो राजपा नाम पाउने सम्भावना कति रहन्छ भन्ने विषयमा पनि ठाकुरले कानुन व्यवसायीसँग सल्लाह गरेको स्रोतले बतायो। ठाकुरनिकट एक नेताले भने, ‘सकेसम्म पुरानो राजपा ब्युझाउँने प्रयास रहन्छ। त्यो नभए लोकतान्त्रिक समाजवादी पार्टी नाम गरेको पार्टी खोल्ने सम्भावना पनि छ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

 काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

रास्वपा सुनसरी–२ का उम्मेदवार लालविक्रम थापाविरुद्ध उजुरी दर्ता

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending