Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

महाधिवेशन नभए सम्पूर्ण दोष सभापतिले लिनुपर्छ : केसी

जगदीश नरसिंह केसी

जसले फर्म लग्यो त्यसैले भर्‍यो पठायो । यस्तो तरिकाले पार्टी चल्छ ? सबैले विधान, विधि, केन्द्रीय समितिको निर्देशन र निर्देशिकालाई पूर्णरुपले पालना गर्ने गराउने हो भने विवाद कतै पनि छैन ।

नेपाली कांग्रेसले वैधानिकता पाउन अबको एक महिनाभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता छ । कोरोना महामारीका कारण मुलुकमा विषम परिस्थिति उत्पन्‍न भएकोले त्यो सम्भव छैन ।  यो सबै दोष नेतृत्वको हो । अझै पनि नेतृत्वले चाहे तोकेको दिन अधिवेशन गर्न हामी तयार छौं । अधिवेशन कोभिड-१९, भूकम्प र बाढीपहिरोले रोकिएको होइन । गर्न नचाहेको हो । विधान अनुसार चार वर्ष कार्यकाल सकिएपछि आफुले १४ औँ महाधिवेशन गर्नुपर्छ भन्‍ने नेतृत्वलाई थाहा छैन ? सभापतिले अधिवेशन नगरेर लम्ब्याउन खोज्‍नुभयो । यसअघिका सभापतिले ५ वर्ष चलाए मैले किन चलाउन नहुने भन्‍ने गलत सोच नेतृत्वमा हावी भएकोले हामी अप्ठ्यारोमा फसेका छौँ । सम्पूर्ण अधिवेशन नगर्नुमा केन्द्रीय नेतृत्वले  दोष लिनुपर्छ ।  

पार्टी नेतृत्वको कारण कांग्रेसबारे बाहिर राम्रो म्यासेज गएको छैन । सम्पूर्ण क्रियाशिल सदस्यहरू १४ औँ महाधिवेशनको प्रतिक्षामा छन् । सबै जना निर्धारित मितिमा सक्नुपर्छ भन्‍ने कुरा स्वभाविकरुपमा लागेका छन् । नेतृत्व अहिले पनि अधिवेशन गर्ने पक्षमा देखिँदैन । नेपाली कांग्रेस जस्तो ऐतिहासिक पार्टी जसले लोकतान्त्रिक मूल्य, मान्यता, स्थायीत्व, विधि र कानूनी शासनका लागि ७० वर्ष लड्यो । आज उसकै वैधानिकतामाथि प्रश्न उठ्न थालेको छ । अन्य पार्टीमाथि विधिको शासन भएन भनेर प्रश्न उठाउनेले आफ्नो पार्टीभित्र विधि र कानूनी शासन चाहिने कि नचाहिने ? यस्तै रवैयाले अन्य पार्टीले अलोकतान्त्रिक काम गर्‍यो भनेर कुन मुखले आवाज उठाउने ? नेतृत्वको गलत कामले समयमै अधिवेशन हुन सकेको छैन । समयमै अधिवेशन हुन सकेन, नेपाली कांग्रेस जस्तो पार्टीमा वैधानिक संकट आयो भने यसको सम्पूर्ण दोष सभापतिलगायत पदाधिकारीले लिनुपर्छ । 

विधान अनुसार विभागको अधिकतम संख्या ५१ हो । अहिले कांग्रेसका विभागहरू ७७ सय नियुक्ति भइसक्यो । हरेक जिल्लामा मुठाका मुठा हस्ताक्षर गरेको प्रमाण पठाउने । आफ्नो अनुकुल मानिसलाई जहाँ भेट्यो त्यहि लेखेर दिने काम भयो । त्यसको अर्थ पार्टी कब्जा गर्ने कुनियत हो ।

नेपाली कांग्रेसको विधान, निमावली र निर्देशीकाले स्पष्टसँग साधारण सदस्य लिएकाले एक वर्षमा क्रियाशिल सदस्य लिने भनेको छ । क्रियाशिल सदस्य केन्द्रबाट जिल्ला सभापति हुँदै क्षेत्र, प्रदेश, नगरपालिका गाउँपालिका, वडा सभापतिलाई दिने हो । वडा सभापतिले कार्यसमितको बैठक बसाल्ने र त्यहाँ क्रियाशिल सदस्यको आवेदन माग गर्ने हो । आवेदन प्राप्त भएका सबैलाई सके दिने नसके वडा समितिको बैठकले आवेदन दिएका मध्ये वरिष्ठता, लामो समय पार्टी निर्माणमा लागेका, पार्टीको विभिन्‍न कार्यक्रमा सहभागिता भएको आधारमा क्रियाशिल दिने हो । तर, यी कुनै काम भएको छैन । वडा कार्यसमितिले कतिपय ठाउँमा कार्यसमितिको बैठक नै नबसी फर्म भर्ने काम भएको छ ।

तराईमा कतिपय वडा सभापतिले क्रियाशिल सदस्य वितरण गरेको नै थाहा पाएनन् । जसले फर्म लग्यो त्यसैले भर्‍यो पठायो । यस्तो तरिकाले पार्टी चल्छ ? सबैले विधान, विधि, केन्द्रीय समितिको निर्देशन र निर्देशिकालाई पूर्णरुपले पालना गर्ने गराउने हो भने विवाद कतै पनि छैन । यहाँ बलजफति पावर, पहुँचका आधारमा आफ्नो बनाउन खोज्दा तराईको सबै जिल्लाहरूमा विवाद छ । यो सबै अधिवेशन र पार्टी कब्जा गर्ने षड्यन्त्रका कारण क्रियाशिल सदस्य विवाद भएको हो । महाधिवेशन आफुलाई अनुकुल नभएको कारणले नेतृत्वले गर्न चाहेन । एक महिनामा वडादेखि केन्द्रसम्म आठ तहको अधिवेशन सम्पन्‍न गर्नुपर्छ । यो गर्न धेरै कठिन छ । 

अझै यसको विकल्पको रुपमा एक वर्षका लागि विशेष महाधिवेशन गर्न सकिन्छ । १३ औँ महाधिवेशनको प्रतिनिधिबाट संघ र प्रदेशको अधिवेशन सम्पन्‍न गर्ने एउटा उपाय छ । किनकी निर्वाचन आयोग र नेपालको संविधानले नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशन चिन्दैन । उसले चिन्‍ने भनेको प्रदेश र संघको निर्वाचन मात्र हो । एक महिनाभित्र संघ र प्रदेशको विशेष अधिवेशन गरौँ । त्यसपछि एक वर्षभित्रमा वडादेखि केन्द्रीय समितिको अधिवेशन गरौँ । यो बाहेक कांग्रेसको वैधानिकता जोगाउन अन्य विकल्प छैन । (केसी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट जिल्ला सभापति हुन्)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीको इस्मामा आगलागीबाट ३८ घरगोठ ध्वस्त, करोडौंको क्षती

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-२  मा आगलागी हुँदा ३८ घरगोठ जलेका छन् ।  सामुदायिक वनमा लागेको आगो बस्तीमा पनि फैलिँदा १३ घर र २५ गोठ जलेका हुन् । ...

चैतेदसैँ मेलामा १० करोडको कारोबार

बागलुङ । यस वर्षको चैतेदसैँं मेलामा रु १० करोडको कारोबार भएको छ । तीन सय वर्षभन्दा पुरानो मेलाको रूपमा रहेको चैतेदसैँं मेलाले बागलुङमा निरन्तरता पाएको...

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको काठमाडौं महानगरपालिका(३ नारायण गोपाल चोकबाट  प्रतिवन्धित लागूऔषधसहित एकजना पक्राउ परका छन् । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालि...

एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदम...

अनेमसंघ (क्रान्तिकारी) को झापा अध्यक्षमा तारा श्रेष्ठ

झापा । खिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) झापाको अध्यक्षमा तारा श्रेष्ठ चयन हुनुभएको छ । चैत २८ गते सुरु भएको विस्तारित भेलाले आज नयाँ नेतृत्व चयन गर...

बाबुराम भट्टराईलाई आफ्नो परिवारका लागि समाजवाद चाहिएको होः अध्यक्ष यादव

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले डा. बाबुराम भट्टराईलाई आफ्नो परिवारका लागि समाजवाद चाहिएको  बताएका छन् । शनिवार पार्टील...

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा क...

अर्घाखाँचीको धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ ध्वस्त

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ । भूमिकास्थान नगरपा...

इन्द्रेणी पर्यटन अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनः नेपालको समावेशी चरित्रको प्रशंसा

काठमाडौं ।  यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल सुरक्षित र सम्मानित रहेको दाबी अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत भएको छ । नेपालमा सब...

पथरी शनिश्चरे नगरपालिकालाई इन्ट्रा फाउन्डेसनले स्वास्थ्य चौकी र एम्बुलेन्स हस्तान्तरण

बिराटनगर । अमेरिकामा स्थापना भएको इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले वैशाख ८ गते पथरी शनिश्चरे नगरपालिकामा स्वास्थ्य चौकीको उद्घ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies