Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

लुम्बिनीमा यसरी हुँदैछ सत्ता टिकाउने र ढाल्ने कसरत

अरूलाई नैतिकताको पाठ सिकाउने मुख्यमन्त्री पोखरेललाई नैतिकता कसले सिकाउने ?

खबरडबली संवाददाता

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले पटकपटक सदनमै भन्ने गरेका छन्, ‘अल्पमतमा परेपछि एक मिनेट पनि कुर्सीमा बस्दिनँ, नैतिकताका आधारमा राजीनामा दिन्छु।’ अरूलाई नैतिकताको पाठ पढाएर नथाक्ने मुख्यमन्त्री पोखरेलले बजेट पास नहुने पक्का भएपछि असार ३१ गते सदन (प्रदेशसभा बैठक) छोडेर भागे। बजेट निर्णयार्थ प्रस्तुत गर्ने बेला बैठक छाडेर भागेका उनले सोही दिन मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरे। अधिवेशन अन्त्य भएको अर्को दिन प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्यायो।  

अध्यादेशमार्फत बजेट प्रस्तुत गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिलामन्त्री बैजनाथ चौधरीले पत्रकार सम्मेलनमा आफूहरू अल्पमतमा रहेको बताएका थिए।  मन्त्रीले नै सरकार अल्पमतमा रहेको बताउँदा पनि मुख्यमन्त्री पोखरेलले भने राजीनामा दिने नैतिकता देखाएका छैनन्। जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि पोखरेल नेतृत्वको सरकार थप संकटमा परेको छ। जसपाका ३ सांसदलाई मन्त्री दिएर पोखरेलले सत्ता टिकाएका छन्। पार्टीबाट सरकारमा गएकालाई जसपाले कारबाही गरेपछि सरकार संकटमा पर्ने भएको हो।

आजको नागरिक दैनिकमा खबर छ- गत वैशाख १९ मा संविधानको धारा १६८ (१) बमोजिम एकल बहुमतको सरकारको मुख्यमन्त्री बनेका भनिएका पोखरेलले त्यतिबेलै जसपाका ४ सांसदलाइ मन्त्री बनाएर अल्पमतको संकट टारेका थिए। जसपाबाट मन्त्री बनेका मध्ये एक सुमन शर्मा रायमाझी राजीनामा दिएर पार्टीमा फर्किसकेकी छन्। उनी अहिले विपक्षी गठबन्धनमा छन्।  

विपक्षी गठबन्धनले वैशाख ६ गते माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। प्रस्तावउपर छलफलका लागि वैशाख १९ मा विशेष अधिवेशन बोलाइएको थियो। तर पोखरेलले सदन छल्न सोही दिन राजीनामा दिए र पुनः नियुक्तिको नाटक रचे। स्पष्ट अल्पमतमा रहेका पोखरेललाई किर्ते हस्ताक्षरको सहारामा एमालेको लेटरप्याडमा तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेका थिए। अविश्वासको प्रस्ताव सामना गर्न असमर्थ पोखरेललाई पुनः मुख्यमन्त्री बनाउने उनका सारथी यादव अहिले मुख्यमन्त्रीबाट बिदा भएका छन्।  

नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन कार्यभार समाल्न आउँदै छन्। नयाँ प्रदेश प्रमुखले कार्यभार समालेसँगै पोखरेलको नेतृत्वको सरकार ढाल्ने तयारी विपक्षी दलहरूको छ। विपक्षी गठबन्धन विशेष अधिवेशनको माग गरेर अविश्वासको प्रस्ताव ल्याउने गृहकार्यमा जुटेको छ। सरकार गठनका लागि आफूहरूसँग सुविधाजनक बहुमत रहेको दाबी विपक्षी गठबन्धनको छ।

यसअघि पोखरेलले प्रदेश प्रमुखको सहयोगमा अविश्वासको प्रस्ताव सदनमा दर्ता हुन नदिई संसद् अधिवेश अन्त्य गरेकाले अब कानुनी र संवैधानिक दुवै प्रक्रियाबाट अगाडि बढ्ने पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद सुदर्शन बरालले बताए। त्यसो त जसपाको आधिकारिकता यादव पक्षले पाएपछि पोखरेल नेतृत्वको सरकार धरापमा छ। जसपाले प्रदेश सरकारमा सहभागी तीनजनालाई निष्कासन गर्न परिपत्र गरिसकेको छ। जसपा केन्द्रीय समिति बैठकले मंगलबार विजयबहादुर यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेलाइ पार्टीबाट निष्कासित गरी सांसद पदबाट मुक्त गर्न सभामुखलाइ पत्र पठाएको छ।

प्रदेशसभामा जसपाका ६ सांसद हुन। तीमध्ये महन्थ ठाकुर पक्षका तीनजनाले पोखरेललाई साथ दिएपछि मन्त्री बनाइएको थियो। नीतिविपरित सरकारमा सहभागी भएको भन्दै पार्टीले कारबाही गरे पनि त्यसविरुद्ध उनीहरू सर्वोच्च अदालत गएका थिए। सर्वोच्चको अन्तरिम आदेशकै कारण उनीहरूको सांसद पद जोगीएको थियो। मुद्दाको अन्तिम सुनुवाइ भएको छैन। जसपाको आधिकारिकता यादव पक्षले पाएपछि उनीहरू फेरि पार्टीको कारबाहीमा परेका हुन्। जसपाको पछिल्लो कारबाही निर्णय कार्यान्वयन भए लुम्बिनी प्रदेशसभा ८० सदस्यीय हुनेछ। सरकार बनाउन ४१ सांसदको समर्थन चाहिन्छ। मुख्यमन्त्री पोखरेलसँग एमालेका ३८ सांंसदमात्र छन्। त्यसमध्ये सूर्य चिह्नबाट स्वतन्त्र चुनाव जितेका एक सांसदले उनको साथ छोडिसकेको स्रोतको दाबी छ।  

पोखरेललाई नेकपा एमाले माधवकुमार नेपाल पक्षका २ सांसदले पनि साथ नदिने बताइएको छ। विपक्षी गठबन्धनमा सभामुखबाहेक ४१ सांसद छन्। नेपाली कांग्रेसका १९, माओवादीका सभामुखबाहेक १८, जसपा यादव पक्षका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद विपक्षी गठबन्धनमा छन्। सभामुख पूर्णबहादुर घर्ती माओवादी केन्द्रबाट निर्वाचित भएकाले बराबर भएको अवस्थामा उनको मत विपक्षी गठबन्धनलाई जाने निश्चित छ।  

अल्पमतमा परेका मुख्यमन्त्री पोखरेलले फेरि विश्वासको मत लिने बहानाबाजी गर्दै सत्ता लम्ब्याउन खोजिरहेका छन्। विश्वासको मत लिन विपक्षी गठबन्धनले चर्को दबाब दिँदा टेरपुच्छर नलगाएका उनले अहिले विश्वासको मत लिने बताइरहेका छन्। कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुद्दिन खानले मुख्यमन्त्री पोखरेलसँग अलिकति पनि राजनीतिक संस्कार र नैतिकता नभएको बताए। नयाँ प्रदेश प्रमुखको आगमनसँगै अल्पमतको सत्ता ढल्ने दाबी गर्दै उनले विश्वासको मतको बहानामा सत्ता लम्ब्याउन नदिने बताए।

सरकारका प्रवक्ता मन्त्री चौधरीले भने आफूहरूसँग बहुमत पुर्‍याउने सामथ्र्य रहेको भन्दै विश्वासको मत लिने बताए। जसपाका तीन मन्त्रीको मुद्दामा अदालतले टुंगो नलगाउँदै पार्टीले कारबाही गर्न नमिल्ने उनले बताए। विपक्षी गठबन्धन नयाँ प्रदेश प्रमुखको स्वागतसँगै नयाँ सरकार गठन प्रक्रियामा जान आतुर छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

रास्वपा सुनसरी–२ का उम्मेदवार लालविक्रम थापाविरुद्ध उजुरी दर्ता

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...

बालेनले चुनाव नजित्दै प्रधानमन्त्रीको डोमेन लाइभ

काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm...

यस वर्षको एसईई परीक्षा चैत १९ गतेबाट, यस्तो छ तालिका

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्द...

निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडाइ: १६३ उजुरी दर्ता, एक सञ्चार माध्यम कालोसूचीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३...

रुकुमपूर्वमा प्रचण्डको घरदैलो तीव्र, सहिद परिवारसँग भेटघाट गर्दै मतदातासँग मत माग्दै

रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...

प्रतिनिधिसभा निर्वाचनः ४ जिल्लाका ५ उम्मेदवारविरुद्ध उजुरी दर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending