Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

प्रतिनिधिसभा निर्वाचन काठमाडौँ: सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

खबरडबली संवाददाता

काठमाडौँ। सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता  कायम भएका छन् ।

यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । 

आगामी फागुन २१ ग्ते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँमा मतदान स्थल ३२० र मतदान केन्द्र ८१७ कायम गरिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले राससलाई जानकारी दिए।

काठमाडौँ, निर्वाचन क्षेत्र नं.१ मा मतदान स्थल २२, मतदान केन्द्र ५७ छ । यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन् । यसैगरी क्षेत्र नं। २ मा मतदान स्थल ४०, मतदान केन्द्र १००  छ । यस क्षेत्रमा पुरुष मतदाता ४५ हजार ३१५ र महिला मतदाता ४३ हजार ३९३ गरी कुल मतदाता ८८ हजार ७०८ रहेको पनि उनले सुनाए।

 क्षेत्र नं। २ काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता रहेको क्षेत्र हो ।काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं।३ मा मतदान स्थल २९ र मतदान केन्द्र ७२ रहेको छ । यो निर्वाचन क्षेत्रमा महिला मतदाता ३२ हजार ९२३ र पुरुष मतदाता ३१ हजार ५५६ गरी कुल ६४ हजार ४७९ मतदाता रहेका छन् । क्षेत्र नं।४ मा ३३ मतदान स्थल, ८८ मतदान केन्द्र रहेको छ । यहाँ ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी ७६ हजार १४१ मतदाता रहेका छन् । क्षेत्र नं। ५ मा मतदान स्थल ३१, मतदान केन्द्र ९० रहेको छ । ४० हजार ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार गरी कुल मतदाता ७८ हजार ११४ रहेका छन् । क्षेत्र नं। ६ मा मतदान स्थल ३२, मतदान केन्द्र ७९ रहेको छ । यहाँ महिला ३४ हजार ९५६, पुरुष ३२ हजार ८०२ र अन्य एक गरी कुल मतदाता ६७ हजार ७५९ रहेको छ । 

क्षेत्र नं। ७ मा मतदान स्थल २९, मतदान केन्द्र ७८ रहेको छ । महिला ३४ हजार ७३८ र पुरुष ३२ हजार ६७३ गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन् । क्षेत्र नं। ८ मा मतदान स्थल २३ र मतदान केन्द्र ६५ रहेको छ । महिला २९ हजार ८९८ र पुरुष २७ हजार ९१३ गरी कुल ५७ हजार ८११ मतदाता रहेका छन् । क्षेत्र नं।९ मा ३४ मतदान स्थल र मतदान केन्द्र ९० रहेको छ । महिला ४० हजार २७८ र पुरुष ३८ हजार २१७ गरी कुल ७८ हजार ४९५ रहेका छन् । क्षेत्र नं। १० मा मतदान स्थल ४७ र मतदान केन्द्र ९८ रहेको छ । यहाँ महिला ४२ हजार ७१६, पुरुष ४० हजार ५८३ र अन्य दुई गरी कुल मतदाता ८३ हजार ३०१ रहेका छन् ।

 काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नंं। १ मा ३०, क्षेत्र नंं.२ मा २२, क्षेत्र नंं. ३ मा २४, क्षेत्र नं।४ मा २८, क्षेत्र नंं। ५ मा २७, क्षेत्र नं। ६ मा २२, क्षेत्र नं.७ मा २८, क्षेत्र नं। ८ मा २२, क्षेत्र नं। ९ मा २७ र क्षेत्र नं। १० मा पनि २७ उम्मेदवार मनोनयन पत्र दर्ता गराएको पनि जिल्ला निर्वाचन अधिकारी भट्टराईले बताए। काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा गरी २५७ उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएको जानकारी पनि उहाँले दि०।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सार्थक तुल्याउने एमालेको लक्ष्य

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सार्थक तुल्याउँदै स्वाधीन, समुन्नत र समाजवाद उन्मुख ...

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट राप्रपा पछि हट्यो, प्रदेश खारेजको पक्षमा अडिग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको शासकीय स्वरूप सम्बन्धी आफ्नो पूर्व एजेन्डालाई चुनाव केन्द्रित...

राप्रपाको ‘संकल्प पत्र’ सार्वजनिक : राजसंस्थासहित दुई तहको शासन प्रणालीको प्रस्ताव

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शनिबार पार्टी के...

टी–२० विश्वकप : वेस्ट इन्डिजसँग शाख जोगाउने नेपालको अपेक्षा

काठमाडौँ। तेस्रो पटक आइसिसी टी–२० विश्वकप खेलिरहेको नेपालको प्रदर्शन नतिजाका हिसावले सन्तोषजनक छैन ।  नेपालले समूह ‘सी’ अन्तर्गत पहिलो खेलमा दुई पट...

हेटौँडामा रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–५, पिप्ले स्थित कान्ति लोकपथ सडक खण्डमा रड लोड भएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार रा...

भेनेजुएलामा राजनीतिक दमन अन्त्यतर्फ कदम चाल्दै, १७ कैदी रिहा

क्याराक। भेनेजुएलाका संसद अध्यक्ष होर्जे रोड्रिगेजले शनिबार १७ जना राजनीतिक कैदीलाई रिहा गरिएको घोषणा गर्नु भएको छ । उक्त कदम त्यति बेला आएको हो जब दे...

बागलुङमा विद्यालय भ्यान दुर्घटना : मृत्यु हुनेको संख्या दुई पुग्यो

बागलुङ। विद्यालयको भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । बिहीबार बागलुङ नगरपालिका वडा ३ हाडेपाखामा विद्यालय भ्यान दुर्घटनामा परेक...

२०८३ सालको पञ्चाङ्ग सार्वजनिक : दसैँ र तिहार कहिले छ ?

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पात्रो (पञ्चाङ्ग) सार्वजनिक गरेको छ । समितिद्वारा प्रकाशित पात्रो अनुसार आगामी वर्षका प्रम...

करिब दुई करोड मूल्यको कपडा बरामद, भन्सार र सशस्त्र प्रहरी बलमाथि उठ्दै प्रश्न

इटहरी। भारतीय सिमा क्षेत्रबाट नेपाल भित्रिएको करिब दुई करोड मूल्य बराबरको कपडाजन्य सामाग्रीसहितको दुई वटा ट्रक बिराटनगरबाट नियन्त्रण भएसँगै भन्सार कर्...

चुनावी एजेण्डामा सीमित खड्कबार–घुइँयाबारी सडक

बाँके । बाँकेको कोहलपुर नगरपालिकाको चप्परगौडीबाट खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तर प्रदेश पर्यटकीय मार्ग निर्माण चुनावी एजेण्डामा सीमित भएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE