काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र नेता प्रकासमान सिंहबीच भेटवार्ता भएको छ । शनिबार नेता सिंहको निवास चाक्सीबारीमा तीन नेताबीच भेट भएको हो ।
कांग्रेसको माहाधिवशेन नजिकिदै गर्दा पूर्व दिग्गज नेताका पुत्रहरुबीच भइरहेको निरन्तर संवादलाई धेरैले अर्थपूर्णरुपमा हेरिएको छ । एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका यी नेताहरुले महाधिवेशन नजिकिँदै जाँदा फेरि भेटघाट शुरु गरेका हुन् ।
उनीहरुबीचका कुराकानीहरु गोप्य नै राखिएको छ । नेपाली कांग्रेसमा पुस्तान्तरणको विषय बारम्बार उठ्ने गरे पनि सभापति शेरबहादुर देउवाकै विश्वास पात्र मानिएका निधिको निरन्तर सक्रियतालाई धेरैले नेतृत्व हस्तान्तरणको प्रयासका रुपमा अर्थाएका छन् ।
निधि कांग्रेसका चर्चित नेता महेन्द्रनारायण निधिका छोरा हुन् । उनी संस्थापन पक्षबाट नै कोइराला समूहको सहयोगमा १४ औं माहाधिवेशनमा सभापति बन्न चाहन्छन् । यस्तै कोइराला समूहबाट कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्रीका छोरा डा. शशांक कोइराला पनि सभापतिका बलिया दावेदार हुन् ।
यस्तै लौह पुरुषले चिनिने कांग्रेसका चर्चित नेता गणेशमान सिंहका छोरा प्रकासमान सिंह पनि पौडेल समूहबाट सभापति बन्न लविङ गरिरहेका छन् । कांग्रेसको १४ औं माहाधिवेशन भदौ १६–१९ मा काठमाडौंमा हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: