Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

आफन्तलाई उपहारमा बीमा पोलिसी

रासस

नवलपुर । पछिल्लो समय वैवाहिक वर्षगाँठ तथा जन्मोत्सव कार्यक्रमका नाममा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएको छ । तर, पछिल्लो समय उत्सवमा हुने फजुल खर्च कटौती गरेर आफ्नो र आफ्ना प्रियजनको भविष्यका लागि बचतस्वरूप बीमा गर्ने प्रचलन बढ्न थालेको छ ।

असारको अन्तिम साता पुस्तक व्यवसायी लेखरामरशिरिषा सापकोटा दम्पतीको वैवाहिक वर्षगाँठ थियो । वैवाहिक वर्षगाँठको अवसरमा लेखरामले आफ्नी श्रीमतीलाई उपहारस्वरुप बीमालेख (पोलिसी) प्रदान गरे । ‘विवावोत्सवमा हुने अतिरिक्त खर्च कटाएर श्रीमतीलाई बीमा पोलिसी दिँदा श्रीमती पनि खुशी, कमाइको केही रकम बचत पनि हुने भयो’ सापकोटाले भने, ‘जीवन बीमा गरेपछि जीवनमा कुनै भवितव्य परेमा पनि बीमा कम्पनीबाट राहत मिल्छ ।’

पछिल्लो समय समाजमा विवाहोत्सव, जन्मोत्सवलगायतका शुभकार्यमा फजुल खर्च हुने प्रचलन बढ्दै गएको सापकोटाले बताए । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको गैँडाकोट–७ का स्थायी बासिन्दा सापकोटाको नारायणगढमा ‘सम्पूर्ण पुस्तक’ नामको पुस्तक पसल छ । सापकोटाले साहित्यिक तथा शैक्षिक पुस्तक बिक्री, वितरण गर्दै आएका छन् । यसैबाट भएको आम्दानीको केही रकम बचत गर्दै श्रीमतीका लागि बीमा पोलिसी उपहार प्रदान गरेको उनले बताए ।

‘हामीले मेहनत गरेर कमाइ गरेको पैसा थोरैथोरै गरी जम्मा गरेर बीमा गर्दा आर्थिक तथा अन्य क्षतिबाट हामी सुरक्षित हुन सक्छौँ’, सापकोटाले भने, ‘भोलि पैसा आवश्यक परेको अवस्थामा बीमा रकमबाट ऋण निकाल्न पनि मिल्नेरहेछ त्यसैले श्रीमतीलाई बीमा पोलिसी उपहार दिएको हुँ ।’ सापकोटाले शुभकार्यमा हुने फजुल खर्च कटाएर आफन्तको भविष्य सुरक्षित पार्नका लागि पनि बीमा गर्न सुझाव दिए । ‘बीमा गरिएको रकम आफ्नै लागि हो’, सापकोटाले भने, ‘जीवन रहँदा पनि काम लाग्छ, जीवनपछि विमितको आश्रित परिवारलाई पनि राहत मिल्छ ।’

साउन १४ गते परेको जन्मदिनको अवसरमा मध्यविन्दु नगरपालिका–३ कि आरती शर्माले पनि बीमा पोलिसी उपहार पाउनुभयो । आरतीको जन्मदिनका अवसरमा उहाँका आफन्तले बीमा पोलिसी ‘सरप्राइज गिफ्ट’का रूपमा प्रदान गरे । ‘मेरो जन्मदिन रमाइलो मात्रै गरेर मनाउने भन्दै पारिवारिक जमघट राखेको थिएँ’, शर्माले भने, ‘जन्मदिन मनाउन रमाइलो गरिरहेको अस्थामा नै मलाई एक्कासि मेरा आफन्तले बीमा पोलिसी उपहार प्रदान गरे ।’

जन्मदिनमा बीमा पोलिसी उपहार पाउँदा आफूलाई एकदमै खुशी लागेको शर्माको भनाइ छ । चौबिस वर्षीया शर्माको बीमा पोलिसीमा उहाँकी साढे तीनमहिने छोरीलाई समेत जोडेर ‘जीवन हेरचाह योजना’अन्तर्गत महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी प्रदान गरिएको हो । शर्माको जन्मदिनको अवसरमा प्रदान गरिएको बीमा लेखको अवधि २० वर्षको रहेको छ भने कुनै कारण बीमा तिर्न नसक्ने अवस्था आएमा उहाँको छोरीलाई २० वर्षसम्म बीमा कम्पनीले जीवन हेरचाहस्वरुप रकम प्रदान गर्छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका शाखा प्रबन्धक राजु थापाले जीवन हेरचाह योजनामा संलग्न बीमितमाथि नसोचेको भवितव्य भएर बीमा रकम तिर्न नसक्ने अवस्था आएमा तत्काल बीमाङ्क रकम उनले लाभग्राहीलाई उपलब्ध गराइने बताए । त्यस्तै बीमा अवधिभर हरेक तीन महिनामा बीमाङ्कको २.५ प्रतिशत रकम लाभग्राहीलाई उपलब्ध गराइने र बीमा अवधि सकिएपछि बीमाङ्कको दोब्बर पैसा लाभग्राहीलाई फिर्ता गरिने थापाले बताए । ‘जीवन हेरचाह योजनामा बीमितमाथि नसोचेको घटना (पूर्ण अशक्त वा मृत्यु भएमा) भएमा सोही दिनदेखि बीमा रकम तिर्नु पर्दैन’, थापाले भने, ‘तर, घटना हुनेबित्तिकै बीमितको लाभग्राहीलाई बीमाङ्क रकम फिर्ता, बीमा अवधिसम्म हरेक तीन महिनामा बीमाङ्कको साढे दुई प्रतिशत जीवन हेरचाह खर्च प्रदान र बीमा पोलिसी सकिएपछि बीमाङ्कको दोब्बर रकम फिर्ता हुन्छ ।’

पछिल्लो समय विवाहोत्सव तथा जन्मोत्सवमा आफन्तलाई बीमा पोलिसी उपहार प्रदान गर्ने प्रचलन बढेको थापाले बताए । गत आर्थिक वर्षको असारमा मात्रै १० भन्दा बढीले विवाहोत्सव तथा जन्मोत्सवमा आफ्नो शाखाबाट बीमा पोलिसी उपहार प्रदान गरेको थापाले जानकारी दिए । बीमा पोलिसीका कारण जीवन सुरक्षाका साथै भविष्यमा हुनसक्ने आर्थिक क्षतिबाट समेत जोगिने भएकाले पछिल्लो समय बीमा गर्नतर्फ मानिसको आकर्षण बढेको उनले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली कम्युनिष्टहरू मिल्दैनन् तर बारम्बार किन एकता वा सहकार्यको कुरा गर्छन् ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेका बेला कतिपय नेपाली कम्युनिस्ट नेताहरूले फेरि एक पटक 'वामपन्थी सहकार्य'को चर...

स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेका छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन्। पाटन ...

जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् ।  गाईखर्क सामुदायिक वनमा मङ्गलब...

इजरायलको मध्यस्थताका लागि ‘उपयोगी’ भए हमास दोहामा नै रहन्छ : कतार

काठमाडौं । कतारले हमासको राजनीतिक नेतृत्वलाई युद्धविराम वार्ताका लागि आवश्यक रहेमाकतारमा नै रहने अनुमति दिने बताएको छ ।  गाजामा जारी युद्ध अन्त्य ग...

बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति

सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।  बलरा नगरपालिका–६,...

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ । तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको छ । भानु नगरपालिका–३ खहरेमा औद्योगिक ग्राम निर्माणका लागि रु एक करोड बजे...

मलेसियाको श्रम नीतिले नेपाली श्रमिकलाई असर

काठमाडौं । नेपालीको श्रम गन्तव्य मुलुक मलेसियाले यही वैशाख ९ गतेदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको छ।  केही दिनअघि आप्रवासी श्...

झापामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  दुर्घटनामा पश्चिमबाट पूर...

संकटमा प्रचण्ड सरकार : नयाँ कोर्स अघि बढाउन कांग्रेस-एमाले संवादमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने गृहकार्य सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड नेतृत्व...

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्र...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies