सत्ता गठबन्धनबीच सत्ता सहकार्यका लागि छलफल चलिरहेको छ । सरकार गठन भएको पनि लामो समय वितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार हुन नसक्दा एक प्रकारको अन्योलता सिर्जना भएको छ । अब सकेसम्म चाँडो टुंग्याउनु पर्छ । यस विषयमा प्रधानमन्त्रीले पार्टीभित्र कुनै सल्लाह गर्नुभएको छैन । उहाँले स्वईच्छा र विवेकले गरिरहनुभएको छ । सरकारलाई सत्ता गठबन्धन दलहरूबाट समस्या परेको छ जस्तो मलाई लाग्दैन । गठबन्धनबीच सहकार्यका लागि छलफल हुँदैछ । सायद चाँडै एउटा निष्कर्षमा पुग्ला ।
नेपाली कांग्रेसले फेरि एक ऐतिहासिक दायित्व पाएको छ । हामीले परिकल्पना गरेको भन्दा फरक किसिमले देशमा चुनौति देखियो । संविधानमाथिको आक्रमण, लोकतन्त्रको संरक्षणका लागि नेपाली कांग्रेस नै चाहिन्छ भन्ने विश्वासको साथ अहिले कांग्रेसले नेतृत्व गरेको छ । यो ऐतिहासिक अवसर हो । यसका साथसाथै हाम्रा अघिल्तिर चुनौतिका महासागर छन् । अलिकति चिप्लियो भने चुनौतिको महासागरमा डुब्छ । वर्तमान सरकारलाई अहिले सिक्ने, अलमलिने र पछि गरौंला भन्ने समय छैन । गल्ति गरेपछि पछि सुधारुला भन्ने पनि ठाउँ छैन । त्यसकारण सरकारले जनचाहना अनुसार बुझेर कदम चाल्नु पर्ने अवस्था छ । सरकारमा हुँदा कहीँ कतै सानो गल्ति भयो भने हाम्रो लोकप्रियता र अकर्षण घट्न सक्छ । त्यसैले सरकारको नेतृत्व गर्नेहरूले अत्यन्त गम्भीर भएर लाग्नुपर्छ । यसबारेमा सभापतिजीले पार्टीभित्र आन्तरिक छलफल फिटिक्कै गरेका छैनन् । तर, पनि यो हाम्रो सरकार भएकोले यसलाई सफल बनाउन हामी मन, वचन र कर्मले सहयोग गर्छौं । सरकारलाई कसरी अगाडि बढाउने भन्नेमा कार्यदलका साथीहरूले पनि गृहकार्य गरिरहनुभएका छन् । हामी आफ्नो तर्फबाट पनि सहयोग गर्छौं ।
मेरो विचारमा सरकारले ओली नेतृत्वको पालामा केन्द्रदेखि वडासम्मका भ्रष्टाचार छानविन गरी कारवाही गर्न पूर्वप्रधानन्याधीशको नेतृत्वमा सर्वशक्तिमान आयोग गठन गरी छानविन अगाडि बढाउनुपर्छ । यो देश र पार्टीका निम्ति हितकर हुन्छ । यति गर्न सकिएन भने भोलि जनताले प्रश्न उठाउँछन् । यसैगरी अघिल्लो सरकारले जुन अवैधानिक नियुक्ति गरेका छन् । ती सम्पूर्ण नियुक्ति बदर गर्नुपर्छ । ओली सरकारको तीन वर्षे कार्यकालमा झण्डै १५ खर्ब विदेशी ऋण पुगेको छ । तीन वर्षमा नेपालीको टाउकोमाथि झण्डै दोब्बर ऋणको भारी परेको छ । सरारले जनताकाबीचमा यी सबै कुरा भन्नु पर्यो । अर्थमन्त्रीले धेरै पटक बेथितिबारे ह्वाइट पेपर निकाल्ने भनेका छन् । हामीले सम्हाल्नु अघिको पोजिसन ह्वाइट पेपरमार्फत तत्काल सार्वजनिक गर्नुपर्छ । यस्तै सत्ता गठबन्धनबीचमा साझा न्यूनतम कार्यक्रम दृढतापूर्वक आउनुपर्छ भन्ने मेरो धारणा छ । यसैगरी कोरोना महामारीसँग लड्न प्रधानमन्त्रीले प्रतिबद्धता जनाए अनुसार पहिलो प्राथमिकता खोपलाई दिनुपर्छ । खोपलाई देशभर सबै वडातहसम्म विस्तार गर्नुपर्छ । कोभिड परिक्षण र खोप वितरणमा जुन बेथिति रहेको छ, त्यसलाई बैज्ञानिक ढंगबाट व्यवस्थापन गर्नुपर्छ ।
(केसी नेपाली कांग्रेसका नेता हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - १६:२६
जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् ।...
फाल्गुन २३ गते, २०८२ - १६:२५
इलाम । इलामका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । इलाम-१ मा एमाले उम्मेदवार काजीमान कागतेले अग्रता लिँदा इलाम-२ मा सु...
फाल्गुन २३ गते, २०८२ - १६:१३
काठमाडौं । अछाम क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डा. भीमबहादुर रावल झिनो मतान्तरले पराजित भएका छन् । उक्त क्षेत्रमा ...
फाल्गुन २३ गते, २०८२ - १०:४२
रामेछाप । रामेछापकाे पछिल्लाे मत गणना अनुसाार नेकपा र कांग्रेसबीच कडा टक्कर भएकाे छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेप...
फाल्गुन २३ गते, २०८२ - १०:२९
दैलेख । दैलेख–१ बाट १२ वर्षपछि नेपाली कांग्रेसले पुनः विजय हासिल गरेको छ। ४५ वर्षीया महिला नेता बासना थापा ले नेकपा (एमाले) का रवीन्द्रराज शर्मा लाई ५...
फाल्गुन २३ गते, २०८२ - १०:०६
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की युवा नेतृ रुबिना आचार्य भारी मतान्तरसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी ...
फाल्गुन २३ गते, २०८२ - ०९:५८
ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्। ११ हजार ५४७ मत ल्याएर खरेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जन...
फाल्गुन २३ गते, २०८२ - ०९:३५
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को लामो समयदेखिको प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...
फाल्गुन २३ गते, २०८२ - ०९:२५
परिवर्तनको पुनरावृत्ति कि नयाँ राजनीतिक अध्याय?
फाल्गुन २३ गते, २०८२ - ०८:२१
म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतक...



प्रतिकृया लेख्नुहोस्: