सत्ता गठबन्धनबीच सत्ता सहकार्यका लागि छलफल चलिरहेको छ । सरकार गठन भएको पनि लामो समय वितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार हुन नसक्दा एक प्रकारको अन्योलता सिर्जना भएको छ । अब सकेसम्म चाँडो टुंग्याउनु पर्छ । यस विषयमा प्रधानमन्त्रीले पार्टीभित्र कुनै सल्लाह गर्नुभएको छैन । उहाँले स्वईच्छा र विवेकले गरिरहनुभएको छ । सरकारलाई सत्ता गठबन्धन दलहरूबाट समस्या परेको छ जस्तो मलाई लाग्दैन । गठबन्धनबीच सहकार्यका लागि छलफल हुँदैछ । सायद चाँडै एउटा निष्कर्षमा पुग्ला ।
नेपाली कांग्रेसले फेरि एक ऐतिहासिक दायित्व पाएको छ । हामीले परिकल्पना गरेको भन्दा फरक किसिमले देशमा चुनौति देखियो । संविधानमाथिको आक्रमण, लोकतन्त्रको संरक्षणका लागि नेपाली कांग्रेस नै चाहिन्छ भन्ने विश्वासको साथ अहिले कांग्रेसले नेतृत्व गरेको छ । यो ऐतिहासिक अवसर हो । यसका साथसाथै हाम्रा अघिल्तिर चुनौतिका महासागर छन् । अलिकति चिप्लियो भने चुनौतिको महासागरमा डुब्छ । वर्तमान सरकारलाई अहिले सिक्ने, अलमलिने र पछि गरौंला भन्ने समय छैन । गल्ति गरेपछि पछि सुधारुला भन्ने पनि ठाउँ छैन । त्यसकारण सरकारले जनचाहना अनुसार बुझेर कदम चाल्नु पर्ने अवस्था छ । सरकारमा हुँदा कहीँ कतै सानो गल्ति भयो भने हाम्रो लोकप्रियता र अकर्षण घट्न सक्छ । त्यसैले सरकारको नेतृत्व गर्नेहरूले अत्यन्त गम्भीर भएर लाग्नुपर्छ । यसबारेमा सभापतिजीले पार्टीभित्र आन्तरिक छलफल फिटिक्कै गरेका छैनन् । तर, पनि यो हाम्रो सरकार भएकोले यसलाई सफल बनाउन हामी मन, वचन र कर्मले सहयोग गर्छौं । सरकारलाई कसरी अगाडि बढाउने भन्नेमा कार्यदलका साथीहरूले पनि गृहकार्य गरिरहनुभएका छन् । हामी आफ्नो तर्फबाट पनि सहयोग गर्छौं ।
मेरो विचारमा सरकारले ओली नेतृत्वको पालामा केन्द्रदेखि वडासम्मका भ्रष्टाचार छानविन गरी कारवाही गर्न पूर्वप्रधानन्याधीशको नेतृत्वमा सर्वशक्तिमान आयोग गठन गरी छानविन अगाडि बढाउनुपर्छ । यो देश र पार्टीका निम्ति हितकर हुन्छ । यति गर्न सकिएन भने भोलि जनताले प्रश्न उठाउँछन् । यसैगरी अघिल्लो सरकारले जुन अवैधानिक नियुक्ति गरेका छन् । ती सम्पूर्ण नियुक्ति बदर गर्नुपर्छ । ओली सरकारको तीन वर्षे कार्यकालमा झण्डै १५ खर्ब विदेशी ऋण पुगेको छ । तीन वर्षमा नेपालीको टाउकोमाथि झण्डै दोब्बर ऋणको भारी परेको छ । सरारले जनताकाबीचमा यी सबै कुरा भन्नु पर्यो । अर्थमन्त्रीले धेरै पटक बेथितिबारे ह्वाइट पेपर निकाल्ने भनेका छन् । हामीले सम्हाल्नु अघिको पोजिसन ह्वाइट पेपरमार्फत तत्काल सार्वजनिक गर्नुपर्छ । यस्तै सत्ता गठबन्धनबीचमा साझा न्यूनतम कार्यक्रम दृढतापूर्वक आउनुपर्छ भन्ने मेरो धारणा छ । यसैगरी कोरोना महामारीसँग लड्न प्रधानमन्त्रीले प्रतिबद्धता जनाए अनुसार पहिलो प्राथमिकता खोपलाई दिनुपर्छ । खोपलाई देशभर सबै वडातहसम्म विस्तार गर्नुपर्छ । कोभिड परिक्षण र खोप वितरणमा जुन बेथिति रहेको छ, त्यसलाई बैज्ञानिक ढंगबाट व्यवस्थापन गर्नुपर्छ ।
(केसी नेपाली कांग्रेसका नेता हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८२ - १९:५५
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विन्टर अफर २०८२ ल्याएको छ। यस अफरअन्तर्गत विभिन्न मोबाइल र इन्टरनेट प्याकेजहरू यथावत् उपलब्ध...
माघ १३ गते, २०८२ - १९:४८
काठमाडौं । बिजनेस (व्यावसायिक) भिसामा १३ पटक नेपाल आएका एक चिनियाँ नागरिक १३ वर्षदेखि अवैध रूपमा नेपाल बस्दै आएको भेटिएको छ। अध्यागमन विभागले झाउ साओग...
माघ १३ गते, २०८२ - १९:४०
विराटनगर । इलाका प्रहरी कार्यालय रानीले आफ्नो कार्यक्षेत्रभित्रबाट ८ थान मोबाइल फोन फेला पारेको छ । प्रहरीका अनुसार माघ ८ गते विभिन्न घटना अनुसन्धानका...
माघ १३ गते, २०८२ - १९:३६
लमजुङ । बाह्र वर्षपछि यहाँको चुनावी मैदानमा राजनीतिक माहोल फेरि गर्माउन लागेको छ। तीन वर्षअघि प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्...
माघ १३ गते, २०८२ - १९:३२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका १० जना नेता आगामी फागुन २१ गते हु...
माघ १३ गते, २०८२ - १९:१०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । नेपाल नमुना...
माघ १३ गते, २०८२ - १९:०३
काठमाडौं । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनु...
माघ १३ गते, २०८२ - १९:००
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरो...
माघ १३ गते, २०८२ - १८:५९
जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्। सर्लाही निर्वाचन क...
माघ १३ गते, २०८२ - १८:३०
काठमाडौँ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्र...




प्रतिकृया लेख्नुहोस्: