संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै एक महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमाले माधव समूहका समर्थनमा साउन ३ गते संसद्बाट विश्वासको मत लिन प्रधानमन्त्री देउवा सफल भएका थिए । एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिमण्डल विस्तार हुन नसक्दा सरकारले प्रभावकारी ढंगबाट काम गर्न सकेको छैन । यस्तै सत्ता गठबन्धन दलहरूभित्र आन्तरिक समस्या व्यवस्थापन गर्न नसक्दा सरकारले न्यूनतम साझा नीति तथा कार्यक्रमसमेत ल्याउन सकेको छैन ।
अहिलेसम्म गठबन्धन दलभित्र कसले कुन मन्त्रालय कति पाउने र कसलाई सररकामा पठाउने भन्ने विषयमा दलहरूबीच आन्तरिक किचलो हुँदा कोरोना महामारी, प्राकृतिक विपत्ति, महंगी, सिथिल अर्थतन्त्रलाई चलायमान गराउने विषयमा सरकारले ठोस कदम चाल्न सकेको छैन ।
सरकारले मन्त्रिपरिषद् विस्तार साझा नीति तथा कार्यक्रम ल्याउनका लागि गाँठो कहाँ कसियो ? कहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ? सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम कस्तो हुनुपर्छ भन्ने विषयमा खबरडबलीका सम्वाददाता गणेश पाण्डेले सत्ता गठबन्धन दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङ र जसपाका नेता महिन्द्रराय यादवसँग बहस गरेका छन्-
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८२ - १९:५५
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विन्टर अफर २०८२ ल्याएको छ। यस अफरअन्तर्गत विभिन्न मोबाइल र इन्टरनेट प्याकेजहरू यथावत् उपलब्ध...
माघ १३ गते, २०८२ - १९:४८
काठमाडौं । बिजनेस (व्यावसायिक) भिसामा १३ पटक नेपाल आएका एक चिनियाँ नागरिक १३ वर्षदेखि अवैध रूपमा नेपाल बस्दै आएको भेटिएको छ। अध्यागमन विभागले झाउ साओग...
माघ १३ गते, २०८२ - १९:४०
विराटनगर । इलाका प्रहरी कार्यालय रानीले आफ्नो कार्यक्षेत्रभित्रबाट ८ थान मोबाइल फोन फेला पारेको छ । प्रहरीका अनुसार माघ ८ गते विभिन्न घटना अनुसन्धानका...
माघ १३ गते, २०८२ - १९:३६
लमजुङ । बाह्र वर्षपछि यहाँको चुनावी मैदानमा राजनीतिक माहोल फेरि गर्माउन लागेको छ। तीन वर्षअघि प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्...
माघ १३ गते, २०८२ - १९:३२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका १० जना नेता आगामी फागुन २१ गते हु...
माघ १३ गते, २०८२ - १९:१०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । नेपाल नमुना...
माघ १३ गते, २०८२ - १९:०३
काठमाडौं । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनु...
माघ १३ गते, २०८२ - १९:००
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरो...
माघ १३ गते, २०८२ - १८:५९
जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्। सर्लाही निर्वाचन क...
माघ १३ गते, २०८२ - १८:३०
काठमाडौँ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्र...




प्रतिकृया लेख्नुहोस्: