Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण तीव्र

रासस

झापा । भारतबाट पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल आउने विभिन्न जिल्लाका बासिन्दालाई राख्नका लागि मेचीनगर नगरपालिका–१४ मा रु २२ करोडको लागतमा होल्डिङ सेन्टर निर्माण तीव्ररूपमा भइरहेको छ ।

सरकारले नेपाली सेनालाई होल्डिङ सेन्टर बनाउने जिम्मा दिएको छ । देशभरका आठवटा सीमानाकामा बनिरहेको होल्डिङ सेन्टरको ठेक्का नेपाली सेनाले हनुमान कन्स्ट्रक्शनलाई दिएको छ । भदौ ३० गते सकिने गरी असार अन्तिम साताबाट काम शुरु गरेको कन्स्ट्रक्शनले २०० बढी मजदूर लगाएर दैनिक काम गरिरहेको नयाँ श्रीनाथ गण चारआलीका गणपति अमरजङ्थ थापाले बताए ।

उहाँका अनुसार एक हजार व्यक्ति अटाउन सक्ने क्षमताको होल्डिङ सेन्टरमा २२ वटा पक्की टहरा र १४ वटा किचनहल बन्नेछन् । हालसम्ममा करिब ४० प्रतिशत निर्माण सकिएको छ । ‘सीमानाका नजिकै जग्गा व्यवस्थापनका लागि खोजी गर्दा केही समय ढिलो भयो’, उनले भने, ‘बल्ल यहाँ जग्गाको व्यवस्थापन भएर बनाउन शुरु गरेका हौँ । थोरै ढिलो भए पनि तोकिएको समयावधिमै निर्माण सक्ने विश्वास छ ।’ निर्माणाधीन होल्डिङ सेन्टर सीमानाकाबाट करिब १५ किलोमिटर टाढा छ ।

चार बिघा ऐलानी क्षेत्रफलमा होल्डिङ सेन्टर बनेपछि पूर्वी नाकाबाट नेपाल प्रवेश गर्नेलाई सोझै ल्याएर राखिने उहाँको भनाइ छ । सेन्टरको सम्पूर्ण रेखदेख नेपाली सेनाले गर्नेछ । उनका अनुसार होल्डिङ सेन्टरमै स्वाथ्यकर्मीको टोली रहने र केही अक्सिजन शय्यासहित सम्पूर्ण सेवा नि:शुल्क हुनेछ । 

गत वर्ष पनि चन्द्रगढीस्थित प्रदेश प्रतिष्ठान केन्द्र कलबलगुडीमा रहेको अस्थायी होल्डिङ सेन्टरको रेखदेखको सम्पूर्ण जिम्मा नेपाली सेनाले लिएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...

बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना

काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...

उम्मेदवारी दर्तापछि अब पार्टीहरूको ध्यान घोषणापत्रमा, तयारी कस्तो छ ?

काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले कहाँ-कहाँ दियो उम्मेदवारी ?

काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...

काठमाडौं महानगरले भन्यो- नदी दायाँबायाँ भवन निर्माण गर्न लगाएको प्रतिबन्ध हटाइएको छ

काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ।  महानगरपालिकाले आज सूचना जारी...

अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...

देउवाको ३४ वर्षे संसदीय यात्रामा विराम

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...

प्रतिनिधिसभा निर्वाचन- सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending