Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

भारतमा २४ घण्टामा २८ हजार बढी कोरोना सङ्क्रमित थपिए

खबरडबली संवाददाता

भारत । भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप २८ हजार २०४ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार गत १४७ दिनयता एकै दिनमा सङ्क्रमित भएका यो सबभन्दा कम संख्या हो ।

अघिल्ला दिनको तुलनामा दैनिक सङ्क्रमितको सङ्ख्यामा क्रमशःकम हँुदै आएको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड १९ लाख ९८ हजार १५८ पुगेको अधिकारीले सोमबार जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८८ हजार ५०८ रहेको छ । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या घटेको छ । थपिएका सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको हो ।

पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ४१ लाख ५११ रहेको छ । योसँगै भारतमा अहिलेसम्म तीन करोड ११ लाख ८० हजार ९६८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ९७.४५ प्रतिशत हो ।

भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ३३७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कूल मृतकको सङ्ख्या चार लाख २८ हजार ६८२ पुगेको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोट पनि छैन, प्राथमिकता पनि छैन : चुनावी रौनकबाट टाढा राउटे बस्ती

सुर्खेत । देशभर चुनावी माहोल तातेको छ। गाउँ–सहर झन्डा, जुलुस, सभा र नाराले गुञ्जायमान छन्। तर यही चुनावी रौनकको बीचमा एउटा समुदाय भने चुपचाप आफ्नै संस...

पर्वतमा नदीले बगाएर वृद्धाको मृत्यु

पर्वत। पर्वतको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाएर एक वृद्धाको ज्यान गएको छ। मोदीवेणी धामामा बस्दै आएक...

चुनावी प्रचारमा संलग्न शिक्षक–कर्मचारीलाई कारबाही हुने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न सम्बन्धित सबै पक्षलाई पुनः सचेत...

निर्वाचनको दिन आन्तरिक उडान बन्द, पर्यटकलाई सटल बस सुविधा

काठमाडौं ।  फागुन २१ मा तय भएकाे प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एडभाइ...

१८ गतेदेखि सीमानाकामा सवारी सञ्चालनमा निषेध

सुदूरपश्चिम । आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन ...

फागुन २१ पछि पनि गठबन्धन सरकार बन्ने प्रचण्डको दाबी

"कसैको बहुमत आउँदैन, हावाहुरीको सरकार बने पनि स्वीकार्नुपर्छ”

दैलेख चुनावी संग्राम : पुराना सहयात्री आमनेसामने, नयाँ शक्तिको चुनौती

दैलेख । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले दैलेखको राजनीतिक माहोल तातेको छ। कर्णालीको राजनीतिक रूपमा प्रभावशाली जिल्लामध्ये एक दैले...

“धनकुटाको मतपेटिका : विरासत, विकास कि विद्रोह ?”

काठमाडाैं । पहाडकी रानी भनेर चिनिने धनकुटा यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा उभिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले ...

एउटा वडामा मतदाता संख्या ४० जना मात्रै !

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक यस्तो वडा छ, जहाँको मतदाता संख्या ४० जना मात्रै छ । शे-फोक्सुन्डो गाउँपालिका(६, को फोतगाउँको कुल मतदाता संख्या ४० र...

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा महिला प्रहरीको मृत्यु

धनुषा । धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE