सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको हो ।
कार्यालयको नागरिकता शाखाका दुई कर्मचारीमा सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीमा पनि सामान्य लक्षण देखिएकाले परीक्षणका लागि तयारी भइरहेको उनले बताए ।
निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयमा सेवाग्राहीको भीड बढ्दा जोखिम पनि बढेकाले मङ्गलबार एक सूचना जारी गर्दै सेवा बन्द गरिएको र यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमा मागेको जनाइएको छ । दैनिक १५ देखि २० वटासम्म नागरिकता लिने र सोही सङ्ख्यामा राहदानी लिन सेवाग्राही आउने गरेको निमित्त प्रजिअ खतिवडाले बताए ।
यसैगरी मालपोत कार्यालयको पनि सेवा बन्द गरिएको छ । साउन २२ गते एक सूचना जारी गर्दै दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ३१ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको मालपोत अधिकृत पदम अर्यालले बताए ।
जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको दर बढेकाले जिल्ला अस्पतालमा अहिले बिरामीको चाप बढेको निमित्त प्रमुख शानी शेर्पाले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयको पछिल्लो जानकारीअनुसार अहिलेसम्म एक हजार ७०७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकामा एक हजार ४६३ निको भएका र १३को मृत्यु भएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ११ गते, २०८२ - २२:४६
सुर्खेत । देशभर चुनावी माहोल तातेको छ। गाउँ–सहर झन्डा, जुलुस, सभा र नाराले गुञ्जायमान छन्। तर यही चुनावी रौनकको बीचमा एउटा समुदाय भने चुपचाप आफ्नै संस...
फाल्गुन ११ गते, २०८२ - २२:३०
पर्वत। पर्वतको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाएर एक वृद्धाको ज्यान गएको छ। मोदीवेणी धामामा बस्दै आएक...
फाल्गुन ११ गते, २०८२ - १९:५४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न सम्बन्धित सबै पक्षलाई पुनः सचेत...
फाल्गुन ११ गते, २०८२ - १९:५२
काठमाडौं । फागुन २१ मा तय भएकाे प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एडभाइ...
फाल्गुन ११ गते, २०८२ - १९:४१
सुदूरपश्चिम । आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन ...
फाल्गुन ११ गते, २०८२ - १९:२१
"कसैको बहुमत आउँदैन, हावाहुरीको सरकार बने पनि स्वीकार्नुपर्छ”
फाल्गुन ११ गते, २०८२ - १९:१९
दैलेख । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले दैलेखको राजनीतिक माहोल तातेको छ। कर्णालीको राजनीतिक रूपमा प्रभावशाली जिल्लामध्ये एक दैले...
फाल्गुन ११ गते, २०८२ - १८:४८
काठमाडाैं । पहाडकी रानी भनेर चिनिने धनकुटा यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा उभिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले ...
फाल्गुन ११ गते, २०८२ - १८:३०
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक यस्तो वडा छ, जहाँको मतदाता संख्या ४० जना मात्रै छ । शे-फोक्सुन्डो गाउँपालिका(६, को फोतगाउँको कुल मतदाता संख्या ४० र...
फाल्गुन ११ गते, २०८२ - १८:२५
धनुषा । धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचो...



प्रतिकृया लेख्नुहोस्: