काठमाडौं । नेकपा (एमाले) को जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना नेता–कार्यकर्ता र शुभेच्छुक संस्कृतिकर्मीका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
राष्ट्रिय राजनीतिमा देखिएको स्थिति, सामाजिक र आर्थिक क्षेत्रका समस्या तथा विकृतिलाई चिर्दै जनताको बहुदलीय जनवादको विचारका आधारमा मुलुकको समृद्धिका लागि स्रष्टाहरुले खेल्नुपर्ने भूमिकाका विषयमा भेला र प्रशिक्षण सुरु भएको हो । कार्यक्रमको भर्चुअलरूपमा थालनी गर्दै नेकपा (एमाले)का सचिव एवं पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीभित्रका असन्तुष्ट पक्षलाई एकताबद्ध बनाइराख्न भरमग्दुर प्रयत्न गरिएको तर केही नेता विपक्षी मोर्चामै लीन हुन चाहेकाले समस्या पैदा भएको बताए ।
सर्वोच्च अदालतबाट गत असार २८ गते भएको फैसला बहुदलीय व्यवस्थाको मान्यतानुकूल नभएको जिकिर गर्दै उनले पार्टीमा देखा परेका गम्भीर समस्या र त्यसले उत्पन्न गरेका तरङ्गहरू र आजको विषम परिस्थितिमा स्रष्टा–सर्जकहरूले खबरदारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । महासङ्घका अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य खगेन्द्र राईले पार्टीको मार्गदर्शनलाई पालना गर्दै कोभिडको जोखिमलाई ख्याल गरेर चाँडै भौतिकरूपमा बृहत् कार्यकर्ता भेला आयोजना गरिने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ७ गते, २०८१ - १७:००
काठमाडौँ । मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको लागि निर्वाचन आयोगलेआवश्यक पर्ने मतपत्रका नमुनाहरु सार्वजनिक गरेको छ। उम्मेदवारको सङ्ख...
मंसिर ७ गते, २०८१ - १६:२८
ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोलाले मङ्सिर ९ र १० गते स्थानीय बिदा दिएको छ। गाउँपालिकाले शुक्रबारदेखि सुरु भएको अध्यक्ष कप तथा फुङ्फुगे महोत्सव २०८१ क...
मंसिर ७ गते, २०८१ - १६:१७
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनविपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट परेको छन। नेकपा (एमाले)का काठमाडौँ, ललितपुर र भक्त...
मंसिर ७ गते, २०८१ - १५:५७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् । कम्बोडिया जान लागेका सभामुख घिमिरेले शुक्रबार राष्ट्रपति भवन ...
मंसिर ७ गते, २०८१ - १५:५२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आशन्न चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन् । नेकपा एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमा...
मंसिर ७ गते, २०८१ - १५:४१
काठमाडौँ । सभामुख देवराज घिमिरेले जनमत पार्टीले संसद गोमा लाभ सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने निर्णय गरेका छन् । सभामुखको सचिवालयका अनुसार र...
मंसिर ७ गते, २०८१ - १५:३०
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने ...
मंसिर ७ गते, २०८१ - १५:२८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ सालको चुनावसम्म अहिलेकै गठबन्धन कायम रहने स्पष्ट गरेका छन् । नेकपा एमालेले काठमाडौँको दरबारमार्गमा आयो...
मंसिर ७ गते, २०८१ - १४:४३
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सकियो भन्नेहरुका लागि जागरण सभा जवाफ भएको बताएका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित एमालेको ...
मंसिर ७ गते, २०८१ - १४:४०
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लोडसेडिङको अन्त्य गर्ने काम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको बताएका छन् ।एमालेले शु...
प्रतिकृया लेख्नुहोस्: