झापा । झापा क्षेत्र नं १ मा झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले घर पाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, झापा क्षेत्र नं १ अन्तर्गत ‘आवाजविहीनका लागि आवास’ कार्यक्रम शीर्षकमार्फत उनीहरुले घर पाएका हुन् । आर्थिक वर्ष २०७७/०७८ मा यहाँका २७ परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको झापा क्षेत्र नं १ का सांसद राम कार्की (पार्थ)ले जानकारी दिए।
जनता आवास कार्यक्रम र तराई मधेश समृद्धि कार्यक्रमले समेट्न नसकेका शहीद परिवार, राज्य व्यवस्था परिवर्तनका लागि योगदान दिएका, एकल महिला, वृद्धवृद्धा, विपन्न, आदिवासी–जनजातिलगायतलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको उनले बताए । यो कार्यक्रमअन्तर्गत मेचीनगर–११ का शहीद गणेश लम्सालकी धर्मपत्नी मैया आचार्य लम्साललाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ । लम्सालले माओवादी जनयुद्धताका २०६१ फागुन २ गते मोरङको जाँतेमा जनमुक्ति सेना र तत्कालीन शाही सेनाबीच भएको दोहोरो भिडन्तमा सहादत प्राप्त गरेका थिए ।
माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य मुकुलचन्द्र राजवंशीले शहीदलाई विभिन्न कार्यक्रममा एक मिनेट मौन धारणमै सीमित गरिएको बताउँदै भने, “शहीद परिवारको घर बन्नु उदाहरणीय कार्य हो, शहीदप्रतिको सम्मान हो ।” उनले व्यवस्था परिवर्तनका लागि सहादत प्राप्त गर्नेका परिवार र जीउँदा शहीदलाई हेर्नुपर्नेमा जोड दिए ।
त्यस्तै सोही कार्यक्रमअन्तर्गत झापा विद्रोहका योद्धा मेचीनगर–१० का ७० वर्षीय सानो दुर्गा अधिकारीले नयाँ घर पाए । भाडाको घरमा बस्दै आएका उनको आफ्नै घरमा बस्ने सपना पूरा भएको छ । नेकपा एमाले अध्यक्ष केपी ओलीसँगै विसं २०३० मा पक्राउ परेका अधिकारीले १७ वर्ष लामो कठोर जेल जीवन बिताएका थिए । अध्यक्ष ओलीभन्दा तीन वर्ष बढी समय जेलनेल भोगर उनी विसं २०४६ मा जेलमुक्त भएक थिए।
प्रजातन्त्र प्राप्तिमा जीवनका उर्वर समय अर्पण गर्ने अधिकारीको आर्थिक अवस्था भने कमजोर छ । “बूढेसकालमै भए पनि घर पाएपछि बस्नलाई सजिलो भयो”, उनले भने, “अब राज्यका तर्फबाट भरणपोषणको व्यवस्था भए अरु केही चाहिँदैनथ्यो ।” लम्साल र अधिकारीसँगै मेचीनगर नगरपालिकाका २० र बुद्धशान्ति गाउँपालिकाका सात परिवारले घर पाएका छन् ।
मेचीनगर–१ का ख्याम तामाङ, २ की मिठुमाया रेग्मी, ३ का हरिभक्त अधिकारी, ४ का सहदेव माझी र भीमबहादुर खत्री, ५ का दलबहादुर बस्नेत, ६ का कृष्णप्रसाद खनाल, ७ की मैयादेवी गुरुङ, लीलाराम गौतम र लिदलबहादुर कुमाल, ९ का वेदप्रकाश राई, यादव चापागाईं र नवीन पौडेल, १२ का केशव दनुवार र प्रवास धिमाल, १३ का हरिमान थेवे, १४ की मिना बिर्जा र १५ नं वडाका कमल भण्डारीले घर पाएको सांसद कार्कीका स्वकीय सचिव शिबु बुढाथोकीले जानकारी दिए ।
मेचीनगरमा निर्माण भएका घरहरुको लागत प्रतिघर रु तीन लाख ४५ हजार र रु ७० हजार बराबरको श्रमदान गरी कूल रु चार लाख १५ रहेका बुढाथोकीले बताए । बुद्धशान्तिमा निर्माण गरिएका घरको लागत रु तीन लाख र रु ७० बराबरको श्रमदान रहेको छ । कार्यक्रमअन्तर्गत दुई कोठा र बरण्डा भएको घर निर्माणका लागि बजेट आए पनि अधिकांश लाभग्राहीले स्थानीयवासी र अन्य दाताको थप सहयोगबाट तीन कोठाको घर बनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १७:१९
सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...
माघ ७ गते, २०८२ - १७:०६
चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...
माघ ७ गते, २०८२ - १६:५६
रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...
माघ ७ गते, २०८२ - १६:४२
रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...
माघ ७ गते, २०८२ - १६:१४
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...
माघ ७ गते, २०८२ - १५:५३
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...
माघ ७ गते, २०८२ - १५:५०
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...
माघ ७ गते, २०८२ - १५:०७
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका क्रममा रास्वपा र ...
माघ ७ गते, २०८२ - १४:३२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...




प्रतिकृया लेख्नुहोस्: