काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला वन कार्यालय बाराका अधिकृत भैरवप्रसाद घिमिरेसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले आव २०७३÷७४ मा बाँसको कलमी बिरुवा उत्पादन वा खरिदप्रक्रियामा अनियमितता भएको पाइएकाले मुद्दा दायर गरेको हो । जिल्ला वन कार्यालय बारामा अम्रिसो बिरुवा उत्पादन वा खरिद तथा वितरणको लागि र बाँसको कलमी बिरुवा उत्पादन सम्बन्धमा छानबिन गर्दा महँगोमा खरिद गरी रकम हिनामिना गरेको पाइएको छ ।
आयोगले तत्कालीन जिल्ला वन अधिकृत घिमिरेविरुद्ध रु चार लाख ९० हजार, तत्कालीन सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध रु चार लाख ९० हजार र सहायक वन अधिकृत दिनेशप्रसाद जयसवालविरुद्ध रु तीन लाख ९० हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
यस्तै, आयोगले सामाजिक विकास मन्त्रालय बागमती प्रदेशअन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन एकाइ, गजुरी धादिङमा कार्यरुत सवइञ्जिनियर विनोद सापकोटाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । खेलकुद मैदान निर्माण सम्पन्न गरी सो कार्यको धरौटी राखेको रकम फिर्ता लिन जाँदा सेवाग्राहीसँग रु २० हजार घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले केही समय पहिले पक्राउ गरेको थियो ।
आयोगले आरोपी सापकोटाविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - १६:४८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा मंगलबार बसेको राप...
पौष ९ गते, २०८१ - १६:३४
काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा समेत मुद्दा दायर भएसँगै उनी निलम्ब...
पौष ९ गते, २०८१ - १४:२०
बनेपा । भीषण बाढीपहिरो गएको करिब तीन महिनापछि जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयले जिल्लामा भएका निजी आवासको क्षति विवरण सार्वजनिक गरेको छ । उक्...
पौष ९ गते, २०८१ - १३:४०
काठमाडौं। प्रतिनिधि सभा सदस्यबाट निलम्बनमा परेका रास्वपाका सभापति रवि लामिछाने संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट समेत निलम्बनमा परेका छन्। ...
पौष ९ गते, २०८१ - १३:१६
काठमाडौं । सार्वजनिक ऋणको दायित्व बर्सेनी वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको...
पौष ९ गते, २०८१ - १३:०५
बाजुराका ५० पीडित परिवारको त्रिपालमा बास
पौष ९ गते, २०८१ - १२:५५
पोखरा । पर्यटकिय राजधानी पोखरामा आजबाट बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न बेलुन नेपालल...
पौष ९ गते, २०८१ - १२:५५
भक्तपुर । भक्तपुरको बालकोटमा रहस्यमय रूपमा मृत्यु भएको अवस्थामा फेला परेका बाबुछोराको मृत्यु प्रकरणमा मृतक बाबुका जेठा छोरालाई प्रहरीले नियन्त्रणमा लि...
पौष ९ गते, २०८१ - १२:५१
काठमाडौं । जो जन्मन्छ, उसको एक दिन मर्ने निश्चित छ। यो अनन्त नियम हो, जसलाई कसैले नकार्न सक्दैन । तर, मानिस मरेपछि के हुन्छ ? के मर्ने व्यक्तिले पहिले...
प्रतिकृया लेख्नुहोस्: