काठमाडौँ । सरकारले ल्याएको ब्याज अनुदानसम्बन्धीे सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दै गएको छ ।
बिना धितो सहुलियतदरमा कर्जा पाउने भएपछि यसप्रति युवाको आकर्षण बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गतअसार मसान्तसम्म एक लाख चार हजार १०९ जनाले सहुलियपूर्ण कर्जा लिएर व्यवसाय गरेको छ । सरकारले २०७५ सालमा युवालाई स्वरोजगारमुखी बनाउनका लागि बिना धितो रु पाँच लाखदेखि पाँच करोडसम्म बैंकले सहुलियपूर्ण कर्जा उपलब्ध गराउँदै आएका छन् ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सहुलियपूर्ण कर्जा लिने युवाको सङ्ख्या बढेको बताए । उनका अनुसार एक वर्षमा ७२ हजार युवाले यो कर्जा लिएका छन् । सुरुको वर्षमा ३२ हजार युवाले कर्जा लिएका थिए । उनले युवाले प्रस्तावसहित कर्जाका लागि निवेदन दिए बैंकले सहजै कर्जा उपलब्ध गराउने बताए । “काम गर्नका लागि बैंकलाई विश्वास दिलाउनुपर्दछ”, उनले भने, “बैंकलाई विश्वासमा लिएपछि कर्जा सहजै पाइन्छ ।”
बैंकका प्रवक्ता ढकालले सहुलियतपूर्ण कर्जालाई थप व्यवस्थित बनाउन आवश्यक नीति तथा नियमन गर्न आफूहरु तयार रहेका बताए । उनले सरकारले सहुलियत कर्जाका लागि छुट्याएको रु १३ अर्बको सही सदुपयोग हुन गुणात्मक कर्जा कारोबारमा जोड दिनुपर्ने बताए । अर्थ मन्त्रालयले युवालाई स्वरोजगार बनाउनका लागि ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ लागू गरेको छ ।
उनले कार्यविधिअनुसार लगानी भएका कर्जाको अलग्गै लेखा परीक्षण गर्ने तयारी राष्ट्र बैंकको रहेको जानकारी दिए । सरकारले तोकिएको क्षेत्र, वर्ग तथा समुदाय लक्षित कर्जामा २ देखि ५ प्रतिशतसम्म ब्याज अनुदान दिँदै आएको छ ।
सरकारले विभिन्न बैंकमार्फत नौ प्रकारका व्यवसायका लागि कर्जा उपलब्ध गराउँदै आएको छ । एउटा वाणिज्य वा विकास बैंकको शाखाले न्यूनतम १० जना युवालाई कर्जा अनिवार्यरुपमा प्रवाह गर्नुपर्ने हुन्छ । व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा रु पाँच करोडसम्म, शिक्षित युवा स्वरोजगार कर्जा अधिकतम सात लाख, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा रु १० लाखसम्म, महिला उद्यमशीलता कर्जा रु १५ लाखसम्म, दलित समुदाय व्यवसाय कर्जा रु १० लाखसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा रु पाँच लाखसम्म र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा रु तीन लाखसम्म बैंकले उपलब्ध गराउँदै आएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १९:०३
एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण
चैत्र ३ गते, २०८२ - १९:०१
जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...
चैत्र ३ गते, २०८२ - १८:५३
कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...


प्रतिकृया लेख्नुहोस्: