काठमाडौँ । सरकारले ल्याएको ब्याज अनुदानसम्बन्धीे सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दै गएको छ ।
बिना धितो सहुलियतदरमा कर्जा पाउने भएपछि यसप्रति युवाको आकर्षण बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गतअसार मसान्तसम्म एक लाख चार हजार १०९ जनाले सहुलियपूर्ण कर्जा लिएर व्यवसाय गरेको छ । सरकारले २०७५ सालमा युवालाई स्वरोजगारमुखी बनाउनका लागि बिना धितो रु पाँच लाखदेखि पाँच करोडसम्म बैंकले सहुलियपूर्ण कर्जा उपलब्ध गराउँदै आएका छन् ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सहुलियपूर्ण कर्जा लिने युवाको सङ्ख्या बढेको बताए । उनका अनुसार एक वर्षमा ७२ हजार युवाले यो कर्जा लिएका छन् । सुरुको वर्षमा ३२ हजार युवाले कर्जा लिएका थिए । उनले युवाले प्रस्तावसहित कर्जाका लागि निवेदन दिए बैंकले सहजै कर्जा उपलब्ध गराउने बताए । “काम गर्नका लागि बैंकलाई विश्वास दिलाउनुपर्दछ”, उनले भने, “बैंकलाई विश्वासमा लिएपछि कर्जा सहजै पाइन्छ ।”
बैंकका प्रवक्ता ढकालले सहुलियतपूर्ण कर्जालाई थप व्यवस्थित बनाउन आवश्यक नीति तथा नियमन गर्न आफूहरु तयार रहेका बताए । उनले सरकारले सहुलियत कर्जाका लागि छुट्याएको रु १३ अर्बको सही सदुपयोग हुन गुणात्मक कर्जा कारोबारमा जोड दिनुपर्ने बताए । अर्थ मन्त्रालयले युवालाई स्वरोजगार बनाउनका लागि ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ लागू गरेको छ ।
उनले कार्यविधिअनुसार लगानी भएका कर्जाको अलग्गै लेखा परीक्षण गर्ने तयारी राष्ट्र बैंकको रहेको जानकारी दिए । सरकारले तोकिएको क्षेत्र, वर्ग तथा समुदाय लक्षित कर्जामा २ देखि ५ प्रतिशतसम्म ब्याज अनुदान दिँदै आएको छ ।
सरकारले विभिन्न बैंकमार्फत नौ प्रकारका व्यवसायका लागि कर्जा उपलब्ध गराउँदै आएको छ । एउटा वाणिज्य वा विकास बैंकको शाखाले न्यूनतम १० जना युवालाई कर्जा अनिवार्यरुपमा प्रवाह गर्नुपर्ने हुन्छ । व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा रु पाँच करोडसम्म, शिक्षित युवा स्वरोजगार कर्जा अधिकतम सात लाख, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा रु १० लाखसम्म, महिला उद्यमशीलता कर्जा रु १५ लाखसम्म, दलित समुदाय व्यवसाय कर्जा रु १० लाखसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा रु पाँच लाखसम्म र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा रु तीन लाखसम्म बैंकले उपलब्ध गराउँदै आएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १४:१६
झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओली...
माघ ७ गते, २०८२ - १४:१४
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...
माघ ७ गते, २०८२ - १४:०९
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...
माघ ७ गते, २०८२ - १४:०४
काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...
माघ ७ गते, २०८२ - १४:०१
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएपछि महावीर पुनले आफू कुनै पनि राजनीतिक पार्टीमा नलाग्ने स्पष्ट पारेका छन् । म्याग्दीब...
माघ ७ गते, २०८२ - १३:५८
बाग्लुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाग्लुङ जिल्लामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा (राजमो)बीच चुनाव...
माघ ७ गते, २०८२ - १३:५८
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट रामप्रसाद सापकोटा ‘दीपशिखा’ले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सापकोटाले न...
माघ ७ गते, २०८२ - १३:४४
रुकुम पूर्व । नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वका शहीद परिवारसँग भेट गरी आशीर्वाद ग्रहण गरेका छन् । प्रतिन...
माघ ७ गते, २०८२ - १३:४२
कपिलवस्तु । पूर्वमन्त्री तथा पूर्वसांसद, नेकपा (एमाले)का नेता वृजेश कुमार गुप्ताले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि...




प्रतिकृया लेख्नुहोस्: