काठमाडौँ । जीवन बीमा तथा निर्जीवन बीमा समूहको शेयरमा उच्च अङ्कले गिरावट आएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ ।
लगातार करेक्सन देखिन थालेको शेयर बजारमा आजको गिरावट पछिल्ला दिनहरु मध्येको सबैभन्दा ठूलो हो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० को विन्दमुा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ६९.०५ विन्दुले घटेर दुई हजार ९७५.८४ मा ओर्लेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.३४ विन्दुले घटेर ५५०.५२ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । कूल २२७ कम्पनीको दुई करोड ३१ लाख नौ हजार ७१३ कित्ता शेयर रु १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका १३ वटै उपसमूहको शेयर आज ओरालो लागेको छ । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरणसमेत रु ४१ खर्ब ५७ अर्ब ८४ करोड ४१ लाख ८० हजारको हाराहारीमा ओर्लेको छ ।
कारोबार भएका बैंकिङ २२.९९, व्यापार १०६.०१, होटल तथा पर्यटन ४६.७, विकास बैंक २०५.७४, जलविद्युत् १२४.२७, वित्त १०१.४८, निर्जीवन बीमा ३७२.५८, उत्पादन १९८.७३, अन्य ६२.७४, लघुवित्त १६४.०६, जीवन बीमा ४४७.९८, सामूहिक लगानी कोष ०.१३ र लगानी २.८ विन्दुले ओरालो लागे ।
कारोबार भएका मध्ये आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहे । सो कम्पनीको रु एक अर्ब एक करोड पाँच लाख ७३ हजार ३८३ बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी रु ४९ करोड २३ लाख १३ हजार ८८३, अपि पावर कम्पनी रु २९ करोड ७८ लाख २६ हजार,नेपाल बैंक रु २९ करोड ७४ लाख ६९ हजार ४०० र गुडविल फाइनान्स रु २९ करोड ६५ लाख एक हजार १७२ को कारोबार भई शीर्ष स्थानमा रहे ।
यसैगरी कर्णाली डेभलपमेन्ट बैंक ७.५८, मनकामना स्मार्ट लघुवित्त ६.०८, सपोर्ट माइक्रोफाइनान्स ५.९६, कर्पोरेट डेभलपमेन्ट बैंक ४.६३, सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले २.८४ प्रतिशतले कमाए । उता रुरु जलविद्युत् परियोजना ९.९९, माउण्टेन हाइड्रो नेपाल ७.७६, हिमलायन ऊर्जा विकास कम्पनी ६.९२, सिभिल लघुवित्त ६.५९ र घलेम्दी हाइड्रो पावरका लगानीकर्ताले ५.९४ प्रतिशतले गुमाए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: