काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाइने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का नवनिर्वाचित कार्यसमितिलाई आज मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा उनले राष्ट्रिय महत्वका आयोजनाको कामको अनुगमनमा आर्थिक पत्रकारलाई पनि सहभागी गराइने बताए । ‘मन्त्रालयकले अनुगमनमा तपाईं पत्रकारहरुलाई संस्थागतरूपमा सहभागी गराउँछ, मन्त्रालयले अनुगमन संयन्त्र बनाउँदै छ, कर्मचारी मात्रै गएर अनुगमन प्रभावकारी हुँदैन । हामी सहकार्य गरेर जाऔँ, प्राप्त मूल्यवान समयको सदुपयोग गरौँ’, उनले भने ।
सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक पत्रकारको दक्षता अभिवृद्धिका लागि अर्थमन्त्रालयसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले राष्ट्रिय गौरवका आयोजनको प्रभावकारिताका लागि अनुसन्धानको काममा पनि सेजनले अर्थमन्त्रालयसँग साझेदारीका काम गर्न इच्छुक रहेको बताए । सो अवसरमा अर्थमन्त्री शर्माले खादाका साथ सेजन कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गरे ।
सेजनका पूर्वअध्यक्ष भीमप्रसाद गौतमले अर्थमन्त्रालयसँगको सहकार्यलाई आगामी दिनमा थप समन्वयका साथ अघि बढ्न सेजन नेतृत्व तयार रहेको र मन्त्रालयका कामलाई परिणाममुखी बनाउन आर्थिक पत्रकारको भूमिका प्रभावकारी हुने विश्वास दिए ।
सेजनको यही भदौ १८ गते सम्पन्न २२औँ साधारणसभा तथा निर्वाचनमा अध्यक्षमा जनार्दन बराल, उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोट निर्वाचित हुनुभएको थियो । त्यसैगरी कार्यसमिति सदस्यमा राससका सीबी अधिकारी, अच्युत पुरी, अमर बडुुवाल, इशारा कोइराला र सोभित थपलिया निर्वाचित भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: