Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

१० हजारभन्दा बढी शुल्क लिन नपाउने ठाउँमा १२ लाखसम्म असुल गर्दै म्यानपावर

खबरडबली संवाददाता

काठमाडौं । आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेपछि अहिले म्यानपावर व्यवसायीबीच पैसाको चलखेल तीव्ररूपमा अगाडि बढेको छ ।

कतारको गृह मन्त्रालयले झन्डै १० हजारको संख्यामा नेपाली युवालाई ५ वर्षका लागि कतारमा काम दिने घोषणा गरेपछि म्यानपावर व्यवसायीले करिब ३ सय युवालाई कतार प्रहरीमा काम दिलाइदिने भन्दै मनपरी शुल्क असुलेर त्यता पठाइसकेका छन् ।

सरकारले विदेशमा कामदार पठाउँदा १० हजारभन्दा बढी शुल्क लिन नपाउने बताए पनि अहिले म्यानपावर कम्पनीलाई १२ लाख रुपियाँसम्म तिरेर युवाहरू कतार पुगेका छन् ।

काठमाडौंको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपालले अहिले कतार प्रहरीमा काम गर्न जान चाहनेसँग अन्तर्वार्ता लिइरहेको जानकारी प्राप्त भएको छ । सो म्यानपावर कम्पनीले एजेन्टमार्फत पैसा उठाएर गोप्यरूपमा अन्तर्वार्ता लिइरहेको र कम्पनीले प्रतिव्यक्ति १० देखि १२ लाख रुपियाँ उठाइरहेको एक पीडित युवाले नेपाल समाचारपत्रलाई बताएका छन् । तर, नेपाल सरकारले भने चर्को शुल्क असुलेर नेपाली युवालाई कतार पठाउँदा समेत वास्ता गरेको छैन । नेपाल समाचारपत्र दैनिकबाट

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेनको आज यी तीन जिल्लामा चुनावी कार्यक्रम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले आज रुपन्देही, कपिलवस्तु र नवलपरासीमा चुनावी तथा जनसम्पर्क कार्यक्रम गर्न...

भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प

वेलिङ्टन। प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली भूकम्पले हल्लिएको छ । छ दशमलव ४ तीव्रताको उक्त भूकम्प बलियो महसुस गरि...

स्याङ्जा कारागारमा नेपाली सेनाको सुरक्षा

स्याङ्जा। फागुन २१ गतेको सङ्घीय निर्वाचन नजिकै आउदाँ पुतलीजार नगरपालिका –१ मा रहेको जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ । यहाँको ...

कार्यसम्पादन मूल्याङ्कनमा हिमाली पहिलो

बाजुरा। स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा हिमाली गाउँपालिका जिल्लामा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वि...

पोखराको फेवातालमा कार खस्दा चालकको मृत्यु

लेखनाथ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर, ६ पामेमा पर्ने फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान सवा २ बजे सडकबाट कार तालमा खस्...

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन - गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी ...

नेपाली कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीका प्रवक्ता तथा क...

नयाँ पार्टी र नेतृत्व खोज्नेका लागि कांग्रेस नै विकल्प : सभापति थापा

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पार्टी र नयाँ नेतृत्वमा मतदान गर्न चाहनेका लागि कांग्रेस नै उत्तम विकल्प भएको बताउछन् ।  सर्...

नयाँ अध्यागमन विधेयक तर्जुमाको चरणमा : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले नयाँ अध्यागमन विधेयक तर्जुमा गरिरहेको बताएका छन्। ...

लमजुङलाई सूचना प्रविधिको हब बनाउँछु: पृथ्वीसुब्बा गुरुङ

लमजुङ। नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङलाई सूचना प्रविधिको हब बनाउने बताएको छन्। लमजुङबाट प्रतिनिधि सभ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE