Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

बालिकालाई गाडीभित्रै बलात्कार गर्ने चालक र सहचालक पक्राउ

खबरडबली संवाददाता

बनेपा । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ साझा पेट्रोलपम्प अगाडि गाडीभित्रै चालक र सहचालक दुवैले बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेकामा खोजतलासका क्रममा दुवै जनालाई मङ्गलवार पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार गत शनिबार भक्तपुरको भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित सडकखण्डमा पूर्वतर्फ जानका लागि भनी गाडी कुरिरहेकी अन्दाजी वर्ष १३ की बालिकालाई गन्तव्यसम्म पुर्‍याइदिने भन्दै ट्रकमा हालेर अरनिको राजमार्गअन्तर्गत बनेपा–१२ साझा पेट्रोलपम्प अगाडि लगेर गाडीभित्रै जबर्जस्ती करणी गरेर फरार रहेको अनुसन्धानबाट खुलेको हो ।

बालिकालाई गन्तव्यसम्म नपुर्‍याई सोही स्थानमा छाडी गाडी लिएर फरार भएका दुई जनालाई प्रहरीले धुलिखेल नगरपालिका–७ बाट ट्रकसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा गाडी चालक झापाको हल्दीबारी गाउँपालिका–५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सोही गाडीका सहचालक मोरङको उर्लाबारी नगरपालिका–१ का १८ वर्षीय निदीप धिमाल रहेको प्रहरीले जनाएको छ । घटनापश्चात अनुसन्धानमा रहेको प्रहरीले दुवै जनालाई प्रदेश–२–०३–००१ख १४८५ नंको भाडाको ट्रक मोरङबाट बिपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै गरेको अवस्थामा धुलिखेलचोकबाट नियन्त्रणमा लिएको प्रनाउ खतिवडाले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरुको संलग्नता रहेको खुल्न आएको र पीडितको परिवारबाट जबर्जस्ती करणीसम्बन्धी कसुरमा किटानी जाहेरी लिई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई भने प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेनको आज यी तीन जिल्लामा चुनावी कार्यक्रम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले आज रुपन्देही, कपिलवस्तु र नवलपरासीमा चुनावी तथा जनसम्पर्क कार्यक्रम गर्न...

भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प

वेलिङ्टन। प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली भूकम्पले हल्लिएको छ । छ दशमलव ४ तीव्रताको उक्त भूकम्प बलियो महसुस गरि...

स्याङ्जा कारागारमा नेपाली सेनाको सुरक्षा

स्याङ्जा। फागुन २१ गतेको सङ्घीय निर्वाचन नजिकै आउदाँ पुतलीजार नगरपालिका –१ मा रहेको जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ । यहाँको ...

कार्यसम्पादन मूल्याङ्कनमा हिमाली पहिलो

बाजुरा। स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा हिमाली गाउँपालिका जिल्लामा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वि...

पोखराको फेवातालमा कार खस्दा चालकको मृत्यु

लेखनाथ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर, ६ पामेमा पर्ने फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान सवा २ बजे सडकबाट कार तालमा खस्...

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन - गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी ...

नेपाली कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीका प्रवक्ता तथा क...

नयाँ पार्टी र नेतृत्व खोज्नेका लागि कांग्रेस नै विकल्प : सभापति थापा

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पार्टी र नयाँ नेतृत्वमा मतदान गर्न चाहनेका लागि कांग्रेस नै उत्तम विकल्प भएको बताउछन् ।  सर्...

नयाँ अध्यागमन विधेयक तर्जुमाको चरणमा : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले नयाँ अध्यागमन विधेयक तर्जुमा गरिरहेको बताएका छन्। ...

लमजुङलाई सूचना प्रविधिको हब बनाउँछु: पृथ्वीसुब्बा गुरुङ

लमजुङ। नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङलाई सूचना प्रविधिको हब बनाउने बताएको छन्। लमजुङबाट प्रतिनिधि सभ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE