काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संविधान र सङ्घीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले मूलभूतरुपमा सङ्घीय संसद् ठीक बाटोमै अघि बढिरहेको बताएका छन् ।
राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित विधायिकी खुल्लापन र लोकतन्त्र मेला कार्यक्रममा उनले पछिल्ला समयमा भएका बहस, छलफल र गतिविधि विश्वकै लागि अध्ययन गर्ने ठूलोे विश्वविद्यालय बनेको धारणा व्यक्त गरे ।
सभामुख सापकोटाले भने, “समुद्र मन्थन गरेझैँ धेरै छलफल र बहसका साथ जारी भएको नेपालको संविधान महत्वकाङ्क्षी छ, जनतालाई अधिकार प्रदान गर्ने हिसाबले विशिष्ट र मौलिक छ । लोकतन्त्र भनेको भाषणमा होइन व्यवहारमा अभ्यास गर्ने विषय हो ।”
सङ्घीय ससद्को ओजलाई माथि उठाउन सबैले भीष्म प्रतिज्ञा र सङ्कल्प गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, “संविधान कार्यान्वयनमा दूरदर्शिता र प्रतिबद्धता पाटोमा कम्जोरी छ । कार्यसम्पादनमा देखिएका कमी कमजोरी सुधार, परिमार्जनका लागि कडा मिहिनेत र इमान्दार प्रयास आवश्यक छ ।”
प्रतिनिधिसभा विघटन प्रतिनिधिसभाले मात्र गर्न सक्ने व्यवस्था हुन आवश्यक रहेको बताउँदै उनले भने, “संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि कानुन निर्माण लगायतका विषयमा केकस्ता कमजोरी भए त्यसको गम्भीर आत्मसमीक्षा गरिनुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - २१:०२
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...
माघ ५ गते, २०८२ - २०:४०
धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...
माघ ५ गते, २०८२ - १८:५९
काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...
माघ ५ गते, २०८२ - १८:४०
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...
माघ ५ गते, २०८२ - १८:३१
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...
माघ ५ गते, २०८२ - १८:३०
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...
माघ ५ गते, २०८२ - १८:१६
धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...




प्रतिकृया लेख्नुहोस्: