काठमाडौँ । प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ ।
नजिकिँदै गरेको दशैँ, तिहार, छठ, इदलगायत चाडपर्व भयरहितरुपमा मनाउन विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।
“चाडपर्वमा कुनै पनि घटना हुन नपाउने गरी ठाउँअनुसारको योजना निर्माण गर्न भनेको छौँ”, प्रहरी त्यसतर्फ केन्द्रित भइसक्यो”, प्रवक्ता कुँवरले भने, “कुनै जिल्ला कार्यालयले लागू पनि गरिसके र बाँकीले लागू गर्ने तयारीमा छन् ।”चाडपर्वका बेला मुख्यगरी आर्थिक गतिविधिसँगै मानिसका आवश्यकतासमेत बढ्ने हुँदा बजारमा बढी चहलपहल हुन्छ । साथीभाइ भेटघाटका गतिविधिसमेत बाक्लिदा झै–झगडा तथा आपराधिक क्रियाकलाप हुनसक्छ ।
यस्तै तीव्र गतिमा सवारी साधन चलाउने र बढी यात्रु चढाउँदा दुर्घटना हुनसक्ने खतरासमेतलाई मध्यनजर गरी सुरक्षा योजना बनाउन भनिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरी, अपहरण, कालोबजारी, चन्दा आतङ्कजस्ता आपराधिक क्रियाकलाप हुने भएकाले त्यस्ता गतिविधि हुन नपाउने गरी सुरक्षा योजना निर्माण गरी लागू गरिनेछ ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा भने शुक्रबारदेखि नै यो योजना लागू गरिएको छ । उपत्यकामा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी योजना कार्यान्वयन गरिएको रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
योजनाअन्तर्गत बढी भिडभाड हुने, आर्थिक गतिविधि बढी हुने क्षेत्र, बैंक तथा वित्तीयसंस्था र यातायात क्षेत्रमा निगरानी बढाउन थालिएको छ । ठाउँठाउँमा सुरक्षा जाँचका लागि चौकी बढाउने, सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गर्ने र तत्काल परिचालन हुने ९क्वीक रेष्पोन्स० टोली गठन गरिएको जनाइएको छ ।
यस्तै आकस्मिक जाँच तथा सार्वजनिक सवारी साधनमा समेत सादा पोशाकका सुरक्षाकर्मीले निगरानी गर्ने जनाइएको छ । चाडबाडमा घर फर्कने यात्रुको सुविधाका लागि ठाउँठाउँमा यात्रु सहायता कक्षा स्थापना गरी सहजीकरण गरिने र टिकटमा हुने कालोबजारी नियन्त्रणका लागि पनि प्रहरीको छुट्टै टोली परिचालन हुने जनाइएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - २१:०२
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...
माघ ५ गते, २०८२ - २०:४०
धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...
माघ ५ गते, २०८२ - १८:५९
काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...
माघ ५ गते, २०८२ - १८:४०
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...
माघ ५ गते, २०८२ - १८:३१
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...
माघ ५ गते, २०८२ - १८:३०
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...
माघ ५ गते, २०८२ - १८:१६
धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...




प्रतिकृया लेख्नुहोस्: