Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

सोह्र श्राद्धको अपराह्नकाल: कुन तिथि कतिखेर गर्ने ?

खबरडबली संवाददाता

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले सोह्र श्राद्धका सबै तिथिको समय निकालेको हो । 

पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध यस वर्ष असोज ५ गते मङ्गलबारदेखि सुरु भएको छ । सोह्र श्राद्धमा अपराह्नकालमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय मत छ । मङ्गलबार प्रतिपदा तिथिको श्राद्ध दिँउसो १:०८ देखि ४:२२ बजेसम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको उनले जानकारी दिए। यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा एवं पितृ ब्राह्मणको आह्वान र पूजा तोकिएको समयअघि नै गर्न सकिने विधि छ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् ।

असोज ६ गते बुधबार द्वितीया तिथि श्राद्ध दिउँसो १:०८ देखि ४:२२ बजेसम्मको समय दिइएको छ । असोज ७ गते तृतीया तिथि श्राद्धको समय  १:०७ देखि ४:२३ बजेसम्म छ । यस वर्ष असोज ८ गते शुक्रबार चतुर्थी तिथि श्राद्ध पनि १:०७ देखि ४:२३ बजेकै समयमा गनुपर्छ । 

यसैगरी पञ्चमी तिथि श्राद्ध असोज ९ गते शनिबार दिउँसो १:०६ देखि ४:२२ बजेसम्ममा गर्नुपर्नेछ । षष्ठी तिथि श्राद्ध असोज १० गते आइतबार १:०६ देखि ४:२२ बजेसम्ममा गर्नुपर्नेछ । सप्तमी तिथि श्राद्ध असोज ११ गते सोमबार १:०५ देखि ४:२३ बजेसम्ममा गर्नुपर्नेछ । यस वर्ष असोज १२ गते मङ्गलबार कुनै पनि तिथिको श्राद्ध नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पञ्चाङ्ग ९पात्रो० मा उल्लेख छ ।

अष्टमी तिथि श्राद्ध असोज १३ गते बुधबार दिउँसो १:०४ देखि ४:२३ बजेसम्ममा गर्नुपर्ने शास्त्रीय विधि छ । नवमी तिथि श्राद्ध असोज १४ गते बिहीबार दिउँसो १:०४ देखि ४:२३ बजेसम्मै गर्नुपर्नेछ । दशमी तिथि श्राद्ध असोज १५ गते शुक्रबार १:०३ देखि ४:२३ बजेसम्ममा गर्नुपर्नेछ । 

एकादशी श्राद्ध असोज १६ गते शनिबार दिउँसो १:०३ देखि ४:२३ बजेसम्मैमा गर्नुपर्नेछ । द्वादशी तिथि श्राद्ध असोज १७ गते आइतबार १:०२ देखि ४:२३ बजेसम्ममा गर्नुपर्नेछ । यस वर्ष द्वादशी तिथिमा मघा परेको छ । मघा नक्षत्र परेका दिन छोरा हुनेले श्राद्ध गर्दैनन् । त्रयोदशी तिथि श्राद्ध असोज १८ गते सोमबार १:०२ देखि ४:२४ बजेसम्ममा गर्नुपर्नेछ । 

यसैगरी चतुर्दशी तिथि श्राद्ध असोज १९ गते मङ्गलबार १:०१ देखि ४:२४ बजेसम्ममा गरिसक्नुपर्ने सम्पादक पन्तले बताउनुभयो । औँसी तिथि श्राद्ध असोज २० गते बुधबार दिउँसो १:०१ देखि ४:२४ बजेसम्ममा गरिसक्नुपर्नेछ । अपराह्नकाल पारेर पिण्डदान नगरेमा श्राद्ध गरेर पाइने फल पाउन नसकिने शास्त्रीय प्रमाण छ । 

विशेषगरी काठमाडौँ उपत्यकालगायत ठूला सहरमा यो समस्या छ । आवतजावत गर्दा कोरोना फैलन सक्ने चिन्ता छ । कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । 

पितृपक्ष अर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले आश्विन शुक्ल पञ्चमीसम्म पनि गर्न शास्त्रसम्मत् हुने उहाँले सुनाउनुभयो । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सिर्जना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।

चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो । दशैँ, तिहारजस्ता सनातन धर्मावलम्बीले मनाउने ठूला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवङ्गत पितृलाई सम्झन सोह्र श्राद्ध गर्न थालिएको हो । यस समयमा पितृले आस गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।रासस

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६६ जिल्लाका लागि एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ सकियो

काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।  ...

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन विशेष निर्देशन दिएको छन्।  महाशिवर...

म सुरुमा आगन्तुक भएँ, अब मधेशी परिवारको अंग बन्ने क्रम सुरु भयो: गगन थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश झरेर चुनावी अभियान सुरु गर्दा आफू सुरुमा “आगन्तुकजस्तो” देखिएको भए पनि अहिले मधेशी परिवारको अंग बन्...

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सार्थक तुल्याउने एमालेको लक्ष्य

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सार्थक तुल्याउँदै स्वाधीन, समुन्नत र समाजवाद उन्मुख ...

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट राप्रपा पछि हट्यो, प्रदेश खारेजको पक्षमा अडिग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको शासकीय स्वरूप सम्बन्धी आफ्नो पूर्व एजेन्डालाई चुनाव केन्द्रित...

राप्रपाको ‘संकल्प पत्र’ सार्वजनिक : राजसंस्थासहित दुई तहको शासन प्रणालीको प्रस्ताव

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शनिबार पार्टी के...

टी–२० विश्वकप : वेस्ट इन्डिजसँग शाख जोगाउने नेपालको अपेक्षा

काठमाडौँ। तेस्रो पटक आइसिसी टी–२० विश्वकप खेलिरहेको नेपालको प्रदर्शन नतिजाका हिसावले सन्तोषजनक छैन ।  नेपालले समूह ‘सी’ अन्तर्गत पहिलो खेलमा दुई पट...

हेटौँडामा रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–५, पिप्ले स्थित कान्ति लोकपथ सडक खण्डमा रड लोड भएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार रा...

भेनेजुएलामा राजनीतिक दमन अन्त्यतर्फ कदम चाल्दै, १७ कैदी रिहा

क्याराक। भेनेजुएलाका संसद अध्यक्ष होर्जे रोड्रिगेजले शनिबार १७ जना राजनीतिक कैदीलाई रिहा गरिएको घोषणा गर्नु भएको छ । उक्त कदम त्यति बेला आएको हो जब दे...

बागलुङमा विद्यालय भ्यान दुर्घटना : मृत्यु हुनेको संख्या दुई पुग्यो

बागलुङ। विद्यालयको भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । बिहीबार बागलुङ नगरपालिका वडा ३ हाडेपाखामा विद्यालय भ्यान दुर्घटनामा परेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE