Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

अदालतको आदेश नआउँदा सरकारले पूर्णता पाएन : नेता पाण्डे

राजेन्द्र प्रसाद पाण्डे

सरकार विस्तारमा समस्या केही मात्रामा अध्यादेशको कारण भएको हो । दल विभाजन सम्बन्धि मुद्दा अहिले अदालतमा विचाराधिन अवस्थामा छ । अदालतको कुनै आदेश आएको छैन । यसले सरकारमा सहभागी हुन समस्या परेको हो ।

अहिले अध्यादेश फिर्ता लिँदा हामीलाई अप्ठ्यारो, नलिँदा जसपालाई अप्ठ्यारो पर्ने देखिन्छ । यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा अदालतका कारण समस्या उत्पन्न भएको छ । यस विषयमा अदालतले कुनै आदेश दिएको छैन । अदालतको निर्णयपछि यस विषयको टुंगो लाग्छ ।

नयाँ दलको वैधानिकताको सम्बन्धमा अदालतको कारण यदि हाम्रो मुद्दा लम्बिने जस्तो भएमा केही मन्त्रालय थाँति राखेर भएपनि प्रकृया अगाडि बढाउँछौं । यसअघि नै गठबन्धनका दुई दल काँग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी छन् । सरकारमा हाम्रो पनि प्रतिनिधित्व हुने गरी हामी निर्णय लिन्छौं । सर्वोच्चको आदेश जस्तोसुकै आएपनि दुई तीन दिनभित्र हामी सरकार विस्तार गर्छौं । 

हाम्रा १४ जना सांसदलाई कारबाहीको माग राखेर प्रतिपक्ष दल एमालेले सदन अवरुद्ध गर्नुको कुनै तुक छैन । अदालतमा विचाराधिन मुद्दालाई लिएर निरन्तर संसद्‌को काम कारबाहीमा अवरोधन गर्नु एमालेको गैह्र राजनीतिक चरित्र हो । एमालेले निसर्त सदनको अवरोध हटाउनुपर्छ । संविधान विपरित दुई दुई पटक संसद्‌ विघटन गर्नेले संसदीय सर्वोच्वताको कुरा गर्नु हाँस्यस्पद मात्र हो । संघीय मन्त्रिपरिषद्‌लाई पूर्णता दिने विषयमा मात्रै होइन छिट्टै बागमती र प्रदेश १ को सरकारलाई समेत विस्तापित गरी हाम्रो पार्टीको नेतृत्वका सरकार गठन गर्छौं । 
(पाण्डे पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता हुन्)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाले खोल्यो खाता, जुम्लामा विनीता कठायतको जमानत जफत

जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् ।...

इलामका दुवै क्षेत्रमा एमालेको अग्रता

इलाम । इलामका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । इलाम-१ मा एमाले उम्मेदवार काजीमान कागतेले अग्रता लिँदा इलाम-२ मा सु...

अछाममा भीम रावल पराजित, कांग्रेसका स्वार विजयी

काठमाडौं । अछाम क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डा. भीमबहादुर रावल झिनो मतान्तरले पराजित भएका छन् ।  उक्त क्षेत्रमा ...

रामेछापमा नेकपा र कांग्रेसबीच कडा टक्कर, २९ मतलले श्रेष्ठ अगाडी

रामेछाप । रामेछापकाे पछिल्लाे मत गणना अनुसाार नेकपा र  कांग्रेसबीच कडा टक्कर  भएकाे छ  । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेप...

१२ वर्षपछि खाोला फर्कन्छ भने झैं फर्कियो दैलेख १ मा कांग्रेस

दैलेख । दैलेख–१ बाट १२ वर्षपछि नेपाली कांग्रेसले पुनः विजय हासिल गरेको छ। ४५ वर्षीया महिला नेता बासना थापा ले नेकपा (एमाले) का रवीन्द्रराज शर्मा लाई ५...

रुबिना आचार्य जसले डा. शेखरलाई भारी मतान्तरले हराउन सफल भइन्

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की युवा नेतृ रुबिना आचार्य भारी मतान्तरसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी ...

ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्। ११ हजार ५४७ मत ल्याएर खरेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जन...

भक्तपुर–१ मा रास्वपाले तोड्यो नेमकिपाको किल्ला, प्रेम सुवाल पराजित

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को लामो समयदेखिको प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...

२०६४ को माओवादी लहर र २०८२ को रास्वपा उभारको तुलना

परिवर्तनको पुनरावृत्ति कि नयाँ राजनीतिक अध्याय?

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE