सरकार विस्तारमा समस्या केही मात्रामा अध्यादेशको कारण भएको हो । दल विभाजन सम्बन्धि मुद्दा अहिले अदालतमा विचाराधिन अवस्थामा छ । अदालतको कुनै आदेश आएको छैन । यसले सरकारमा सहभागी हुन समस्या परेको हो ।
अहिले अध्यादेश फिर्ता लिँदा हामीलाई अप्ठ्यारो, नलिँदा जसपालाई अप्ठ्यारो पर्ने देखिन्छ । यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा अदालतका कारण समस्या उत्पन्न भएको छ । यस विषयमा अदालतले कुनै आदेश दिएको छैन । अदालतको निर्णयपछि यस विषयको टुंगो लाग्छ ।
नयाँ दलको वैधानिकताको सम्बन्धमा अदालतको कारण यदि हाम्रो मुद्दा लम्बिने जस्तो भएमा केही मन्त्रालय थाँति राखेर भएपनि प्रकृया अगाडि बढाउँछौं । यसअघि नै गठबन्धनका दुई दल काँग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी छन् । सरकारमा हाम्रो पनि प्रतिनिधित्व हुने गरी हामी निर्णय लिन्छौं । सर्वोच्चको आदेश जस्तोसुकै आएपनि दुई तीन दिनभित्र हामी सरकार विस्तार गर्छौं ।
हाम्रा १४ जना सांसदलाई कारबाहीको माग राखेर प्रतिपक्ष दल एमालेले सदन अवरुद्ध गर्नुको कुनै तुक छैन । अदालतमा विचाराधिन मुद्दालाई लिएर निरन्तर संसद्को काम कारबाहीमा अवरोधन गर्नु एमालेको गैह्र राजनीतिक चरित्र हो । एमालेले निसर्त सदनको अवरोध हटाउनुपर्छ । संविधान विपरित दुई दुई पटक संसद् विघटन गर्नेले संसदीय सर्वोच्वताको कुरा गर्नु हाँस्यस्पद मात्र हो । संघीय मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा मात्रै होइन छिट्टै बागमती र प्रदेश १ को सरकारलाई समेत विस्तापित गरी हाम्रो पार्टीको नेतृत्वका सरकार गठन गर्छौं ।
(पाण्डे पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: