जर्मन नागरिकहरू १६ वर्षदेखि चान्सलर रहेकी एङ्गेला मेर्कललाई बिदाइ गर्ने तयारी गरिरहेका छन्।
आइतवारको संसदीय निर्वाचनपछि लगातार १६ वर्षसम्म जर्मनीकी चान्सलर बनेकी अंगेला मर्केल यही चुनावपछि राजनीतिबाट बिदा हुँदैछन्।
युरोपियन मुलुक जर्मनीमा आइतबार आमनिर्वाचन हुँदैछ।
मर्केलको उत्तराधिकारी छान्ने भएकाले यो चुनाव युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीका लागि एक अर्को युगको सुरूवात हुने समाचार संस्था रोयटर्सले जनाएको छ।
६७ वर्षीया मर्केलले यसअघि नै यो चुनावमा आफू नलड्ने बताएकी थिइन्।
जर्मनीको चान्सलरका लागि अहिले तीन जना उम्मेदवारले दाबी प्रस्तुत गरेका छन्।
मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालेना बेएरबोक चान्सलर बन्ने दौडमा छन्।
उनीहरूबीच कडा प्रतिष्पर्धा हुने र कुनै पनि दलले संसदको तल्लो सदन बुन्डेस्ट्यागमा एकल बहुमत ल्याउन नसक्ने विभिन्न सर्वेक्षणहरूले देखाएका छन्। कुनै पनि दलले बहुमत नल्याए गठबन्धन सरकार बनाउनु पर्ने हुन्छ। त्यसका लागि केही महिना मर्केलले नै जर्मनीको काम चलाउ चान्सलर भएर काम गर्नुपर्ने हुन सक्छ।
८ करोड ३० लाख जनसंख्या भएको जर्मनीमा ६ करोडभन्दा बढी मतदाता छन्। जर्मनीमा प्रत्यक्ष र समानुपातिक गरी मिश्रित चुनाव प्रणाली छ।
Rps
आश्विन १० गते, २०७८ - ११:०३
जर्मन नागरिकहरू १६ वर्षदेखि चान्सलर रहेकी एङ्गेला मेर्कललाई बिदाइ गर्ने तयारी गरिरहेका छन्। आइतवारको संसदीय निर्वाचनपछि लगातार १६ वर्षसम्म जर्मनीकी...
आश्विन १० गते, २०७८ - १०:३०
काठमाडौं । दश बुँदे सहमति कार्यान्वयनको विषयलाई केन्द्रीय कमिटी बैठकको एजेण्डा नबनाएपछि नेकपा एमालेभित्रको मध्यपन्थी धार चरम संकटमा परेको छ । हिजोद...
आश्विन ८ गते, २०७८ - ०९:२२
क्रियाशिल सदस्य विवाद हल हुन नसक्दा सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ माहाधिवेशन अर्न्तगत तल्लो तहका अधिवेशन कार्यतालिका फेरि प्रभावित हुने भएको छ ।...
आश्विन ३ गते, २०७८ - १०:५६
काठमाडौं । बिभिन्न राजनीतिक दलबीच सहमतिको दस्तावेजको रुपमा जारी भएको नेपालको संविधानमा तत्कालिन माओवादीले राखेका १२ बुँदे फरक मत राखेको थियो । नेकप...
आश्विन ३ गते, २०७८ - १०:१८
काठमाडौं । ओमानमा भईरहेको त्रिकोणात्मक सिरिजमा नेपाल आज ओमनसँग भिड्न लागिरहेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतका लागी नेपालको यो अन्तिम...
भाद्र ३१ गते, २०७८ - १०:४६
काठमाडौं । हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्...



प्रतिकृया लेख्नुहोस्: