काठमाडौं । हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको विभागले जनाएको छ ।
जसका कारण देशभर सामान्यदेखि पूर्ण बदली हुँदा अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बिहानभर काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
आज राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली हुनेछ। बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार आर्याल बताउँछन् । सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।
हल्कादेखि मध्यम तथा भारी वर्षाको सम्भावना रहेका क्षेत्रका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागको आग्रह छ ।
Rps
आश्विन १० गते, २०७८ - ११:०३
जर्मन नागरिकहरू १६ वर्षदेखि चान्सलर रहेकी एङ्गेला मेर्कललाई बिदाइ गर्ने तयारी गरिरहेका छन्। आइतवारको संसदीय निर्वाचनपछि लगातार १६ वर्षसम्म जर्मनीकी...
आश्विन १० गते, २०७८ - १०:३०
काठमाडौं । दश बुँदे सहमति कार्यान्वयनको विषयलाई केन्द्रीय कमिटी बैठकको एजेण्डा नबनाएपछि नेकपा एमालेभित्रको मध्यपन्थी धार चरम संकटमा परेको छ । हिजोद...
आश्विन ८ गते, २०७८ - ०९:२२
क्रियाशिल सदस्य विवाद हल हुन नसक्दा सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ माहाधिवेशन अर्न्तगत तल्लो तहका अधिवेशन कार्यतालिका फेरि प्रभावित हुने भएको छ ।...
आश्विन ३ गते, २०७८ - १०:५६
काठमाडौं । बिभिन्न राजनीतिक दलबीच सहमतिको दस्तावेजको रुपमा जारी भएको नेपालको संविधानमा तत्कालिन माओवादीले राखेका १२ बुँदे फरक मत राखेको थियो । नेकप...
आश्विन ३ गते, २०७८ - १०:१८
काठमाडौं । ओमानमा भईरहेको त्रिकोणात्मक सिरिजमा नेपाल आज ओमनसँग भिड्न लागिरहेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतका लागी नेपालको यो अन्तिम...
भाद्र ३१ गते, २०७८ - १०:४६
काठमाडौं । हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्...



प्रतिकृया लेख्नुहोस्: