Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

संकटमा एमालेको तेस्रो धार : विद्रोह की आत्मसमर्पण ?

खबरडबली संवाददाता

काठमाडौं । दश बुँदे सहमति कार्यान्वयनको विषयलाई केन्द्रीय कमिटी बैठकको एजेण्डा नबनाएपछि नेकपा एमालेभित्रको मध्यपन्थी धार चरम संकटमा परेको छ ।

हिजोदेखि शुरु भएको बैठकमा मध्यपन्थी धारले उठाएको दश बुँदे कार्यान्वयनको विषयलाई बैठकको एजेण्डा बनाउन ओली तयार भएनन् । ओलीले स्पष्टरुपमा उक्त विषय एजेण्डा नबन्ने बताएपछि तेश्रो धार समर्पण गर्ने कि विद्रोह गर्ने अवस्थामा पुगेको हो ।

नेता माधव नेपालले बारम्बार कोशीस गर्दा समेत विवादित एजेण्डामा छलफल गर्न ओली नमानेपछि उनले विद्रोह गरेर नयाँ पार्टीगठन गठन गरेका थिए । मध्यपन्थी धारलाई भने अन्तर्पार्टी संघर्षबाटै एमालेभित्र लड्न सकिने लागेको थियो । तर अन्तसंघर्षका लागि समेत स्थान नदिएपछि उक्त समूह झनै संकटमा परेको हो ।

ओलीले रणनीतिकरुपमा मध्यपन्थी धारलाई उपयोग गर्न दश बुँदे कार्यान्वयन गर्ने सहमति गरेपनि आफ्ना हितविपरित कार्यान्व्यन गर्ने पक्षमा उनी देखिँदैनन् । यसको स्पष्ट उदाहरण सुदूरपश्चिम प्रदेश र बाग्मतीमा देखिएको हो ।

केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । आजको बैठकमा विधान महाधिवेशनका लागि तयार पारिएका तीन प्रतिवेदनमाथि भएका समूहगत छलफलका विषयहरु प्रस्तुत हुनेछन् ।

आज ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष समेटेर तीनवटै प्रस्ताव पारित गरिने छ । मध्यपन्थीहरुले हिजो बैठक बहिस्कार गरेपनि आजको बैठक के गर्छन् भन्ने टुंगो छैन । यसरी बहिस्कार गर्दै गएपनि यसले ओलीलाई भने कुनै फरक नपर्ने ओली पक्षीय नेताहरुको बुझाई छ ।
ओली पक्षको बुझाईमा मध्यपन्थीहरुलाई कतै जानसक्ने ठाउँ छैन । त्यसैले उनीहरुले जे जस्ता कुरा उठाएपनि सहजै पेलेर अघि बढ्न सकिने ओली समूहको बुझाई देखिन्छ ।

हिजोबाट ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेता प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले क्रमशः सांगठनिक र विधान संशोधन प्रस्ताव पेस गरेका थिए । एमालेले उक्त प्रतिवेदन र प्रस्तावमाथि समूहगत छलफलका लागि सात प्रदेश र एक जनवर्गीय संगठन गरी आठवटा समूह छुट्याइएको छ ।

एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म सम्म ललितपुरको गोदावरीमा हुँदैछ भने राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा तय भएको छ ।

मध्यपन्थी धारले कम्तीमा महाधिवेशनसम्म जाने र त्यहाँ आफ्नो फरक मत राखेर राजनीतिकरुपमा आफूलाई जस्टिफाई गने रणनीति बनाएको देखिन्छ । यसो गर्दा भोली बेग्लै समूह निर्माण गर्न सकिने उनीहरुको ठम्याई देखिन्छ ।

Rps

Rps

Rps

जर्मनीमा आज आमनिर्वाचन, १६ वर्षसम्म चान्सलर बनेकी मर्केल विदा हुने

जर्मन नागरिकहरू १६ वर्षदेखि चान्सलर रहेकी एङ्गेला मेर्कललाई बिदाइ गर्ने तयारी गरिरहेका छन्। आइतवारको संसदीय निर्वाचनपछि लगातार १६ वर्षसम्म जर्मनीकी...

संकटमा एमालेको तेस्रो धार : विद्रोह की आत्मसमर्पण ?

काठमाडौं । दश बुँदे सहमति कार्यान्वयनको विषयलाई केन्द्रीय कमिटी बैठकको एजेण्डा नबनाएपछि नेकपा एमालेभित्रको मध्यपन्थी धार चरम संकटमा परेको छ । हिजोद...

काँग्रेस कमजोर भइसक्यो, देउवाको ध्यान पार्टी कब्जा गर्नेमै छ : डा. शेखर कोइराला

क्रियाशिल सदस्य विवाद हल हुन नसक्दा सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ माहाधिवेशन अर्न्तगत तल्लो तहका अधिवेशन कार्यतालिका फेरि प्रभावित हुने भएको छ ।...

संविधान दिवस : यस्तो थियो संविधानमा माओवादीले राखेको १२ फरक मत

काठमाडौं । बिभिन्न राजनीतिक दलबीच सहमतिको दस्तावेजको रुपमा जारी भएको नेपालको संविधानमा तत्कालिन माओवादीले राखेका १२ बुँदे फरक मत राखेको थियो । नेकप...

आज ओमनसँग भिड्दै नेपाल

काठमाडौं । ओमानमा भईरहेको त्रिकोणात्मक सिरिजमा नेपाल आज ओमनसँग भिड्न लागिरहेको छ ।  आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतका लागी नेपालको यो अन्तिम...

आजको मौसम : देशका अधिकांश भागमा मध्यम वर्षा, काठमाडौंमा झरी

काठमाडौं । हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies