Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

बजेट कार्यान्वयनका सन्दर्भमा उच्चस्तरीय छलफल

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा मन्त्रालयका सचिवहरूसँग उच्चस्तरीय छलफल गरेका हुन् ।

अर्थमन्त्रीले गत भदौ २५ गते प्रतिस्थापन बजेट ल्याउनुभएको थियो । अर्थ मन्त्रालयमा आयोजित बैठकमा प्रतिस्थापन बजेटमा राखिएका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटका निरन्तरताका आयोजनाको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो ।

बजेटमा विकासका आयोजना कार्यान्वयन गरी पुँजीगत खर्च बढाउन मासिक कार्य प्रतिशत निर्धारण गर्ने, कार्यविधि तयार गर्नुपर्ने विषयमा तत्काल कार्य सम्पन्न गर्ने, अन्तरमन्त्रालय समन्वय गरी निर्णय गर्नुपर्ने विषयलाई यथाशिघ्र अघि बढाउनेलगायतका निर्णय भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आआफ्नो जिम्मामा परेका कामको सूची तयार गरी मासिक कार्य प्रतिशतका आधारमा तत्काल कार्यान्वयन कार्ययोजना बनाउन सचिवलाई निर्देशन दिए । बजेट कार्यान्वयन र पुँजीगत खर्चका सम्बन्धमा अर्थ मन्त्रायबाट सम्पादन हुने कार्यमा कुनै ढिलाइ नहुने प्रतिबद्धता उनले व्यक्त गरे। मन्त्री शर्माले अर्थ मन्त्रालयमा आएका कार्यविधि निर्माणसम्बन्धी पुराना फाइल सात दिनभित्र र अब प्राप्त हुने नयाँ फाइल तीन दिनभित्र टुङ्गो लगाउने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिए । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले प्रतिस्थापन बजेटले निर्धारण गरेको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सबै मन्त्रालयले धेरै नै मेहेनत गर्नुपर्ने बताए । अर्थ सचिव मधुकुमार मरासिनीले गठबन्धन सरकारको न्यूनतम साझा नीति कार्यक्रमअनुसार आएको प्रतिस्थापन बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मासिक कार्ययोजना बनाएर तत्काल काम थाल्नुपर्नेमा जोड दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीमा नेकपाको शक्ति–परीक्षण, प्रचण्ड, वामदेवदेखि वर्षमानसम्म मैदानमा

पुराना प्रभावशाली नेता मैदान बाहीर

कृषि उत्पादक मूल्य उकालोमा, अण्डा र मकैको भाउले सूचकाङ्क ताने

काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...

रास्वपाको टिकट युद्ध अन्तिम चरणमा, बालेनदेखि रविसम्म—कसले कहाँबाट भिड्ने ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...

कोटा कागजमै थन्कियो, भान्सामा महँगी छरियो

सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा

कोशीका ९ क्षेत्रमा काे काे भए नेकपाका उम्मेदवार

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...

प्रचण्डको गृहप्रदेशमै टिकट संकट: कर्णालीका ५ क्षेत्रमा अझै अड्कियो नेकपा

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...

प्रहरीका ११ एसएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...

पिस्कर : सम्झनाले पोल्ने रात, प्रतिरोधले उज्यालो बनाएको बिहान

माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...

धरानमा हर्क साम्पाङविरुद्ध ‘भाइरल वडाअध्यक्ष’ मैदानमा, नेकपाबाट मनोज भट्टराई उम्मेदवार

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...

नेकपाले अघि सार्याे सर्लाही-३ मा नारायणकाजीलाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending