Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

इञ्जिनीयरिङ सेवा समूहका संरचनालाई यथास्थितिमा राख्न अन्तरिम आदेश

खबरडबली संवाददाता

कर्णाली । उच्च अदालत सुर्खेतले इन्जिनियरिङ सेवा समूहका संरचनालाई यथास्थितिमा राख्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । 

उच्च अदालतका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंह चन्दको संयुक्त इजलासले प्रदेश सरकारले लागू गरेको सङ्गठन संरचना तथा व्यवस्थापन (ओएण्डएम) कार्यान्वयन नगर्न आदेश दिएको हो ।

कर्णाली प्रदेश सरकारले २०७६ भदौ ६ गते तथा २०७८ साउन २९ गते नयाँ ओएण्डएम लागू गरेको थियो । उक्त संरचनाअनुसार आफूहरुको वृत्ति विकासमा असर पुगेको भन्दै इन्जिनीयरिङ समूहका कर्मचारीले उक्त निर्णय खारेजीको माग गर्दै अदालतमा रिट दायर गरेका थिए । 

रिट निवेदक उत्तम चौलागाईंलगायतका पक्षमा वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर र अधिवक्ता धु्रवुकमार श्रेष्ठ तथा विपक्षी प्रदेश सरकारका तर्फबाट मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले बहस गरेका थिए ।

आदेशमा निजामती ऐन, २०४९ को दफा ३, ५६ र ५८, कर्मचारी समायोजन ऐन, २०७५ को दफा १५ को कानूनी व्यवस्था एवं सुविधा र सन्तुलनको सिद्धान्तलाई दृष्टिगत गरी रिट निवेदक कर्मचारीको विज्ञता र दक्षताअनुसार हाल काम गरिरहेको सेवा समूहमा खटाउन भनिएको छ । अदालतको उक्त आदेशसँगै अब सङ्घीय सरकारकै सङ्गठन र व्यवस्थापन संरचना लागू हुनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धरानमा हर्क साम्पाङविरुद्ध ‘भाइरल वडाअध्यक्ष’ मैदानमा, नेकपाबाट मनोज भट्टराई उम्मेदवार

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...

नेकपाले अघि सार्याे सर्लाही-३ मा नारायणकाजीलाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...

एमाले–देउवा पक्ष चुनावी तालमेलतर्फ, गगनलाई ‘सेटिङ’मा आधिकारिकता दिएको आरोप

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन आयोगले सेटिङको आधारमा गगन थापा नेतृत्वको नेपाली कांग्रेस कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाउ...

प्रचण्डसँग एमालेका खेममान खड्का चुनावी मैदानमा लड्ने

रुकुमपूर्व  । नेकपा एमालेले रुकुमपूर्वमा उम्मेदवारी दिन लागेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग  लड्न केन्द्रीय सदस्य खेम...

लामिछानेमाथिको मुद्दा फिर्ता : सर्वोच्चको स्थापित नजिर र कानुनकै अपहेलना ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्ने मह...

प्रेम आले कैलाली ५ मा नेकपाको उम्मेदवार बन्ने

कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कैलाली ५ बाट प्रेम आलेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अघिल्लो पटक नेकपा एकीकृत समाजवादीबाट डोटीबा...

जनयुद्धका सुप्रिमोसँग आमाबुबाको सपना बोकेर चुनावी मैदानमा शहीद पुत्र सन्दीप

दाङ । नेपाली राजनीतिमा यो चुनाव केवल मतको प्रतिस्पर्धा मात्र होइन, इतिहास र भावनाको प्रत्यक्ष सामना बन्ने भएको छ। १० वर्षे जनयुद्धका सुप्रिमो पुष्पकमल...

सामाजिक सञ्जालमा एमाले रक्षात्मक, ओलीले दिए दिनमा १० पोस्ट, १० सन्देश पठाउन आदेश

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध सामाजिक सञ्जालमा भइरहेको ‘दुष्प्रचार’ रोक्न कार्यकर्ताहरूलाई आक्रामक डिजिटल अभियानमा उ...

सुदूरपश्चिममा रास्वपाको आकांक्षीको भीड, १६ सिटका लागि ४६ दाबेदारमा कसले पाउला टिकट ?

ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशमा तीव्र आन्तरिक प्रतिस...

एमाले सचिवालय बैठकमा उम्मेदवार टुंग्याउने कसरत, ओलीसहित ३५ नेताको नाम लगभग निश्चित

ललितपुर । नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुन शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय पुगेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending