उत्तरपश्चिमी फ्रान्समा अचानक मृत्यु भएकी आमाको शव लिएर ५ र ७ वर्षका दुई बहिनीले केही दिन एउटा अपार्टमेन्टमा बिताएका भेटिएको क्षेत्रीय अभियोजनकर्ताले शनिबार बताएका छन् ।
'शान्त रहुनुहोस्, मम्मी सुतिरहनुभएको छ,' प्रहरीले महिला र बालबालिकाबारे जानकारी लिन पुग्दा बालिकाहरूले बताएका प्रत्यक्षदर्शीले एएफपीलाई जानकारी गराए । मानस शहरमा बुधबार लामो अनुपस्थितिपछि विद्यालयबाट जानकारी गराएपछि उनीहरूको अपार्टमेन्टमा आएका प्रहरी अधिकारीहरूलाई बालिकाहरूले नचलाउन भनेका बताएको अभियोजनकर्ताको कार्यालयले बतायो ।
त्यसपछि सुरक्षा अधिकारीले आफूहरूले ममीसँग भेटेर जाँने बताएपछि बालिकाहरूले ढोका खोलिदिएका थिए । परीक्षणपछि ती महिलाको केही दिन पहिले नै मृत्यु भएको बताएका थिए । सन् १९९० मा आइभोरी कोस्टमा जन्मेकी र प्राकृतिक मृत्युवरण गरेकी ती महिला केही बर्षदेखि फ्रान्सको मानस सहरमा बस्दै आएकी पत्ता लागेको छ ।
घटनापछि ती केटीहरूलाई अस्पताल लगेर स्याहार केन्द्रमा राखिएको छ भने उनीहरूलाई मनोवैज्ञानिक परामर्श दिइराखिएको छ ।
तिनीहरूले आफ्नी मृत आमासित अपार्टमेन्टभित्र कति समय बिताएका थिए भन्ने कुरा अझै स्पष्ट हुन नसकेको प्रहरीले बताएको छ ।
मानसकी अभियोजनकर्ता डेल्फिन डेभले एएफपीसँग भनिन्, “हामीले आपराधिक सम्लग्नता (परिकल्पना) लाई इन्कार गरेका छौं । अब हामी केही दिन पर्खेर ती सानी छोरीहरूको साक्षी बयान लिने कोसिस गर्नेर्छौं ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - ०८:४९
काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...
आषाढ़ ११ गते, २०८३ - ०८:४५
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...
आषाढ़ ११ गते, २०८३ - ०८:४२
काठमाडौं । दिनभर लगातार निद्रा लागिरहनु केवल कम निदाएको कारण मात्र नहुन सक्छ। पर्याप्त समय सुत्दा पनि सधैं थकान, आलस्य र निद्रा महसुस भइरहेमा त्यसले श...
आषाढ़ ११ गते, २०८३ - ०८:३९
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरू आन्दोलनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३४
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३०
वीरगञ्ज । मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन का...
आषाढ़ ११ गते, २०८३ - ०८:२६
पर्सा । वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो ग...
आषाढ़ ११ गते, २०८३ - ०८:२५
लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्प...
आषाढ़ ११ गते, २०८३ - ०८:२१
झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...
आषाढ़ ११ गते, २०८३ - ०८:१९
काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। भगवान् विष्णुको प्रिय तिथिका रूपमा मानिने यस दिन भक्तज...



प्रतिकृया लेख्नुहोस्: