एजेन्सी । टी-२० क्रिकेट विश्वकप को सन् २०२१ को पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको छ।
भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानको टोलीले १७.५ ओबरमा बिना विकेट प्राप्त गरेको छ।
मोहम्मद रिजवानले ५५ बलमा ७९ रन र कप्तान बाबर आजमले ५२ बलमा ६८ रन बनाए।
पाकिस्तानले आजसम्म विश्वकपको कुनै पनि प्रतिस्पर्धामा भारतलाई हराउन सकेको थिएन। यो नै पाकिस्तानको ऐतिहासिक जीत हो।
पाकिस्तानले टस जितेर पहिला भारतलाई ब्याटिङ गर्न दिएको थियो। त्यसमा भारतीय टोलीले ७ विकेट गुमाएर १५१ रन बनाएको थियो।
शुरूवाती झट्कापछि भारतीय टोली सम्हालिएको थियो र त्यसमा कप्तान विराट कोहली र विकेटकीपर ऋषभ पन्तको भूमिका रह्यो। कोहलीले ५७ रन र पन्तले ३९ रन बनाए।
भारत(पाकिस्तानका पाँच चर्चित विश्वकप क्रिकेट खेलहरू
पाकिस्तानी टोलीका लागि १५२ रनको लक्ष्य भेट्टाउन पहिलो ओभर राम्रो रह्यो। भुवनेश्वर कुमारको पहिलो ओभरमा मोहम्मद रिजवानले १० रन बनाए।
दोस्रो ओभरमा भारतीय बलर मोहम्मद शमी आए। उनले ८ रन दिएसँगै पाकिस्तानी टोलीले बिना कुनै नोक्सान १८ रन बनायो।
यो जीत पाकिस्तानी प्रशंसकले देखेको सपनाभन्दा परको विषय थियो।
उनीहरूले टी-२० विश्वकपमा केवल आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीलाई हराएनन् - जोडदार रूपमा पराजित गरे।
ऐतिहासिक जित
यो जित असाध्यै ठूलो थियो र यति महत्त्वपूर्ण थियो कि कप्तान बाबर आजमका बुवाका आँखामा आँसु देखिए।
यसअघि भारतले यी दुई देशबीचको प्रत्येक विश्वकप खेल जितेको थियो। पाकिस्तानको निम्ति दुबईमा, '२९ वर्षको पीडा' अन्त्य भयो।
'मैले जीवनमा सायदै यति खुसी महसुस गरेको थिएँ,' टेस्ट म्याचका विशेष टिप्पणीकार र पाकिस्तानका प्रशंसक आतिफ नवाजले भने, 'मैले यो भन्दा रमाइलो मानेको कुनै एउटामात्रै अर्को क्षण पनि सोच्न सक्दिनँ।'
उनका भनाइमा आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीसँग विश्वकपम हार्दा पीडा हुन्छ। र, त्यो पीडा सन् १९९२ यता १२ पटकसम्म भयो।
नवाजले बीबीसी स्पोर्टसँग भने, 'यो जितले पूरै देशमा खुसी ल्याएको छ, यस्तो कठिन समयमा यसले सबैको मुहारमा मुस्कान ल्याएको छ।
पाकिस्तानमा प्रशंसकहरूले रेस्टुरेन्ट, किनमेल केन्द्र र सिनेमाहरूमा हेरेका थिए। जब जितको क्षण आयो उनीहरू खुशीयाली मनाउन सडकमा निस्किए।
विगतमा आफैँ क्रिकेटका चर्चित खेलाडी रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिँदै ट्वीट गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: