काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३.७६ अङ्कले बढेर दुई हजार ८४३.६२ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८४ अङ््कले बढेर ५३१.४२ मा पुगेको छ । कूल २३० कम्पनकिो ९९ लाख ७७ हजार ४८३ कित्ता शेयर रु छ अर्ब सात करोड ३७ लाख १६ हजार ८८८ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ९८ अर्ब ७२ करोड ९४ लाख ५० हजारको हाराहारीमा पुगेको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ०.२३, व्यापार ६९ र लगानी ०.१५ अङ्कले घटेको छ । होटल तथा पर्यटन ४१.७३, विकास बैंक १९१.३३, जलविद्युत् ४८.१५, वित्त ४८.१२, निर्जीवन बीमा १६४.९९, उत्पादन २९.१७, अन्य ७२.०५, लघुवित्त ०.७९, जीवन बीमा १६०.८१ र सामूहिक लगानी कोष ०.०२ अङ्कले बढेको छ ।
कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४६ करोड ९७ लाख २३ हजार ४१५ बराबरको कारोबार भयो । यस्तै, कामना सेवा विकास बैंक रु २२ करोड १६ लाख ८० हजार ९९६, नेपाल पुनरबीमा कम्पनी रु २१ करोड ३४ लाख आठ हजार ४०६, नबिल बैंक रु २१ करोड १७ लाख ८६ हजार ५४० र लुम्बिनी विकास बैंक रु २० करोड ७४ लाख ६९ हजार ८२४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार साहस ऊर्जा ९.९९,गुडविल फाइनान्स ९.१६, नेपाल पुनरबीमा कम्पनी ८.६८, कालिका पावर कम्पनी ८.२८ र रिडी हाइड्रोपावरका लगानीकर्ताले ८.२५ प्रतिशतले कमाए । त्यस्तै, विशाल बजार कम्पनी २.९५, नेपाल बङ्गलादेश बैंक २.७५, आरएमडिसी लघुवित्त २.६६, सामुदायिक लघुवित्त २.४२ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले २ं१३ प्रतिशतले गुमाए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - २०:४२
सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...
चैत्र ३ गते, २०८२ - २०:४१
ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...
चैत्र ३ गते, २०८२ - २०:१२
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...
चैत्र ३ गते, २०८२ - १९:५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...
चैत्र ३ गते, २०८२ - १९:०३
एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण
चैत्र ३ गते, २०८२ - १९:०१
जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...
चैत्र ३ गते, २०८२ - १८:५३
कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...


प्रतिकृया लेख्नुहोस्: