Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

किमाथांका नाका र अरुण करिडोर सरकारले चाँडै सञ्चालनमा ल्याउँछ : अर्थमन्त्री शर्मा

खबरडबली संवाददाता

संखुवासभा । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी जनार्दन शर्मा (प्रभाकर) ले संखुवासभाको किमाथांका नाका र अरुण करिडोर चाँडै सञ्चालनमा ल्याउने बताएका छन् । किमाथांका नाका खोल्न सरकार अग्रसर भएको उनले बताए । 

प्रेस सेन्टर नेपाल संखुवासभाले बुधबार सदरमुकाम खाँदवारिमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले किमाथांका नाका सरकारले व्यवस्थित गरेर चाँडै खोल्ने बताए । 

सुनसरिको चतरादेखि संखुवासभाको किमाथांकासँगै अरुण करिडोरको काम सरकाले चाँडै सुरु गर्ने अर्थमन्त्री शर्माले बताए । संखुवासभाका लागि महत्त्वपूर्ण सडक आयोजना अरुण करिडोर नै भएको उनले बताए । 

अरुण करिडोर आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको अर्थमन्त्रीले बताए । अर्थमन्त्री शर्माले पत्रकार सम्मेलनमा किमाथांका नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्त्वका साथ हेरेको बताए । 

छिमेकी देश चीनसँग बाह्रै महिना नाका सञ्चालन हुने यस नाकासम्म पुग्ने सडक निर्माण गर्न सरकार प्रतिबद्ध अर्थमन्त्री शर्माको भनाइ छ । 'सम्मेलनमा पाँच दलको गठबन्धनको सरकार निरन्तर चल्नेमा शंका नगर्नुहोला । र, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराका बारेमा गठबन्धनले छलफलमार्फत समाधान खोज्ने छ', उनले भने ।

उनी संखुवासभा जिल्लामा नेकपा माओवादी कार्यकर्तालाई प्रशिक्षण दिन मंगलबार आएका हुन् । मन्त्री शर्माले सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, जनप्रतिनिधि, उद्योगी व्यापारीसँग छलफलसमेत गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending