‘माओवादी केन्द्रसंग पार्टी एकता सम्भव छ। हामी एकता गर्ने हो। हामी निश्चित रुपमा भन्नुपर्दा एक हुने नै हो।’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्न नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टी सकारात्मक देखिएको छ। नेकपाको महासचिव विप्लवले माओवादी केन्द्रसँग पार्टी एकता हुने संकेत देखाएका हुन्।
सुदूरपश्चिममा अस्थायी राजधानी धनगढीमा दलित मुक्ति मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै शनिबार विप्लवले भने, ‘माओवादी केन्द्रसंग पार्टी एकता सम्भव छ। हामी एकता गर्ने हो। हामी निश्चित रुपमा भन्नुपर्दा एक हुने नै हो। तर, जनतालाई अल्मल्याउने, झुक्याउने, पैसा र पदको प्रलोभन छोडेर जनताका पक्षमा पार्टी लाग्नुपर्छ। कुर्सी कब्जा गर्नका लागि मात्र हामी एकता गर्दैनौं।’
सम्पूर्ण देशभक्त कम्युनिष्टले वैदेशिक हस्तक्षेपविरुद्ध लड्नका लागि एकजुट हुनुपर्नेमा जोड दिए। केवल माओेवादी सँग मात्र नभएर समग्र कम्युनिष्ट आन्दोलन र पार्टी एक हुने उनको भनाइ थियो।
त्यसो त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि विप्लवसँग चाँडै पार्टी एकता हुने बताएका थिए।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले विप्लव, मोहन वैद्य किरण र बाबुराम भट्टराईलगायतका सच्चा क्रान्तिकारीहरुबीच छिट्टै एकता हुने दाबी गरेका थिए।
‘मलाई विश्वास छ अहिले कुराकानी पनि चलिरहेको छ, किरणजीहरु, बाबुरामजीहरु, विप्लवजीहरु र अरु समाजवादी आन्दोलनप्रति, समाजवादी क्रान्तिप्रति इमान्दार हुने सबै कम्युनिष्टहरु फेरि एकपटक एकताबद्ध हुनैपर्छ’ प्रचण्डको भनाइ थियो।
धेरै ठूलो संघर्ष र बलिदानीपछि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाललाई ल्याएको भन्दै विभाजित सबै माओवादी शक्तिहरु एकताबद्ध हुने प्रचण्डका विश्वास छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: