Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

एमालेको अधिकांश जिल्लामा सहमतिमै महाधिवेशन प्रतिनिधि चयन (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी मंसिर १०–१२ गते चितवनमा आयोजना हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम पूर्वनिर्धारित तालिका अनुसार देशभर प्रतिनिधि छनोट गरेको छ । आइतबार अधिकांश जिल्लामा सर्वसम्मतिले प्रतिनिधि चयन भएका हो । 

नेकपा एमालेको प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार ५७ जिल्लामा प्रतिनिधि चयन भइसकेका छन्। उपत्यका विशेष कमिटी अन्र्तगत पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटीले समेत प्रतिनिधि चयन गरेको उनले बताए । 

कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रक्रिया जारी रहेको उनको भनाइ छ । 

केन्द्रीय सल्लाहकार परिषद्, जनसंगठन, प्र्रदेश कमिटीहरु, प्रदेश सम्पर्क कमिटीहरु र प्रवास समन्वय कमिटीहरुबाट पनि प्रतिनिधि चयन भइसकेका उनले बताए । उनका अनुसार पार्टीका केन्द्रीय विभागहरु र केन्द्रीय कार्यालयबाट प्रतिनिधि चयन सम्पन्न भइसकेको छ । 

एमालेले मापदण्ड अनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ । अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधिहरु निर्वाचित भइसकेका छन् । 

कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देशन समेत दिएको छ। 

प्रतिनिधि चयन भएका जिल्लाहरु :

प्रदेश नम्बर १ : 
पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बू, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर ।

बागमती प्रदेश:
दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर । 

गण्डकी प्रदेश:
गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ । 

लुम्बिनी प्रदेश:
गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया । 

कर्णाली प्रदेश:
हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत ।

सुदूरपश्चिम प्रदेश:
दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा चयन कार्य सम्पन्न भइसकेको छ भने कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रक्रिया जारी । 

उपत्यका विशेष कमिटी: 
पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अघिल्लो चुनावमा दलहरूले गरेका मुख्य वाचा जुन पूरा भएनन्, नयाँ के ल्याउलान् ?

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...

‘पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्दछन्’

खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३  महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...

७७ वटै जिल्ला सभापतिलाई कांग्रेसको परिपत्र- एकताबद्ध रहेर निर्वाचनमा केन्द्रित बनौँ

शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास

सुन र अमेरिकी डलरको मूल्य हरेक दिन नयाँ उचाइमा, किन ?

काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...

‘गोप्य’ भ्रमण सकेर फर्किए चिनियाँ कम्युनिस्ट पार्टीका नेता, उच्चस्तरीय टोली पनि आउँदै

काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...

निर्वाचन आयोगको ‘कल सेन्टर’ मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...

प्रतिनिधिसभा निर्वाचन- समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, प्रत्यक्षको थालियो

काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।  जनक शिक्षा ...

आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending