Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

विचलनलाई अलग गरेर न्यायिक क्षेत्रमा सुधार सम्भव छैन : शंकर पोखरेल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले विचलनलाई अलग गरेर न्यायिक क्षेत्रमा सुधार गर्न नसक्ने बताएका छन्। 

प्रधानन्यायधिशको भूमिकालाई लिएर सर्वोच्च अदालतमा नेपाल बार र न्यायाधिशहरुको आन्दोलन चलिरहेको बेलामा उनले यस्तो बताएका हुन्। 

उनले फेशबुकमा लेखेका छन्, ‘न्यायालय भित्रको विवादमा न्यायाधिशहरुको पृष्ठभूमि, उनीहरु बीचको गुटवन्दी, अदालतभित्रको न्यायिक विकृती, पछिल्लो समयमा भएका विवादास्पद राजनीतिक फैसला र सरकार विस्तारका सन्दर्भमा खास ठाउँका लागि भनेर कोटा छुट्याउने गठबन्धनका नेता र सोही अनुसार मन्त्री नियुक्ति गर्ने प्रधानमन्त्रीले भूमिकाले काम गरेको छ । तर, न्यायाधिश र बारको आन्दोलन भने खास आग्रह र उद्देश्य केन्द्रीत देखिएको छ ।’

 न्यायालय शुद्धिकरण खोज्ने हो भने त्यस प्रकरणसँग जोडिएका समष्टिगत विषयमा बहस केन्द्रीत हुनुपर्ने उनको भनाइ छ। 

‘राजनीतिमा भएको विचलनलाई अलग गरेर न्यायिक क्षेत्रमा सुधार सम्भव छैन। यतिबेला समग्र क्षेत्रमा सुधार आवश्यक छ’ उनले लेखेका छन्, ‘तर सबैले पूर्वाग्रह त्याग्नु जरुरी छ । पछिल्ला घटनाक्रमबाट सरकार, संसद र न्यायालय तीनै प्रमुख अंगमाथि जनताको विश्वास टुट्दैछ, गम्भीर बनौँ ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending